आषाढ़ १५ गते, २०८१ शुक्रवार 28th June, 2024 Fri१४:४४:३१ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ गरेकाे छ ।
बर्दियाको बढैयाताल गाउँपालिका(२ फुटाहास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ३ सय १० मिलिग्रामसहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका–१० बस्ने २० वर्षीय प्रदीप बुढालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।
नुवाकोटको ककनी गाउँपालिका–१ ताम्सालिङगेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित सोही गाउँपालिका–२ बस्ने २४ वर्षीय सविन तामाङ समेत २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले ककनीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७७ प ५५८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१३ बस्ने २८ वर्षीय कमल भट्टलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सुनसरीको देवानगंज गाउँपालिका–७ स्थित सडकबाट अवैध लागूऔषध गाँजा २१ किलो २ सय ग्रामसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सुपौल तिनटोलिया पंचायत प्रतापगंज थाना बस्ने २९ वर्षीय सुनिल कुमार यादव र देवानगंज गाउँपालिका–२ बस्ने २४ वर्षीय रणधिर यादव रहेका छन् । इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–११ धुलिया बिट बस्ने २१ वर्षीय बिबेक बिश्वकर्मालाई अवैध लागूऔषध ब्राउनसुगर १ सय ९० मिलिग्रामसहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङस्थित मिना एण्ड लप्सन खाजा घर संचालन गरी बस्ने ५० वर्षीय धन बहादुर भण्डारीलाई अवैध लागूऔषध गाँजा १ किलो ५० ग्रामसहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उनको खाजा पसल तलासी गर्ने क्रममा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।
झापाको मेचिनगर नगरपालिका–६ काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्रामसहित दमक नगरपालिका–८ किरात चोक बस्ने २३ वर्षीय रमेश दर्जीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकै बिर्तामोड नगरपालिका–४ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय २० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–४ मेघावारी घर बताउने २९ वर्षीय सुवास ताजपुरिया र सोही ठाउँ बस्ने २१ वर्षीय अम्मर कुमार राजवंशी रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
बाजुराको बुढिगंगा नगरपालिका–७ वायल गाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो ६ सय १० मिलिग्राम र अवैध लागूऔषध खैरो हेरोइन ४ सय १० मिलिग्रामसहित २ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बाबुराम खड्का र खप्तड छेडेदह गाउँपालिका–५ बस्ने बस्ने २६ वर्षीय दिपक रावत रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले खड्काको कुखुरा फर्म तलासी गर्दा फर्ममा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम २ सय मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल २ थानसहित काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने पाँचथर फालेलुङ गाउँपालिका–५ घर भएका २४ वर्षीय कृष्ण बहादुर लायोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा कुटिएका ५० वर्षीय युवराज ओलीले प्रदर्शनकारीलाई...
प्रतिकृया लेख्नुहोस्: