चीसो कथा
अलिकति बाँच्न भनेर
जन्मिएको मानिस
अलिअलि गर्दै मर्दै जान्छ
पुरिने गरी पूरा नमर्दा सम्म !
अलिकती मर्छ-
‘कमाइनस्’ भन्ने
परिवारका लान्छानाहरु बाट
अलिकती मर्छ-
‘फलानो जस्तै भइनस्’ भन्ने
प्रेयसीका चाहनाहरु बाट !
अलिकति मर्छ-
‘दिन्छु’ भनेर लुटेका
साथीभाइका सापटीहरु बाट
अलिकति मर्छ-
‘गर्यो,रमायो,खायो’ भन्ने
आफन्तका छटपटीहरु बाट !
थोरै मर्छ- सन्तानका अटेरीहरु बाट
धेरै मर्छ- आफ्नै मनका अँधेरीहरु बाट !
कोही आउछ र क्रान्तिको गीत गाउन सिकाउँछ
उसलाई लाग्छ- अब त नाच्ने दिन आउलान् कि !
अर्को आउँछ र मुक्तिको मुट्ठी कस्न सिकाउछ
उसले सोंच्छ- अब त बाँच्ने दिन आउलान् कि !
कलमले पो बचाउँछ कि भनेर
ऊ ठेलीका ठेली ज़िन्दगी लेख्छ
फेरि
बन्दूकले पो जीवन बदल्छ कि भनेर
ऊ बम पड्काउछ, बारूद उडाउँछ !
कहिले विज्ञानको हाँगो समाएर
बैतरनी तर्न खोल्छ !
कहिले धर्मको काखमा बसेर
आनन्द खोज्न निस्किन्छ !
ठगिएको छु भन्ने थाहा पाउँछ
लुटिएको छु भन्ने चाल पाउँछ
ऊ मुर्दा जस्तो बनेर सहन्छ सबथोक
किनकि
उसलाई जीवन जस्तै जीवन बाँच्नुछ एकपटक !
शरीरमा रोग पस्छ
ऊ दबाइ खाएर दबाउँछ !
तक़दीरमा शोक पस्छ
ऊ रेलिमाई गाएर भगाउँछ !
बिहान बाँच्न भनेर घर बट निस्केको ऊ
दिनभरी मरेर रातमा घर फिर्दा पनि
बत्ती बाल्न छोड्दैन !!
रातभरि सपनाहरुलाई मारेर
आफ्नै लाशमा लतपतिएको ऊ
बिहान सबेरै उठी
सूर्यलाई धूप हाल्न छोड्दैन !!
कैयौं सासहरुलाई साथ दियो उसले
तर
कोही पनि बाँचे जसरी बाँचेको देखेन
कैयौं लाशहरुलाई हात दियो उसले
तर
कोही पनि बाँचुन्जेल नमरेको देखेन !!
अचेल ऊ
आफ्नै मृत्युको कथा लेखिरहेछ !
एकचित्त भई लेखिरहेछ !
कसैलाई नसुनी लेखिरहेछ !
कसै संग नबोली लेखिरहेछ !
‘ढोका खोल्नूस् न, चिया चीसो भयो’
‘ए हजुर, बाबा, बाबु,!’
लगातार आवाज आइरहेछन्-
ऊ सुन्दैन
उसलाई सुन्नै मन छैन
किनकि
ऊ कथा लेखिरहेछ
ऊ चीसो कथा लेखिरहेछ
ऊ चिसिएर कथा लेखिरहेछ !
ढिलो गरी ढोका खुल्छ !
एक कप चीसो चिया
चिसै कथा माथि पोखिन्छ !
‘उस्तै उस्तैको मिलन एकदिन जरुर हुन्छ’
लेख्दैछ ऊ-
मृत्यु कसरी यति सुन्दर हुन्छ ?!
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: