काठमाडौं । आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यसपाली २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । यस वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नारा तय गरिएको छ ।
जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवम् उपलव्ध प्रविधिको प्रचार प्रसार गरी किसानमाझ पुर्याउने उदेश्य छ । यसले धानको उत्पादन एवम् उत्पादकत्व बढाउन भूमिका खेल्ने सरकारको विश्वास छ ।
सरकारले धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आज चितवनको बछौलीमा विशेष कार्यक्रम नै गर्दैछ । विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि सहभागी हुने छन् ।
त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद् नार्कले ललितपुरको खुमलटारमा र राष्ट्रिय किसान आयोगले काभ्रेमा कार्यक्रमको आयोजना गरेको छ । धान उत्पादन हुने जिल्लामा पनि विभिन्न कार्यक्रम गरिँदैछ ।
धान रोपाइँसँगै आज दही च्यूरा पनि खाने गरिन्छ । प्रमुख खाद्यान्न बाली धानलाई खाद्य सुरक्षाको प्रमुख आधार मानिन्छ । नेपालमा धानको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व छ । यो वर्ष भन्डै १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने सरकारी अनुमान छ । धानको उत्पादन बढाउन किसानलाई मनसुनले साथ दिनुपर्छ ।
त्यस्तै आवश्यक रासायनिक मल र प्रविधि पनि सहजरुपमा पाउनुपर्छ । तर सरकारले मलको अभाव नरहेको बताए पनि किसानले पर्याप्त रूपमा पाउन नसकेको गुनासो गरेका छन् । सीमा क्षेत्रका कतिपय किसानले भारतबाट मल किनेर धानको रोपाइँ गर्दैछन् । भारतबाट मल भित्र्याउन सहज भने छैन । एकातिर सीमा सुरक्षा बलले रोक्ने अर्कोतिर महङ्गो तिर्नुपर्ने बाध्यता छ । बर्सेनि मुख्यबाली धानसहित अरू खेतीका लागि झन्डै छ लाख मेट्रिक टन मल आवश्यक पर्छ ।
धानबालीका लागि झन्डै दुई लाख ५० हजार मेट्रिक टन आवश्यक पर्ने अनुमान छ । सरकारी अनुदानको मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले खरिद–बिक्री गर्दै आएका छन् । सरकारले अनुदानको मलकै लागि चालू आर्थिक वर्षमा झन्डै ३० अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।
धानबालीको मुख्य सिजन अहिलेका लागि चाहिने आवश्यक मल पुग्दो नै रहेको तर वितरणमा केहि समस्या भए पनि त्यसलाई सहज बनाउने प्रयास भइरहेको कृषि मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - १९:२७
काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अस्थिरता बढ्दै जाँदा भारतले उड्डयन टर्बाइन इन्धन (एटिएफ) र व्यावसायिक एलपिजीक...
चैत्र १८ गते, २०८२ - १९:२४
काठमाडौँ । प्रि-मनसुन अवधिमा हालसम्म देशभर औसतभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार यस वर्ष पनि मङ्गलबारस...
चैत्र १८ गते, २०८२ - १९:२२
रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित ...
चैत्र १८ गते, २०८२ - १९:१८
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका साना दलहरूले संसद्का सबै संरचनामा आफ्नो उपस्थिति सुनिश्चित गर्न माग गरेका छन्। २१ फागुन...
चैत्र १८ गते, २०८२ - १९:१५
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई ले संसदीय दलको नेता चयन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर...
चैत्र १८ गते, २०८२ - १९:०९
काठमाडौं । बलात्कार आरोपमा अनुसन्धान गरी कारबाही अघि बढाउन माग गर्दै दायर गरिएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। सोमकान्त मैनाली र केशव प्रसाद अ...
चैत्र १८ गते, २०८२ - १९:०४
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएपछि उत्पादन रोकिएकोमा सो उपकरणको मर्मत गरी आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको ...
चैत्र १८ गते, २०८२ - १८:५५
काठमाडौं । हवाई इन्धनको भाडा बढेसँगै हवाई जहाजको भाडा समेत बढेको छ । नेपाल वायुसेपा सञ्चालक संघले बुधबार बढेको इन्धनको मूल्य (सरचार्ज) समायोजन गरेर नय...
चैत्र १८ गते, २०८२ - १८:४८
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सस्तो दरमा अमेरिकी डलर साटिदिने बहानामा सर्वसाधारणलाई ठगी गर्ने दुई जनाको गिरोहलाई नियन्त्रणमा ...
चैत्र १८ गते, २०८२ - १८:४४
कैलाली । टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ ...


प्रतिकृया लेख्नुहोस्: