Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

पृथ्वी राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण

खबरडबली संवाददाता

कास्की । निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ । स्तरोन्नतिको चरणमा रहेका पोखरा–मुग्लिन र हरिचोक–याम्दी सडक समयमै नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ ।

पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२९ भण्डारढिक, तालचोक, विजयपुर हुँदै मुख्य सहरी क्षेत्र प्रवेश गर्ने सडकको अवस्था नाजुक छ । वर्षात्का बेला चलिरहेको निर्माण कार्यले सडक अस्तव्यस्त देखिन्छ । सवारीसाधन पार्किङ गर्न उस्तै समस्या छ । 

अमरसिंहचोक, बुद्धचोकलगायत क्षेत्रमा वर्षात्को भलले सडक क्षत्विक्षत् बनाएको छ । पानी जमेका खाल्डाखुल्डीले सवारीसाधन चलाउन कठिनाइ भएको छ । सडक स्तरीय नहुँदा पैदलयात्रीलाई झन समस्या भएको छ । सामान्य मर्मत गर्नसमेत कसैको ध्यान पुगेको देखिन्न । सडककै कारण सवारीसाधन जाममा पर्ने गरेको चालक बताउँछन् । सडक निर्माणमा जति ढिलासुस्ती भयो उति समस्या लम्बिँदै जाने उनीहरुको भनाइ छ । 

मनसुन सक्रिय भएपछि पोखरा–मुग्लिन सडकमा यात्रा गर्न थप कष्टकर बनेको छ । दुई वर्षअघि सुरु भएको उक्त सडक विस्तार तथा स्तरोन्नति कार्य सुस्त गतिमा भइरहेको छ । आयोजना कार्यालयले सडक निर्माण पूरा हुन अझै दुई वर्ष लाग्ने जनाएको छ ।  

पोखरा–बागलुङ राजमार्गअन्तर्गत दुई हजार दुई सय मिटरको हरिचोक–याम्दी सडक दुई वर्ष बित्दासमेत स्तरोन्ननि हुनसकेको छैन । पोखरालाई मध्यपहाडी लोकमार्ग हुँदै पश्चिम नेपालसँग जोड्ने उक्त सडकको काम निर्माण कम्पनीको ढिलासुस्तीले समयमै हुन नसकेको हो । पोखरा महानगरपालिका–१ का वडाध्यक्ष सहारा प्रधानले सडक निर्माण समयमै सक्न पटक–पटक दबाब दिँदा पनि सुनुवाइ हुन नसकेको बताइन् । 

उक्त राजमार्ग भएर यात्रा गर्ने यात्रु मात्र नभएर स्थानीयवासी पनि धूलो र हिलोले हैरान छन् ।  वर्षातमा ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा आयोजना कार्यालय र निर्माण कम्पनीप्रति स्थानीवासी रुष्ट छन् । सोही सडकका कारण पोखरासम्मको यात्रा झञ्झटिलो र लामो बनेको यात्रुको गुनासो छ । पोखराको जिरो किलोमिटरदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र गरिएको थियो । 

बिचको झण्डै दुई हजार दुई सय मिटर सडक विस्तार र कालोपत्र गर्न बाँकी रहेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । केही ठाउँमा नाला निर्माण र पर्खाल चिन्ने काम भए पनि सडकको भौतिक प्रगति न्यून छ । आयोजना कार्यालयले कामलाई गति दिन निर्माण व्यवसायीलाई पटक–पटक ताकेका गर्दै आएको छ ।

आयोजनाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायत सरोकारवाला पक्षबीचको बैठकमा सडक निर्माण छिट्टै सक्ने प्रतिबद्धता जनाइए पनि कामले गति लिन नसकेको वडाध्यक्ष प्रधानले बताइन्  । गत वर्ष साउनमा काठमाडौँको ‘मोतीदान कन्स्ट्रक्सन सेवा प्रालि’ले निर्माणको जिम्मा पाएको थियो । २५ मिटर चौडा चार लेनको उक्त सडक दुई वर्षभित्र सक्नुपर्ने सम्झौता छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन् । 

विसं २०७९ चैतदेखि निर्माण थालिएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडक जीर्ण छ । यसै वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि निर्माण कम्पनीको ढिलासुस्तीले उक्त सडक आयोजनाले गति लिन सकेको छैन । पोखरा महानगरपालिकाको सडक शाखाका इञ्जिनीयर नवीन गौतमले केही समयअघि कामै रोकेको ठेकेदार कम्पनीले पुनः अहिले जनशक्ति र उपकरण थपेर काम अघि बढाएको जानकारी दिए ।

सो सडक समयमा नबन्दा पोखरादेखि लमजुङ हुँदै मनाङसम्म जाने यात्रुलाई सास्ती भएको छ । बेगनासदेखि कास्कीको रुपमा गाउँपालिकासम्मको सडक पनि जीर्ण छ । तालचोक–बेगनाश विश्व बैंकको सहुलियत ऋण सहयोगमा ३.२८ किमिको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी’ले निर्माणको जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माणको काम सुरु भएको थियो । फुट ट्र्याक, साइकल लेन र पार्किङसहितको नमुना सडक बन्ने उनको भनाइ छ । 

सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार बनाउने योजना छ । सडकमा तीनवटा पुल पनि बनाइने छन् । अहिले सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनीयर गौतमले बताए । महानगरको गौरवको आयोजनाका रुपमा तालचोक–बेगनास सडक स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending