Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

भोग्नेको व्यथा देख्नेलाई के थाहा ?

भोग्नेलाई थाहा हुन्छ महिनावारीको पीडा

खबरडबली संवाददाता

काठमाडौं । महिनावारीको बेला धेरै किशोरी या महिलाको एउटै गुनासो हुन्छ। ‘तल्लो पेट दुख्यो’, ‘पेट दुखेर स्कुल जानै सकिनँ’, ‘काममा जान सकिनँ’ यस्ता गुनासो हरेक  हरेक महिलाको पिडामा गुजिन्छ ।

कोही त यति धेरै दुखाइबाट गुज्रिन्छन् कि मानौं भित्र कुनै ठुलै रोगको भूमरी छ । महिनावारी महिलाहरुमा हुने नियमित र सामान्य प्रक्रिया हो । यद्यपि महिनावारीका दौरान महिलाहरुले ख्याल राख्नुपर्ने धेरै कुराहरु हुन्छन् ।

यस अवस्थामा हुने सामान्यदेखि अधिक दुखाइबारे महिला जानकार छन् । यो बेलामा ढाड, पेट, शरीर दुख्ने मात्र नभई कसैलाई त रिँगटा चल्ने बान्ता हुने समस्या समेत हुने गर्छ । दुखाई कम गर्ने औषधि नखाई हिँडडुल गर्नै नसक्ने समस्या समेत हुन्छ ।

त्यही कारणले महिनावारीको समयमा कस्ता खानेकुरा खान हुन्छ र कस्ता खानु हुँदैन भन्नेबारे पनि धेरैलाई अन्योल हुने गरेको छ । महिनावारीका बेला हामीले खाने खानाले पनि अहम् भूमिका निर्वाह गर्ने हुनाले खाने कुराहरु चयन गर्दा ध्यान पुर्याउनु पर्दछ। प्राकृतिक रूपमा नै महिनावारीको अवस्थामा हुने दुखाई कम गर्न खानपानमा विशेष ध्यान पुर्याउनु पर्छ । 
महिनावारी हुँदा कस्ता खानेकुरा खाने ?

१. पानी  धेरै पानी पिउनु सधैं महत्वपूर्ण छ । यो विशेष गरी महिनावारीको समयमा टाउको दुख्न कम गर्छ ।

२.  फलफुल स् खरबु्जा र काक्रो जस्ता पानीयुक्त फलफूलहरू हाइड्रेटेड रहनका लागि उत्कृष्ट हुन्छन् ।

३.  हरियो तरकारी स् महिनावारीको समयमो थकान, शारीरिक दुखाइ, र चक्कर आउन सक्छ । हरियो तरकारी पालकमा म्याग्नेसियम प्रशस्त हुन्छ ।

४. कागती महिनावारीको समयमा अमिलो खानु हुँदैन रक्तस्राव बढी हुन्छ भन्ने भ्रम रहिआएको छ । तर यसमा कुनै सत्यता छैन । कागतीमा पाइने ‘भिटामिन सी’ ले दुखाई कम गर्न मद्दत गर्नुको साथै शरीरमा आइरनको मात्रा बढाउँछ । महिनावारीमा महिलाको शरीरमा आइरनको कमी हुने भएकाले कागती खानु अति फाइदाजनक हुन्छ ।

५. अदुवालाई चिया या तातो पानीमा खानाले महिनावारीका केही लक्षणहरूलाई सुधार गर्न सक्छ । अदुवामा एन्टी–इन्फ्लेमेटरी प्रभाव हुन्छ, जसले दुख्ने मांसपेशीहरूलाई शान्त पार्न सक्छ । अदुवाले वाकवाकी कम गर्न सक्छ । तर धेरै अदुवा उपभोग गर्नु हुदैन त्यसले पेटमा जलन र पेट दुख्न सक्छ ।

६. डार्क चकलेट् महिनावारीको समयमा दैनिक ४० ग्राम डार्क चकलेट खाँदा दुखाइ कम गर्न मद्दत गर्न सक्छ । डार्क चकलेटमा म्याग्नेसियम प्रशस्त पाइन्छ, जसले मांसपेशीलाई आराम र दुखाइ कम गर्न सक्छ ।

के खानु हुँदैन ?
महिनावारीको अवस्थामा दूध हालेको चिया खानु हुँदैन । दूध राखेको चियाले ग्यास्ट्रिक हुन्छ र झन् धेरै पेट दुख्छ । त्यस्तै कफीमा हुने तत्त्व क्याफिनले पनि महिनावारीमा हुने दुखाइलाई झन् बढाउने भएकाले कफी पिउनु हुँदैन ।

त्यस्तै क्यानमा राखिएको खानेकुरा पनि खानु हुँदैन । अरू बेलामा स्वास्थ्यबद्र्धक मानिने गेडागुडी महिनावारीको समयमा भने नखाएकै राम्रो हुन्छ । चिल्लो, पिरो र दूधजन्य पदार्थ सकेसम्म नखाएको राम्रो हुन्छ ।

महिनावारी हुदाँ के गर्न हुन्छ, के गर्न हुदैँन् ?

महिनावारी भएको डेट याद राख्ने– धेरै महिलाहरु आफ्नो मासिक धर्मको डेट याद राख्दैनन् । यही कारणले फेरि कहिले महिनावारी हुन्छ भन्ने उनीहरुलाई आँकलन हुँदैन । महिनावारीको अनुमान नहुँदा उनीहरुले दुख पाउँछन् । त्यसैले महिनावारी भएको डेट याद राख्नुपर्छ ।

हरेक ६ घन्टामा प्याड फेर्ने– महिलाहरु एउटै प्याड लगाएर दिनभरी चलाउँछन् र राति मात्रै बदल्छन् । यो ठीक होइन । लगातार धेरै घन्टासम्म एउटै प्याड लगाउँदा संक्रमणको खतरा हुन्छ । त्यसैले हरेक ६ घन्टामा प्याड फेर्नुपर्छ ।

खाना राम्ररी खाने– महिनावारीका क्रममा वा त्योभन्दा अगाडि कतिपय महिलाहरुमा कब्जियत, डायरिया, पेटको दुखाई जस्ता समस्या पैदा हुन्छ । यस्तोमा उनीहरुलाई केही पनि खान मन हुँदै । तर यी दिहरुमा खाना राम्ररी नखाँदा तपाईंको शरीर कमजोर हुनसक्छ ।

हटब्यागले तल्लो पेट सेक्ने तेलले विस्तारै मालिस गर्ने, रक्सी तथा सुर्ति सेवन नगर्ने । आजकालका कतिपय महिलाहरु रक्सी पिउन बाँकी राख्दैनन् । तर यसले उनीहरुको दुखाई झनै बढ्छ । साथै सुर्ति सेवनबाट पनि बच्नुपर्छ ।

यसको साटो चिया र पानी धेरै पिउनुपर्छ । चिकित्सकको सल्लाह लिएर मात्र औषधिको सेवन गर्ने– महिनावारीका क्रममा केही महिलाहरुलाई असैह्य पीडा हुन्छ । पीडाबाट मुक्ति पाउनका लागि उनीहरु पेनकिलर खाने गर्छन् । तर यस्तो बेलामा धेरै औषधिको सेवन हानीकारक हुन सक्छ । यसले किड्नी र फोक्सोलाई असर गर्छ । पीडाबाट छुटकारा पाउनका लागि तातो पानीले सेक्नु उचित हुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending