Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

कसरी सकियो प्रधानमन्त्री प्रचण्डको ‘जादू’ ?

खबरडबली संवाददाता

काठमाडौं। जादूमयी नम्बर रहेको नकपा माओवादी केन्द्रले नेतृत्व गरेको सरकार अल्पमतामा परको छ।

बुधबार राति सत्ता गठबन्धनको सबै भन्दा ठूलो दल नेकपा एमालेले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परको हो। शुक्रबार जसपाले पनि सरकार छाडेको छ।

त्यसैले प्रचण्डले आगामी शुक्रबार विश्वासको मत लिनेछन् । यसपटक भने उनको मत स्वात्तै घटेको छ । अहिलेसम्मको अवस्था हेर्दा प्रचण्डलाई माओवादी, रास्वपा र नेकपा एसको मात्र मत मिल्नेछ ।

एमालेका ७८ सांसदको समर्थनसहित २०७९ पस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। पछिल्लो समीकरण भने गत फागुन २१ गतेमात्र बनेको थियो। शुरूमा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड राष्ट्रपतिको चुनावमा नेपाली कांग्रेससँग मिल्न पुगेका थिए।

गत फागुनमा कांग्रेसको साथ छोडेर उनी एमाले तिर मिलेका थिए। प्रचण्डले धेरै सत्तामा अदलबदल गरेपछि मुलुका सबैभन्दा ठूला दल कांग्रेएमालेले संविधान संशोधनको एजेण्डासहित सरकार बनाउने अवस्थामा पुगेका हुन्।

अहिले एमाले र कांग्रेस एकातिर हुँदा पचण्ड स्पष्ट रूपमा अल्पमतमा परेका छन्। कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बुधबारको बैठकले एमालसे सत्ता साझेदारी र्ने सहमति अनुमोदन गर्दै प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो।

कांग्रेस र एमालेले सरकार छाड्न भनिसके पनि प्रचण्ड भने संसदबाट विश्वासका मत लिने भनिरहेका छन्। २०७९ मंसिरको चुनावमा नेपाली कांग्रेससँग चुनावी एकता गरे पनि ०७९ पुस १० गते कांग्रेसलाई धोका दिएर एमालेको साथमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पहिलोपटक ०७९ पुस २६ मा विश्वासको मत लिएका थिए।

त्यतिबेला २ सय ७० सांसद उपस्थित हुँदा प्रचण्डले २ सय ६८ मत प्राप्त गरेका थिए। चनावी एकता गरेको सम्झेर कांग्रेसले पनि विश्वासको मत दिएको थियो। त्यसपछि २०७९ फागुन दोस्रो साता प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्रीहरू परिवर्तन गरे।

एमालेलाई बाहिर्याएर प्रचण्डले कांग्रेससँग पुनः एकता गर। सत्ता सहयात्री दलहरू फेरबदल भएपछि उनले दोस्रो पटक ०७९ चैत ६ गते विश्वासको मत लिए। त्यतिबेला उनले १ सय ७२ सांसदको समर्थन पाए। त्यसबेला संसद्मा २ सय ६२ सांसद उपस्थित थिए ।

त्यसपछि उनल गत फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिए। त्यतिबेला प्रधानमन्त्री प्रचण्डले १ सय ५७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए। चौथो पटक गत जेठ ७ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १ सय ५७ सांसदको समर्थन प्राप्त गरेका थिए।

पछिल्लो पटक एमालेको समर्थन प्राप्त गरेपछि प्रचण्डले एमालेलाई दबाबमा राख्न कांग्रेस सभापतिसँग हिमचिम बढाएपछि कांग्रेस र एमाले दवै दलको विश्वासबाट बाहिरिएका छन्।

प्रतिनिधि सभामा उपस्थितिका हिसाबले पहिलो कांग्रेस र दोस्रो एमालेलाई धोका दिएर सत्ता लम्ब्याउँदै आएका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले कही दिनअघि आफ्नो पार्टीको जादूमयी नम्बर रहेकाले कोही कसैले पनि सत्ताबाहिर राख्न नसक्ने अभिव्यक्ति दिएका थिए।

प्रचण्डको त्यही अभिव्यक्तिपछि पछिल्लो पटक एमाले र माओवादीको सहकार्य भएको चार महिना नपुग्दै प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले एकै ठाउँमा उभिन तयार भएका छन्।

योसँगै प्रचण्डको जादूमयी अंकको योग पनि समाप्त भएको छ। तीन पटक पधानमन्त्री भएका प्रचण्डको अब प्रधानमन्त्री हुने राजयोगसमेत समाप्त भएको विश्लेषण गरिएको छ। पहिलो पटक प्रधानमन्त्री हुँदा २०६४ चैत २८ गतेको संविधान सभाको निर्वाचनमा सशस्त्र द्वन्द्वबाट आए पनि पहिलो दल बनेर प्रचण्डले सरकारको नेतृत्व गरेकथिए ।

त्यतिबेला एमालेले सत्ताका लागि साथ दिएको थियो । २०७३ सालमा उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा कांग्रेसले साथ दिएको थियो । तेस्रो पटक प्रधानमन्त्री हुँदा उनले आफूलाई जादूमयी अंक खेलाउँदै जाँदा उनी कहिल कांग्रेस र कहिले एमालेलाइै प्रयोग गर्दै २०७९ पुसदेखि प्रधानमन्त्रीको कुर्सीमा रहिरहेका छन्।

यो जादू अब भने समाप्त भएको छ। निःसन्देह प्रचण्ड शक्तिशाली प्रधानमन्त्री थिए। उनले विश्वासको मत पाउँदा २०७९ पुस २६ गते लगभग शतप्रतिशत मत पाएका थिए। त्यो संख्या नेपाली राजनीतिक इतिहासकै अप्रत्याशित एवं कीर्तिमानी संख्या थियो।

त्यसयता भने उनले आफ्नो जादूमयी संख्याको दुरुपयोग गरे। भनिन्छ(भगवान्ले शक्ति त दिन्छन् तर त्यसको सदुपयोग भन्दा दुरुपयोग गरे छिट्टै नाश पनि हुन जान्छ । अब प्रचण्डको जादूमयी संख्याले काम नगर्ने निश्चित जस्तै छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending