काठमाडौँ । राष्ट्रिय योजना आयोगको सदस्यमा मन्त्रिपरिषद्बबाट नियुक्ती पाएका पुर्व सचिव डा. रमेश प्रसाद सिंहले झण्डै एक महिनापछि पत्र बुझेका छन् ।
गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् वैठकले सिंहलाई नियुक्ती गर्ने निर्णय गरेपनि मन्त्रिपरिद् कार्यालयको अलमलका कारण उनको नियुक्ती प्रमाणीकरणमा ढिलाई भएको थियो ।
सिंहले पत्र बुझ्न नपाउँदै तत्कालिन मुख्यसचिव अर्याल भ्रष्टाचार मुद्धामा निलम्बनमा परेपछि सरकारले दोस्रो पटक गत सोमवार सिंहलाई आयोग सदस्यमा नियुक्ती गर्ने निर्णय गरेको थियो । दोस्रो पटकको नियुक्तीपछि गत शुक्रवार डा। सिंहले पत्र बुझेका छन् ।
वर्तमान सरकारको बर्हिगमन हुन लागेका कारण योजना आयोग सदस्यमा नियुक्ती पाएपनि काम भने शुरु नगरेको सिंहले बताए । सिंहले मन्त्रिपरिषद् कार्यालयको ढिलाईका कारण सरकारको बर्हिगमन हुँदा पाएको पत्रलाई घरमै सजाएर राख्ने टिप्पणी गरे ।
उच्च अदालतले त्रिपाल खरिदको भुक्तानी प्रकरणमा शहरी विकास मन्त्रालयका तत्कालिन सचिव सुरेश आचार्यलाई अदालतको मानहानि मुद्धामा ५ सय रुपैया जरिवाना गरेपनि शहरी सचिवबाट अवकाश भइसकेका डा। सिंहलाई समेत उक्त मुद्धामा जोडेर नियुक्ती दिन मन्त्रीपरिषद् कार्यालयले अलमल गरेको थियो ।
उच्च अदालतबाट ३ महिनाभित्र त्रिपाल खरीदको भुक्तानी गर्न आदेश आउँदा सिंहले १० दिन मात्र शहरी सचिवका रुपमा काम गरे थिए ।
“चुनावका कारण ३ दिन विदा भएको र ७ दिनको आफ्नो पछिल्लो कार्यकालमा मैले भुक्तानीसम्बन्धमा उपसचिव नेतृत्वमा समिति बनाएर अवकाश लिए, पुर्व सचिव सिंहले भने, तर मलाई हुँदै नभएको बिषयमा जोडेर मन्त्रिपरिषद्का केही विद्धान साथीहरुले मेरो नियूक्ती रोकेर मलाई मानसिक तनाव र अनावश्यक हैरानी दिनुभयो यसप्रति म निकै दुखी छु । ”
उक्त प्रकरणमा सर्वोच्चले सिंहको पक्षमा जारी गरेको आदेशसँगै गत असार १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई योजना आयोग सदस्यमा दोस्रो पटक नियुक्ती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि गत शुक्रावार सिंहले आफ्नो नियुक्तीवारे मन्त्रिपरिषद्बाट पत्र बुझेका थिए ।
पुर्व सचिव सिंहलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले योजना आयोग सदस्यका रुपमा सिफारिस गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: