काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ ।
मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिए । “आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा भएको थियो, आजदेखि उक्त रेखा दक्षिणतर्फ सर्दै जाने भएकाले मनसुन कम सक्रिय हुनेछ”, उनले भने ।
आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको मौसमविद् पुडासैनीले बताए । उनका अनुसार मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै खहरे खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सरोकार भएका सबैलाई विभागले अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - ११:३७
बर्दिबास । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बर्दीबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक ...
माघ १६ गते, २०८२ - ११:२५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। फाग...
माघ १६ गते, २०८२ - ११:१४
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि हुँदै ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी म...
माघ १६ गते, २०८२ - ११:०४
डोल्पा । काठमाडौंबाट डोल्पातर्फ आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको बाग्लुङ...
माघ १६ गते, २०८२ - १०:४९
काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी ...
माघ १६ गते, २०८२ - १०:४२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा जनसम्पर्क तथा ‘घण्टी’ अ...
माघ १६ गते, २०८२ - १०:१५
मुस्ताङ। मुस्ताङका ठुला राजनीतिक दल गएको माघ ५ गतेभन्दा अगाडि ढुक्क थिए । अघिल्लो पटकको प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार ...
माघ १६ गते, २०८२ - ०९:५७
काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रमा रातिको समयमा लुटपाटमा संलग्न १० जनालाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। विभिन्न व्यक्तिलाई पछ्याएर गहन...
माघ १५ गते, २०८२ - १७:३७
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उनको हत्या गरिएको तथ्य खुलेको प्रहर...
माघ १५ गते, २०८२ - १७:२७
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरु...




प्रतिकृया लेख्नुहोस्: