Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

राष्ट्रपतिलाई कमजोर सरकार गठनका लागि आह्वान गर्ने अधिकार नै छैनः संविधानविद् अधिकारी

खबरडबली संवाददाता

काठमाडौं । संविधानविद् डा. विपिन अधिकारी वर्तमान प्रधानमन्त्रीले विश्वासको मत पाउन सकेन भने संविधानको धारा ७६ (२) अनुसारै सरकार गठन हुने बताएका छन् ।

प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल असार २८ गते पदमुक्त हुने र त्यसपछि संविधानको धारा ७६ (२)अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा संयुक्त सरकार गठन हुने संविधानविद् अधिकारी बताउँछन् ।

“संविधानले स्थिर, बलियो र टिकाउ सरकारको परिकल्पना गरेको छ, ७६ (२) अनुसार सरकार गठन गर्ने अवस्था हुँदाहुँदै ७६ ९३० को सरकार आह्वान गर्ने अधिकार राष्ट्रपतिलाई पनि छैन,” संविधानविद् अधिकारीले हिमालखबरसँग भने, “प्राविधिक छिद्र खोजेर जानाजान कमजोर सरकार गठन आह्वान गरियो भने त्यो असंवैधानिक हुन्छ।”

नेकपा (माओवादी केन्द्र) का कतिपय नेताहरूले प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके धारा ७६ (३) अनुसार प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने दाबी गर्दै आएका छन्। प्रतिनिधि सभाबाट चार पटक विश्वासको मत प्राप्त गरिसकेका दाहालले अब विश्वासको मत नपाउँदा पुनः धारा ७६ (२) अनुसारकै सरकार गठन हुने संविधानविद् अधिकारीको निश्कर्ष छ।

“कसैले कसैले भर्‍याङबाट ओर्लिए जस्तो धारा ७६ को १ नभए २ र २ नभए ३ अनुसार सरकार बन्छ भन्ने तर्क गरेको सुनिन्छ, तर त्यस्तो अवस्था निर्वाचन लगत्तैको अवस्थामा मात्रै लागू हुने हो,” अधिकारी भन्छन्, “संविधानले बलियो सरकारको परिकल्पना गरेको र प्रदेश सरकारको सन्दर्भमा सर्वोच्च अदालतको नजीर हेर्दा पनि अहिले ७६ (३) मा जाने अवस्था नै छैन।”

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दोस्रो ठूलो दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले असार १७ गते संयुक्त सरकार गठन गर्ने सहमति गरेका थिए। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिन लागेका हुन। कांग्रेस र एमालेले धारा ७६ (२) अनुसारको सरकार गठन हुने निश्कर्ष निकालेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending