Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

गण्डकीमा एक महिनामै एक्काइस प्रतिशत खर्च

खबरडबली संवाददाता

गण्डकी  । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६६ दशमलव पाँच नौ प्रतिशत बजेट खर्च गरेको छ । सरकारको यो वर्षको बजेट तेत्तिस अर्ब बयालिस करोड बहत्तर लाखमध्ये असारमा मात्र २१ प्रतिशत खर्च भएको छ । 

प्रदेश लेखा नियन्त्रण कार्यालय गण्डकीका अनुसार जेठसम्म ४५ दशमलव चार आठ प्रतिशत अर्थात् १५ अर्ब २० करोड खर्च भएको थियो । असारको तीन हप्तामा मात्र करिब सात अर्ब खर्च भएको देखिन्छ । महालेखा परीक्षकको प्रतिवेदनले सधैँ औँल्याउने गरेको असन्तुलित खर्चको परिपाटी यसपालि पनि कायम देखिएको छ । 

आर्थिक वर्ष ०७९/०८० मा चालु ६६ दशमलव पाँच र पुँजीगत ६६ दशमलव आठ गरी गण्डकी सरकारले ६५ दशमलव सात छ प्रतिशत खर्च गरेको थियो । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै खर्च ८८ दशमलव ९६ प्रतिशत ऊर्जा मन्त्रालयले गरेको छ । मन्त्रालयको पाँच अर्ब एक करोड बजेटमध्ये चार अर्ब ४६ करोड खर्च भएको छ । 

सर्वाधिक बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ७१ दशमलव छ तीन प्रतिशत खर्च गरेको छ । भौतिकको बजेट ११ अर्ब ८८ करोड ३१ लाख रहेकोमा नौ अर्ब दुई करोड खर्च भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७२ करोड ३२ लाख रुपैयाँ अर्थात् ६० दशमलव दुई एक प्रतिशत खर्च गरेको छ । यसको कुल बजेट एक अर्ब १९ करोड चार लाख ५४ हजार छ । 

आर्थिक मामिला मन्त्रालयको बजेट १५ करोड १५ लाख ७८ हजार रहेकोमा यसले आधा रकम पनि खर्च गर्न सकेन । आर्थिक मामिलाले सात करोड ३२ लाख खर्च गरेको छ । जुन कुल बजेटको ४८ दशमलव तीन दुई प्रतिशत हो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको यो वर्ष एक अर्ब ६० करोड बजेटको एक अर्ब २६ करोड अर्थात् अठहत्तर दशमलव पाँच प्रतिशत खर्च गरेको छ । 

प्रदेशको अर्को मन्त्रालय सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले तीन अर्ब ४८ करोड खर्च गरेको छ । सामाजिक विकासको कुल बजेट पाँच अर्ब १८ करोड ५३ लाखको यो ६७ प्रतिशत हो । कृषि तथा भूमि व्यवस्था मन्त्रालयको बजेट दुई अर्ब २४ करोड ४६ लाख ९७ हजार रहेकोमा साठी प्रतिशत खर्च भएको छ । कृषि भूमि व्यवस्थाले चैतसम्म एक अर्ब ३४ करोड खर्च गरेको हो । 

सरकारले चालु आर्थिक वर्षमा अनुमानित आयको ६९ दशमलव सात तीन प्रतिशतमात्र रकम प्राप्त गरेको छ । विभिन्न स्रोतबाट २३ अर्ब ३० करोड ९६ लाख प्रदेशको आय देखिएको छ ।  खर्च क्षमता बढाउन बजेट निर्माणकै बेला ध्यान दिनुपर्ने र स्रोतहरूलाई बढाउँदै लैजानुपर्ने प्रदेश लेखा नियन्त्रण कार्यालय गण्डकी प्रमुख किशोरकुमार श्रेष्ठले बताए । 

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा प्रदेशको खर्च गर्ने क्षमता बढाउन प्रभावकारी अनुगमन, मूल्याङ्कनसँगै विषयगत मन्त्रालयहरूलाई झुक्याउने गरिएको बताए  । उहाँले आयोगले आगामी आर्थिक वर्ष र दोस्रो पञ्चवर्षीय योजना कार्यान्वयनका क्रममा खर्च बढाउन विशेष ध्यान दिइने उल्लेख गरे । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending