म्याग्दी । पहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो ।
पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्ण रूपमा बन्द भएको थियो । बाङ्गे भिर, घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो ।
पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो ।
यसैबिच बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत खण्डमा पर्ने बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिनुपर्ने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जोड दिए । भौतिक पूर्वाधार मन्त्रालयसहित सरोकार भएकासँग पहिरोको समस्यालाई दीर्घकालीन समाधान गर्न छलफल भइरहेको उनले बताए ।
फापरखेतको पहिरो समाधानका लागि वैकल्पिक मार्गको व्यवस्था गरिनुपर्ने सांसद गर्बुजाले बताए । सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।
“यहाँ १८ वर्षअघि सडक खोल्नुपूर्व पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । पश्चिम म्याग्दीमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका स्थानीय सदरमुकाम बेनीसम्म पुग्न वर्षामा जोखिमपूर्ण यात्रा गरिरहेका छन्”, सांसद गर्बुजाले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: