Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

महामन्त्री ढकालले गरे रास्वपामा विवादको विस्फोट, के गर्लान् रवि लामिछाने ?

खबरडबली संवाददाता

काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा अपेक्षाविपरीत जमानत जफत भएपछि झस्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई ‘समीक्षा यात्रा’मा पठाएको थियो। 

यात्राको उद्देश्य थियो, पार्टीका विषयमा जनस्तरमा पुगेर धारणा लिने। सोहीअनुसार जेठ ६ गते यात्रामा निस्किएका ढकाल ३८ जिल्लाको यात्रा गरी २ हजारभन्दा बढी व्यक्तिसँग भेटेर असार ५ गते काठमाडौं फर्किए। लगत्तै उनले रास्वपाको ‘घन्टी’मा ‘कालो बादल मडारिएको’ भन्दै चिन्ता व्यक्त गरेका थिए।

रास्वपाको स्थापना दिवस (असार ७ गते) मा फेसबुकमा नै महामन्त्री ढकालले ‘पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो भन्ने गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि हामी खडा छौं’ भनेर लेखेका थिए। पार्टी जोगाउन, जनताको आशा जोगाउन, उच्च सचेतनासहित ‘केही बोल्ड निर्णय’ लिएर जानुपर्ने उनले औंल्याएका थिए।

बुधबार त प्रतिवेदन नै तयार पारेर सभापति रवि लामिछानेलाई बुझाइसकेका छन्। उनको प्रतिवेदन रास्वपाका ‘चिन्तैचिन्ताको पन्तुरो’ रहेको तथ्य लगभग खुलिसकेको छ। रास्वपाले लिएको पछिल्लो राजनीतिक बाटो, सत्तारोहण, मन्त्रीहरूको अपेक्षाकृतभन्दा बाहिरको प्रदर्शन, सभापति लामिछानेका एकपछि अर्का विवादका शृंखलाले जनस्तरमा पार्टीप्रति वितृष्णा बढ्दै गएको तथ्य प्रतिवेदनले बोलेको महामन्त्री ढकालको आशयबाट बुझिन्छ। प्रतिवेदन बुझाइसकेपछि पत्रकारसँग कुरा गर्दै महामन्त्री ढकालले अझै खरो भाषामा पार्टीको अवस्था चित्रण गरेका छन्।

‘पार्टी बिरामी छ, अस्पतालमा राखेर उपचार गर्नुपर्छ,’ उनले भने, ‘कतै लाजले, कतै हीनताबोधले पार्टी बिरामी भएको हो। यसलाई स्वीकार गर्न सकिएन भने त्यतिबेलाको अवस्था निराशाजनक हुन्छ।’ अहिलेकै अवस्थामा पार्टी चुनावमा गए राष्ट्रिय पार्टी मात्र बन्न सक्ने उनले दाबी गरे।

‘तल गइराख्ने हो भने त्यो अवस्था पनि रहन्न,’ उनले अगाडि भने । महामन्त्री ढकालले आफ्नो यो समीक्षालाई पार्टी सुधारका लागि सचेतनाको घन्टीका रूपमा अथ्र्याउन खोजेका छन्। पार्टी सभापति लामिछानेलाई बुझाएको पत्रमा उनले लेखेका छन्, ‘यो प्रतिवेदन पार्टीले पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुका साथै पार्टीले लिनुपर्ने दिशाका सम्बन्धमा मार्गदर्शनसमेत गर्ने मेरो विश्वास रहेको छ।’ 

महामन्त्री ढकालले यस्तो दाबी गरे पनि सार्वजनिक बोली र प्रतिवेदनले रास्वपाभित्र हल्लीखल्ली मच्चाएको छ। यात्रा सकेर काठमाडौं पुग्दा उनले सार्वजनिक गरेका अभिव्यक्तिले सभापति लामिछाने र उनीनिकट समूह चिढिएको स्रोत बताउँछ। उक्त समूहले ढकालको प्रतिवेदनलाई विवादित दस्ताबेजका रूपमा लिएको छ।

यात्राबाट फर्किएपछि महामन्त्री ढकालले सुनाएको समीक्षाअनुसारको प्रतिवेदन तयार नगर्न दबाबसमेत सिर्जना भएको स्रोतले बतायो । जसमा २०८४ सालमा एकल बहुमत ल्याउने दाबीविपरीत जनमत गइरहेको रास्वपा आफैले स्विकार्ने विषय थियो। यस्तै सत्ता गठबन्धनमा पर्न सक्ने सम्भावित असरका विषय पनि समेटिएकाले सभापति लामिछानेले ती विषय रोक्न संकेत गरेका थिए।

तर महामन्त्री ढकालले ३३ पेजको प्रतिवेदन तयार पारे। सभापति लामिछाने र उनीनिकट व्यक्तिको चाहनाविपरीत प्रतिवेदन तयार पारेकैले उनले ‘महामन्त्री पद गए पनि पाण्डवको सहदेव नबन्ने’ टिप्पणी गरेको स्रोतको दाबी छ।

सभापति लामिछानेलाई बुझाएकै पत्रमा उनले आफूमाथि घृणित राजनीति भएकोसम्म लेख्न भ्याएका छन्। उनले लेखेका छन्, ‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ। मैले गर्दै नगरेका कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो।’ आफ्ना मनमा रहेका कुरा जनतालाई भन्न नपाएको उल्लेख गर्दै उनले आफ्ना कुरा के छन्, त्यो जनताले थाहा पाउनुपर्ने बताएका छन्।

त्यसका लागि उनले आफूले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न भनेका छन्। ‘यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ। ममाथि न्याय गरियोस् । यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्,’ उनले लेखेका छन्।

विवादको विस्फोट

पार्टी सभापति लामिछानेलगायत नेताहरूले नचाहेको विषयसहित महामन्त्री ढकालले प्रतिवेदन बुझाएपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। झन् महामन्त्री ढकालले नै प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएपछि लामिछानेनिकट नेताहरू आक्रोशित बनेका छन्।

सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले त सञ्चारमाध्यममा अन्तर्वार्ता दिएरै प्रतिवेदनको आलोचना गरे। उनले ढकालले सञ्चारमाध्यममा अभिव्यक्ति दिँदै हिँडेको विषयमा खुलेर आलोचना गरेका हुन्। सरकारकै विषयमा महामन्त्री ढकालले आन्तरिक रूपमा समीक्षा भन्नुपर्ने सहममन्त्री बुर्लाकोटीले बताएका छन्। 

‘उहाँकै प्रस्तावअनुसार सरकारमा गएको हो। अनि प्रस्ताव गरेर सरकारमा गएको कुरामा उहाँले समीक्षा गरेर आन्तरिक भन्नुपथ्र्यो,’ उनले भनेका छन्, ‘केपी–प्रचण्डलाई मिडियामार्फत चिढ्याउन पर्दैनथ्यो। चिढ्याएर फाइदा छैन भन्ने कुरा सबैलाई थाहा छ। पार्टीको आन्तरिक छलफल गरेर अब उपयुक्त समयमा सरकारबाट एक्जिट हौं भनेर पो भन्नुपथ्र्यो।’

प्रतिवेदन सार्वजनिक गर्ने विषयमा पनि सहमहामन्त्री बुर्लाकोटीको तिखो जबाफ छ। उनले सभापति लामिछानेलाई छलफल गर्नुपर्ने महसुस भए बैठकमा ल्याउने र नभए आवश्यक छैन भन्ने जवाफ दिए पुग्ने बताएका छन् । यस्तो अवस्थामा पनि महामन्त्री ढकालले आधा मिडियामा बोलिसकेको र आधा केही दिनमा सार्वजनिक गरिहाल्ने बताएका छन्।

महामन्त्री ढकालको प्रतिवेदनको विपक्षमा सभापति लामिछानेनिकट रहेका उपसभापति डोरप्रसाद अर्याल, सहमहामन्त्री बुर्लाकोटीलगायत नेताहरू छन् भने अर्का उपसभापति डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, मन्त्रीहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सांसदहरू सोबिता गौतम, मनीष झालगायत प्रतिवेदनमाथि छलफल हुनुपर्ने पक्षमा रहेको स्रोत बताउँछ।

सांसद शिशिर खनालले महामन्त्री ढकाललाई पार्टीले नै खटाएकाले प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्ने बताएका छन्। बिहीबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘उहाँ स्वेच्छाले भन्दा पनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि, केही समस्या छ कि भनेर पत्ता लगाउन खटाइनुभएको हो। उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भन्नुभएपछि स्वाभाविक रूपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौं।’ 

यही विषयमा महामन्त्री ढकाललाई पदबाट हटाउनेसम्मका चर्चासमेत भइरहेका छन् । केन्द्रीय सदस्य गणेश कार्कीले जिम्मेवारीबाट हटाउनेसम्मको काम हुन्छ भन्ने आफूलाई नलागेको बताउँछन्। 

‘पार्टी विधिसम्मत चलेन भनेर त मैले भन्दै आएकै छु। आज महामन्त्री पनि थपिनुभयो। यत्तिले जिम्मेवारीबाट हटाइन्छ भन्ने लाग्दैन,’ उनले भने, ‘तर उनले जे प्रश्न पार्टीका अन्य नेतासमक्ष उठाउनुभयो, त्यसको धेरैजसो दोष उहाँलाई पनि जान्छ । हिजो उहाँ पनि सभापतिले भनेअनुसार नै आफ्नै किसिमले पार्टीलाई चलाउन खोज्ने व्यक्ति नै हो । उहाँहरूकै कारण अहिले पार्टी यो अवस्थामा पुगेको हो।’ यो समाचार आजको नागरिक दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending