ढोरपाटन । चार वर्षअगाडि भूजीखोलामा आएको बाढीमा परी आफन्त गुमाएका स्थानीय रातको समय अलि ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन् । विसं २०७७ भदौ १७ गते राति ढोरपाटन नगरपालिका–८ र ९ स्थित भूजीखोलामा आएको बाढीले ३८ जनाको ज्यान लिएको थियो ।
बाढीमा परेर बेपत्ता भएका १५ जनाको अझै थाहापत्तो लाग्न सकेको छैन । पीडितले जसोतसो घर बनाएर बसे पनि बाढीको त्यो त्रास भने बिर्सिन सकेका छैनन् । बाढीले भूजीखोला किनारका एक सय ३१ घर बगाएको थियो ।
बाढीमा आफन्त गुमाएकाहरूको पीडा अहिलेसम्म पनि मत्थर हुनसकेको छैन । आफन्तसँगै बस्ने बास र खाने गास गुमाएकाले राज्यबाट पाउनुपर्ने सहयोग नपाएको गुनासो गर्दै आएका छन् । ढोरपाटन नगरपालिका–९ का बाढीपीडित कुलबहादुर विक ऋण धन गरेर घर बनाए पनि आफन्त बिर्सिन नसकेको बताउँछन् ।
बाढीले उहाँको घर, जग्गासहित २२ वर्षीय जेठो छोरो, २१ वर्षीया बुहारी, १८ वर्षीया छोरी र चार वर्षकी नातिनी बगाएको थियो । बाढीले भएभरको सम्पत्ति बगाइदिएपछि उनी लामो समय आफन्तकोमा बास बस्नुपरेको थियो ।
अहिले बल्ल सामान्य घर बनाए पनि अलि ठूलो वर्षा हुँदा रातभर जाग्रम बस्ने गरेको उनी बताउँछन् । ‘त्यो बाढीले हाम्रो उठीबास लगायो, लाउँलाउँ, खाउँखाउँ बन्ने बेलाका छोरा, बुहारी, छोरी र नातिनीसँगै सबै सम्पत्ति बगायो, हामी अहिले सुकुम्बासीजस्ता भएका छौं’, उनले भने, ‘बर्खा सुरु भयो, कसरी ज्यान बचाउने हो भन्ने चिन्ता लाग्छ, ठूलो पानी पर्यो भने पहिलेको जस्तै बाढी आएर बगाउँछ कि भन्ने डर हुन्छ ।’
स्थानीय बाढीपीडित निमबहादुर विश्वकर्मा बाढीले आफन्तसहित भएभरको सम्पत्ति बगाइदिएको बताउँछन् । बाढीले निमबहादुरको २५ वर्षीया श्रीमती, ९ वर्षीय जेठो छोरा, दुई वर्षीय माइलो छोरा र २२ दिनको कान्छो छोरासहित सबै बगाएको थियो । परिवारका सबै सदस्य बाढीमा परेरपछि उनी एक्लो भएका छन् ।
बाढी आउँदाको रात आफू ढोरपाटन गएको हुँदा आफ्नो ज्यान बँचेको विश्वकर्मा बताउँछन् । आफू ठूलो समस्यामा पर्दा पनि राज्य तहबाट सहयोग नभएको उनको गुनासो छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत नगरपालिकाको सीमित स्रोत र साधनबाट पीडितलाई सहयोग गरिएको बताउँछन् ।
विसं २०७७ को बाढीले ढोरपाटनमा ठूलो मानवीय क्षति पुर्याएको भन्दै यस वर्ष पनि वर्षा सुरु हुन लागेसँगै प्राकृतिक विपत्तिबाट बच्न तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरिएको उनले सुनाए। भौगोलिक कठिनाइका कारण धेरै नागरिक अव्यवस्थित रूपमा बस्दै आएको हुँदा त्यसको व्यवस्थापनमा नगरपालिकाले योजना बनाइरहेको उपप्रमुख कायत बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १३:४२
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभा संसदीय दलका चार जना पदाधिकारीले प्रतिनिधि सभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बा...
आषाढ़ २५ गते, २०८३ - १३:३२
काठमाडौं । प्रतिनिधिसभाको १७ जेठमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकाल्दै सभामुखलाई प्राप्त विशेषाधिकार ...
आषाढ़ २५ गते, २०८३ - १३:२६
इलाम। लगातारको वर्षापछि मेची राजमार्ग अन्तर्गत इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। माथिबाट जमिन बग्ने समस्या दोहोरिँदै आएको यस क्ष...
आषाढ़ २५ गते, २०८३ - १२:४७
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीलाई पाँच दिनभित्र स्थान खाली गर्न दिइ...
आषाढ़ २५ गते, २०८३ - १२:३९
काठमाडौं । सरकारले पुराना तथा हालको संरचनासँग मेल नखाने चारवटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले...
आषाढ़ २५ गते, २०८३ - १२:२१
काठमाडौँ। कृषि तथा वन मन्त्रालयले पछिल्लो १०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।...
आषाढ़ २५ गते, २०८३ - ११:५५
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा निरन्तर भइरहेको विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। तर विपक्षी दलहरूले सभा...
आषाढ़ २५ गते, २०८३ - ११:४३
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएक...
आषाढ़ २५ गते, २०८३ - ११:२७
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला रु २ हजार ४०० र चाँदी प्रतितोला रु १६० ले सस्तिएको हो। नेपाल ...
आषाढ़ २५ गते, २०८३ - ११:१९
काठमाडौं । बाल मन्दिरको जग्गा भाडामा दिइएको विषयसँग सम्बन्धित विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...



प्रतिकृया लेख्नुहोस्: