काठमाडौं । जारी युरोकपमा आजदेखि नकआउट चरणका खेलहरु हुदै छन् । नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।
इटाली समुह बीमा दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । इटालीले समुह चरणमा खेलेका ३ खेलमा एक जित, एक बराबरी र एक हार बेहोरेको थियो ।
इटालीले पहिलो खेलमा अल्बानियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा स्पेनसँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै अन्तिम खेलमा क्रोसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
त्यस्तै स्वीजरल्याण्ड समुह चरणमा समुह ए मा दोस्रो हुदै नक आउट चरणमा पुगेको हो । स्वीजरल्याण्ड समुह चरणमा अपराजित रहेको छ । स्वीजरल्याण्डले पहिलो खेलमा हंगेरीलाई ३-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग १-१ को र तेस्रो खेलमा जर्मनीसँग १-१ गोलको बराबरी खेलेको थियो ।
इटाली र स्वीजरल्याण्डबीच अहिलेसम्म ६० खेल भएका छन् । जसमा इटालीले २९ खेल जितेको छ भने स्वीजरल्याण्डले ७ खेल जितेको छ । त्यस्तै २४ खेल बराबरी भएका छन् ।
नकआउट चरणमा को को खेल्दै छन् ?
२४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन् । जसमा हरेक समुहका समुह विजेता र उपविजेता गरि १२ देश नक आउटमा पुगेका छन् भने हरेक समुहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नक आउट चरणमा पुगेका छन् ।
जसमा समुह ए बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नक आउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समुह चरणबाटै बाहिरिएका छन् । त्यस्तै समुह बी बाट स्पेन समुह विजेता र इटाली उपविजेता हुदै नक आउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन् ।
त्यस्तै समुह सी बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुदै नकआउटमा पुगेका छन् । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको छ । यस समुहबाट सर्बिया बाहिरिएको छ । त्यस्तै समुह डी बाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुदै नक आउटमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस तेस्रो हुदै नक आउटमा पुगेको छ ।
त्यसैगरी समुह इ बाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुदै नक आउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुदै नक आउटमा पुगेको छ । त्यस्तै समुह एफ बाट पोर्चुगल विजेता र टर्की उपविजेता हुदै नक आउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहदै नक आउटमा पुगेको छ ।
अब नक आउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्ने छ । त्यस्तै पोर्चुगलले स्लोभेनियाको सामना गर्ने छ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ ।
त्यसैगरी रोमानियाले नेदरल्याण्डसको सामना गर्ने छ भने अस्ट्रियाले टर्कीको सामना गर्ने छ । त्यस्तै इङल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले इटालीको सामना गर्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: