Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

टुसा उम्रिएको र हरियो आलु कति विषाक्त ?

खबरडबली संवाददाता

काठमाडौं । भान्सामा आलुको परिकार नपाक्ने नेपालीका घर कमै होलान् ।  विश्वको जुनसुकै भेगमा पनि पाइने र अरू तरकारीको तुलनामा सस्तो पनि पर्ने भएकाले धेरैले आलु रुचाउँछन् । जुन तरकारीमा पनि सुहाउने आलु तरकारीकाे त राजा नै भन्दा पनि फरक नपर्ला । तर आलु धेरै दिनसम्म राखे त्यसबाट टुसा उम्रिन थाल्छ । टुसा उम्रेको आलु खानेबारे धेरै चर्चा पनि हुने गर्छ। कतिपय मानिसहरू यसलाई खाँदा पाचन सम्बन्धी समस्या हुने विश्वास गर्छन् भने कोही महिलाहरूले आलुको टुसा हटाएर प्रयोग गर्ने गर्छन् ।

तर  टुसा उम्रिएको आलु स्वास्थ्यका लागि राम्रो होइन । टुसा उम्रनु भनेको यो तरकारी एक रासायनिक प्रतिक्रियाबाट गुज्रिरहेको छ । यस्तो आलु खानु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । टुसा उम्रिँदा आलुमा पाइने कार्बोहाइड्रेट स्टार्च सुगरमा परिवर्तन हुन थाल्छन् जसका कारण आलु निकै नरम हुन्छन् । यो प्रक्रिया सोलानिन र अलफा–केकोनिन नामका दुई अल्कलाइडको सम्मिश्रणकाम कारण बन्ने गर्छ। सेलोनिनलाई विषाक्त मानिन्छ।

यदी आलु खन्ने बेलामा नै यसमा टुसा उम्रिएको छ भने टुसा हटाएर खान सकिन्छ ।  अध्ययनका अनुसार यतिबेला आलुको तरकारीमा धेरै पोषक तत्त्व हुन्छ ।  तर यदि आलु धेरै दिनसम्म राखिएको छ, त्यो चाउरी परेको छ भने त्यसलाई फ्याँक्नु नै राम्रो हुन्छ।

हरियो आलु 

आलुको रंग यदि हरियो देखियो भने यो खराब भएको छ भन्ने बुझ्नु पर्छ सायद तपाईँले पनि याद गर्नु भएको होला हरियो आलु काेक्याउन थाल्छ । हरियो आलु क्यान्सरको कारण बन्न सक्छ ।

आलुले ब्लड सुगर बढाउँछ

नेशनल क्यापिटल पोइजन सेन्टरको रिपोर्ट अनुसार टुसा उम्रेको आलु फ्याँक्दा नै राम्रो हुन्छ। धेरैजसो घरमा आलु एकै पटक किन्ने गरिन्छ । फलस्वरुप केही दिनपछि नै टुसा उम्रिन सुरु हुन्छ तर मानिसहरू यसलाई नजरअन्दाज गर्दै यो प्रयोग गर्ने गर्छन् । 

टुसा उम्रेको आलु स्वास्थ्यका लागि फाइदाजनक छ वा हानिकारक भनेर कहिल्यै साेचिएकाे पाइदैन  ? यसमा नेशनल क्यापिटल पोइजन सेन्टरले आलु टुसा उम्रिएको छ भने यसलाई फ्याँक्नु नै राम्रो हुन्छ। यस्ता आलु स्वास्थ्यका लागि राम्रो हुँदैनन् भनेकाे छ ।

टुसा उम्रिएको आलु विषालु हुन्छन् । नेशनल क्यापिटल पोइजन सेन्टरको रिपोर्ट अनुसार आलुमा प्राकृतिक रूपमा केही विषालु तत्त्व जस्तै सोलेनिन र चाकोनाइन हुन्छ तर यो निकै कम मात्रामा पाइने गर्छन् । 

तर यसको बिरुवा वा  पातमा यो अत्यधिक मात्रामा हुन्छन् त्यसैले आलु टुसा उम्रिन सुरु हुने बित्तिकै यसमा दुवै विषालु तत्त्वको मात्रा बढ्न थाल्छ । त्यसैले यस्ता आलुलाई कुनै पनि रूपमा खाँदा शरीरमा ती तत्त्व प्रवेश गर्ने गर्छन् ।

रिपोर्टका अनुसार एक वा दुई पटक यस्ता आलु खाँदा शरीरलाई खासै हानी नभए पनि लगातार यस्तो आलु खाँदा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छन्, विशेष गरी पेटसँग सम्बन्धित ।

यस्ता लक्षण देखिन सक्छन्

रिपोर्टका अनुसार यदि आलुको विषाक्त तत्त्व शरीरमा अत्यधिक मात्रामा पुग्न थाल्यो भने धेरै प्रकारका लक्षणहरू देखा पर्छन्। जस्तै बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने ।  गम्भीर अवस्थामा, निम्न रक्तचाप, ज्वरो र टाउको दुखाइ जस्ता लक्षणहरू देखा पर्छन् । यसलाई समयमै रोकिएन भने मृत्यु पनि हुन सक्छ। त्यसैले सतर्क रहनुहोस् ।

आलु टुसा उम्रिनबाट कसरी रोक्ने ?

– यदि आलुमा हरियो रङ देखिएको छ वा पहिलादेखि नै टुसा उम्रिन थालेको छ भने त्यसलाई निकाल्नुहोस् ।

–  आलुलाई सूर्यको किरण नपुग्ने ठाउमा राख्ने तर धेरै चिसो ठाउँमा पनि राख्नु हुँदैन ।

–  सधैं प्याज जस्ता तरकारीहरूबाट अलग राख्नुहोस्, किनकि यसले ग्यास छोड्छ, जसका कारण आलुमा टुसा उम्रिन थाल्छ।

– यदि तपाईँले धेरै आलुहरू किन्नुभएको छ भने, त्यसलाई कटनको ब्यागमा राख्न सक्नुहुन्छ। ब्याग यस्तो हुनुपर्छ जसबाट हावा पास हुन सकोस् ।

– टुसा उम्रेको आलुलाई बगैँचामा रोपेर अन्य आलु फलाउन सक्नुहुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

प्रहरीको धकेलाइमा भीडमा परेका युवराज ओली कुटिए, ‘झोले’ भनेको पुष्टि भएन

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा कुटिएका ५० वर्षीय युवराज ओलीले प्रदर्शनकारीलाई...

पितृ तर्पणकै क्रममा रमेश लेखक पक्राउ, ‘कानुनी प्रतिवाद गर्छु’ भन्दै साथ दिए

भक्तपुर । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकलाई शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको छ। पारिवारिक स्रोतका अनुसार बिहान ...

रमेश लेखक पक्राउ प्रतिशोधपूर्ण भएको देउवा पक्षको आरोप, प्रतिवादका लागि आह्वान

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोधपूर्ण कदमका रूपमा व्याख्या ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending