हुम्ला । जिल्लाभर कर्णाली करिडोर आन्तरिक यातायात सेवा अवरुद्ध भएको छ । बिहीबार बेलुकाबाट लगातार वर्षा भइरहेकाले ठाउँ–ठाउँमा गएको पहिराका कारण यातायात सेवा बन्द भएको हो ।
वर्षाको कारण सबैभन्दा पहिले सिमकोट–हिल्सा सडकको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । प्रहरी निरीक्षक नरेन्द्र चन्दले आइतबार बिहान नाम्खा गाउँपालिका –५ को नारा लेकमा २० मिटर सडकलाई पहिरोले क्षति गरेपछि यारी–हिल्सा खण्डको सडक बन्द भएको बताए।
त्यसैगरी च्याछरा खण्डमा पनि पहिरोले सडक भत्किएको छ । यता नियमित सञ्चालन भइरहने सिमकोट खार्पु खण्डको सडक पनि आइतबारदेखि बन्द रहेको उनले बताए । यो खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गएका कारण सडक बन्द भएको छ । त्यस्तै, सर्केगार्ड गाउँपालिका –४ को कालामुडामा गएको पहिरोको कारण सर्केगार्ड खार्पुनाथ सडक खण्डको कर्णाली करिडोरको सडक पनि बन्द भएको छ ।
त्यसैगरी सलीसल्लाबाट कवाडीको सडक पनि सर्केगार्ड गाउँपालिका –१ को खच्चामा पहिरो गएको कारण सडक अबरुद्ध भएको उनले बताए । त्यसैगरी ताँजाकोट गाउँपालिकाको पुइमा खोलामा पनि बाढीले सडक अवरुद्ध गरेको छ ।
प्रहरी निरीक्षक चन्दले आइतबारदेखि कर्णाली करिडोरको हुम्ला खण्डको कुनै सडक सञ्चालनमा आउन नसकेको बताए । त्यसैगरी आन्तरिक सडक पनि सुचारु नभएको उनको भनाइ छ । सिमकोट बरगाउँ, ठेहे, दोजाम सडक पनि बन्द छ । कच्ची सडक र त्यसमाथि चार दिन लगातार वर्षा भएका कारण सडक हिलाम्मे भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...
श्रावण ११ गते, २०८३ - १७:२६
काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...
श्रावण ११ गते, २०८३ - १७:२२
काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...
श्रावण ११ गते, २०८३ - १७:०८
धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । आइतबार सहमति हुन नसकेपछि आज फे...
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...



प्रतिकृया लेख्नुहोस्: