Ntc summer Offer
Khabar Dabali ३२ असार २०८१ सोमबार | 15th July, 2024 Mon
NIMB

छोरीको विवाह वार्षिकोत्सवमा सहभागी हुन अष्ट्रेलियामा गएका नेपालीको कारको ठक्करबाट मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । अष्ट्रेलियामा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । आइतबार राति करिब ११:४५ बजे सिड्नीको उत्तरपश्चिममा मेलोन्बास्थित एबेल रोडमा कारले ठक्कर दिँदा ७९ वर्षिय वृद्धको मृत्यु भएको डेलीमेलले जनाएको छ ।

ती वृद्धको पहिचान खुल्न सकेको छैन । उनी छोरीको २५औं विवाहको वार्षिकोत्सवमा सहभागी हुन नेपालबाट अष्ट्रेलिया गएका थिए । प्रहरीले कारको दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक गरेको छ । जुन कथित हिट एन्ड रनमा संलग्न रहेको विश्वास गरिएको छ ।

प्रहरीले सवारी साधन र घटनाको समयमा भित्र यात्रा गरेका व्यक्तिहरूको पहिचान गर्न सर्वसाधारणलाई सहयोगको लागि अपील गरेको छ । क्र्यास इन्भेस्टिगेशन युनिटमा संलग्न विशेषज्ञ अधिकारीहरूद्वारा अपराध स्थल स्थापना र फोरेन्सिक रूपमा जाँच गरिएको छ ।

घटनाको वास्तविक अवस्था पत्ता लगाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । सो घटनाबारेमा कुनै सूचना मिलेमा १८००३३३००० नम्बरमा क्राइम स्टप्पर्सलाई फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नारायणीमा भेटिए थप ४ शव, सनाखत हुन बाँकी

काठमाडौं । नारायणी नदीमा आइतबार थप चारवटा शव फेला परेका छन् । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्...

सत्ता सहकार्यका लागि कांग्रेस र एमालेको निर्णय कुर्दै साना दल

काठमाडौं ।  मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको समझदारी अनुरूप एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन...

खोलामा डुबेर दुई जनाको मृत्यु

तनहुँ । तनहुँमा खोलामा डुबेर दुईको मृत्यु भएको छ । व्यास नगरपालिका–५ साँगखोला र भानु नगरपालिका–६ चुँदीखोलामा डुबेर दुईको मृत्यु भएको प्रहरीले जनाएको ह...

सिमलताल दुर्घटनापछि शव भेटिएका दुई जनाको सनाखत

नारायणगढ । चितवन सिमलताल दुर्घटनामा बेपत्ता भएर आइतबार शव भेटिएका दुई जनाको सनाखत भएको छ।  भारत बिहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ बस्ने ४० वर्षीय ...

देशभर १५ सय जनामा डेंगु पुष्टि

काठमाडौ‌ । देशभर एक हजार ५४४ जनामा डेंगु पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी) अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण ...

प्रचण्डबाबुको 'यो मायाले के गर्‍यो के गर्‍यो' सार्वजानीक

काठमाडौं । गायक प्रचण्डबाबु राईको नयाँ गीत 'यो मायाले के गर्‍यो के गर्‍यो' सार्वजनिक भएको छ । प्रेमभावको यो गीतमा वसन्त सापकोटाको शब्द तथा संग...

सिमलताल पहिरोः बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल

चितवन। गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् । स...

पहिरोमा मृत्यु हुनेका परिवारलाई छ लाख ५० हजार राहत

बाग्लुङ । मनसुनजन्य विपद्बाट बागलुङमा तीन जनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले छ लाख ...

झापाकाे बिर्तामाेडमा हात्तीले चार घर भत्काउँदा तीन लाखको क्षति

झापा । झापाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गए राति हात्तीले चार वटा घरमा क्षति पुर्‍याएको छ । राति आएका चार वटा हात्तीले चार घरमा क्षति पुर...

ताप्लेजुङमा जिप दुर्घटना हुँदा सात जना घाइते

ताप्लेजुङ । सिरिजंगा गाउँपालिका–४ तेल्लोकबाट सदरमुकाम फुङलिङ आउँदै गरेको बोलेरो जिप आइतबार दिउँसो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । मे १ ज ३३१३ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy