बिराटनगर । महिलाहरुलाई यौन व्यवसाय लगाउने एक युवतीलाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालीका वडा नं.–८ गरामनी बस्ने बर्ष २४ की सन्ध्या चुडाल रहेकी छन् ।
उनले विराटनगर महानगरपालिका वडा ११ मा घर भाडामा लिई विभिन्न स्थानबाट महिलाहरुलाई जम्मा पारी विराटनगर लगायत आसपासका इलाकामा रहेका होटल, गित गजल, डान्सबारहरुमा काम लगाई दिने बाहानामा यौन व्यवसायमा जबरजस्ती लगाउने गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।
उक्त कार्यमा संलग्न भएको भनी पिडितबाट खुल्न आएकोले निजलाई पक्राउ गरिएको र अन्य संलग्न व्यक्तीहरुको खोजी कार्य भईरहेको एसपि कार्कीले बताए । पिडितहरुले दिएको किटानी जाहेरी अनुसार पिडित महिलाहरुलाई प्रलोभनमा पारी विराटनगरमा झिकाई बोलाई डर, त्रास, धम्की र कुटपिट समेत गरी यौन व्यवसाय कार्यमा जबरजस्ती लगाउने गरेको पाईएको उनले बताए।
उनीहरुको समूहले यौन व्यवसाय,मानव बेचविखन तथा ओसारपसार अपराध गरेको खुल्न आएकोले पिडितहरुको स्वास्थ्य जांच तथा प्रारम्भिक अनुसन्धान सम्पन्न गरी उक्त कसुरमा संलग्न निज प्रतिवादी संध्या चुडाललाई मोरङ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाउने छ भने यसमा संलग्न अन्यको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: