Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

समुद्र तटमा भेटिएका मृत बालकको हृदयविदारक तस्वीर

\"turky1\"काठमाडाैं । टर्कीको समुद्री तटमा तीन वर्षीय एक बालकको शव भेटिएपछि अन्तर्राष्ट्रिय मिडिया र सामाजिक संजालमा यो विभत्स तस्वीरले निक्कै चर्चा पाएको छ । सिरियाबाट टर्की हुँदै ग्रिस जाँदै गर्दा डुगा पल्टिएपछि बेपत्ता बनेका ती बालकको मार्मिक तस्वीर संचारमाध्यम र सामाजिक संजालमा आएपछि विश्वभरि चर्चा र आक्रोश उत्पन्न  भएको एजेन्सीहरुले जनाएका छन् ।   समुद्री किनारामा घोप्टो परेको अवस्थामा रातो टिसर्ट र निलो हाफ पाइन्ट लगाएका तीन वर्षीय मृत बालक आयलानको  तस्वीर सावर्जनिक भएको हो । द्धन्द्धका कारण सिरियामा बस्न नसक्ने हुँदा टर्की हुँदै ग्रिस जाने क्रममा परिवारसँगै यी बालक चढेको डुंगा केही दिन अघि भूमध्यसागरमा डुबेको थियो ।   उनका पिता अब्दुल्लाह कुर्दी भने बाँच्न सफल भएको बताइएको छ । टर्कीमा रहेका सिरियाली कुर्द शरणार्थीहरु त्यहाँबाट निस्कनका लागि भिसा विना सम्भव थिएन । जुन थोरै मानिसहरुसँग मात्रै छ। त्यसैले अब्दुल्लाहको परिवारसँग अन्य विकल्प नभएको बताइएको छ ।   तीन वर्षीय बालकको शव तटमा एकजना स्थानीय माझीले फेला पारेका थिए। उनले समुद्र छेउमा जाँदा आफू डर लागेको र आफ्नो मुटु छियाछिया भएको बताए। बीबीसीले समुद्र किनारमा भेटिएका ती बालकको एउटा मात्रै तस्वीर प्रकाशित गरेको छ जसमा उनलाई एकजना टर्किस प्रहरी अधिकारीले बोकिरहेका छन् र बालकलाई राम्ररी देखिएको छैन। यद्यपी केही समाचार संस्थाले भने बालकको धेरै ग्राफिक चित्र प्रकाशित गरेका छन्। यसअघि ती बालकको परिवारले क्यानाडामा शरणका लागि निवेदन दिए पनि क्यानेडाली अध्यागमन अधिकारीहरुले अस्वीकार गरिदिएको विवरण बाहिर आएका थिए। \"turyky3\" समुद्र हुँदै युरोप जान चाहेका हजारौं आप्रवासीले यो वर्ष ज्यान गुमाएका छन्। आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आइओएमले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्षको जनवरीदेखि अहिलेसम्म करिब ३ लाख ५० हजार आप्रवासीले युरोप पुग्न निकै कठिन यात्रा पार गरेका छन्।   तीन वर्षे सिरियाली आप्रवासी बालक टर्कीको समुद्र तटमा मृत भेटिएको मार्मिक तस्वीर सार्वजनिक भएपछि त्यसले संसारभर नै आक्रोश सिर्जना गराएको छ।   टर्कीको एक समाचार संस्थाले जारी गरेका उक्त तस्वीर समुद्रतटमा बगेको मानवता ह्यासट्यागमा सामाजिक सञ्जाल ट्वीटरमा संसारभर व्यापक चर्चाको विषय अर्थात ट्रेन्डिंग भइरहेको छ। यी बालकको हृदयविदारक तस्वीर सार्वजनिक भएपछि मानव, अधिकारवादी, पत्रकार, पर्यवेक्षकहरुले सिरियाली युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी पहल गर्नुपर्ने माग गरेका छन् ।   युरोपियन युनियन सदस्य राष्ट्रहरुले आप्रवासीलाई आफ्नो मुलुक छिर्न नदिने रणनीति बनाइरहेका बेला यो हृदयविदारक तस्वीर सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय मिडिया र सामाजिक संजालमा समुद्रतटमा बगेको मानवता भन्दै भावुक समाचार आएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending