Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

महामन्त्री ढकालले गरे रास्वपामा विवादको विस्फोट, के गर्लान् रवि लामिछाने ?

खबरडबली संवाददाता

काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा अपेक्षाविपरीत जमानत जफत भएपछि झस्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई ‘समीक्षा यात्रा’मा पठाएको थियो। 

यात्राको उद्देश्य थियो, पार्टीका विषयमा जनस्तरमा पुगेर धारणा लिने। सोहीअनुसार जेठ ६ गते यात्रामा निस्किएका ढकाल ३८ जिल्लाको यात्रा गरी २ हजारभन्दा बढी व्यक्तिसँग भेटेर असार ५ गते काठमाडौं फर्किए। लगत्तै उनले रास्वपाको ‘घन्टी’मा ‘कालो बादल मडारिएको’ भन्दै चिन्ता व्यक्त गरेका थिए।

रास्वपाको स्थापना दिवस (असार ७ गते) मा फेसबुकमा नै महामन्त्री ढकालले ‘पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो भन्ने गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि हामी खडा छौं’ भनेर लेखेका थिए। पार्टी जोगाउन, जनताको आशा जोगाउन, उच्च सचेतनासहित ‘केही बोल्ड निर्णय’ लिएर जानुपर्ने उनले औंल्याएका थिए।

बुधबार त प्रतिवेदन नै तयार पारेर सभापति रवि लामिछानेलाई बुझाइसकेका छन्। उनको प्रतिवेदन रास्वपाका ‘चिन्तैचिन्ताको पन्तुरो’ रहेको तथ्य लगभग खुलिसकेको छ। रास्वपाले लिएको पछिल्लो राजनीतिक बाटो, सत्तारोहण, मन्त्रीहरूको अपेक्षाकृतभन्दा बाहिरको प्रदर्शन, सभापति लामिछानेका एकपछि अर्का विवादका शृंखलाले जनस्तरमा पार्टीप्रति वितृष्णा बढ्दै गएको तथ्य प्रतिवेदनले बोलेको महामन्त्री ढकालको आशयबाट बुझिन्छ। प्रतिवेदन बुझाइसकेपछि पत्रकारसँग कुरा गर्दै महामन्त्री ढकालले अझै खरो भाषामा पार्टीको अवस्था चित्रण गरेका छन्।

‘पार्टी बिरामी छ, अस्पतालमा राखेर उपचार गर्नुपर्छ,’ उनले भने, ‘कतै लाजले, कतै हीनताबोधले पार्टी बिरामी भएको हो। यसलाई स्वीकार गर्न सकिएन भने त्यतिबेलाको अवस्था निराशाजनक हुन्छ।’ अहिलेकै अवस्थामा पार्टी चुनावमा गए राष्ट्रिय पार्टी मात्र बन्न सक्ने उनले दाबी गरे।

‘तल गइराख्ने हो भने त्यो अवस्था पनि रहन्न,’ उनले अगाडि भने । महामन्त्री ढकालले आफ्नो यो समीक्षालाई पार्टी सुधारका लागि सचेतनाको घन्टीका रूपमा अथ्र्याउन खोजेका छन्। पार्टी सभापति लामिछानेलाई बुझाएको पत्रमा उनले लेखेका छन्, ‘यो प्रतिवेदन पार्टीले पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुका साथै पार्टीले लिनुपर्ने दिशाका सम्बन्धमा मार्गदर्शनसमेत गर्ने मेरो विश्वास रहेको छ।’ 

महामन्त्री ढकालले यस्तो दाबी गरे पनि सार्वजनिक बोली र प्रतिवेदनले रास्वपाभित्र हल्लीखल्ली मच्चाएको छ। यात्रा सकेर काठमाडौं पुग्दा उनले सार्वजनिक गरेका अभिव्यक्तिले सभापति लामिछाने र उनीनिकट समूह चिढिएको स्रोत बताउँछ। उक्त समूहले ढकालको प्रतिवेदनलाई विवादित दस्ताबेजका रूपमा लिएको छ।

यात्राबाट फर्किएपछि महामन्त्री ढकालले सुनाएको समीक्षाअनुसारको प्रतिवेदन तयार नगर्न दबाबसमेत सिर्जना भएको स्रोतले बतायो । जसमा २०८४ सालमा एकल बहुमत ल्याउने दाबीविपरीत जनमत गइरहेको रास्वपा आफैले स्विकार्ने विषय थियो। यस्तै सत्ता गठबन्धनमा पर्न सक्ने सम्भावित असरका विषय पनि समेटिएकाले सभापति लामिछानेले ती विषय रोक्न संकेत गरेका थिए।

तर महामन्त्री ढकालले ३३ पेजको प्रतिवेदन तयार पारे। सभापति लामिछाने र उनीनिकट व्यक्तिको चाहनाविपरीत प्रतिवेदन तयार पारेकैले उनले ‘महामन्त्री पद गए पनि पाण्डवको सहदेव नबन्ने’ टिप्पणी गरेको स्रोतको दाबी छ।

सभापति लामिछानेलाई बुझाएकै पत्रमा उनले आफूमाथि घृणित राजनीति भएकोसम्म लेख्न भ्याएका छन्। उनले लेखेका छन्, ‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ। मैले गर्दै नगरेका कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो।’ आफ्ना मनमा रहेका कुरा जनतालाई भन्न नपाएको उल्लेख गर्दै उनले आफ्ना कुरा के छन्, त्यो जनताले थाहा पाउनुपर्ने बताएका छन्।

त्यसका लागि उनले आफूले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न भनेका छन्। ‘यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ। ममाथि न्याय गरियोस् । यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्,’ उनले लेखेका छन्।

विवादको विस्फोट

पार्टी सभापति लामिछानेलगायत नेताहरूले नचाहेको विषयसहित महामन्त्री ढकालले प्रतिवेदन बुझाएपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। झन् महामन्त्री ढकालले नै प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएपछि लामिछानेनिकट नेताहरू आक्रोशित बनेका छन्।

सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले त सञ्चारमाध्यममा अन्तर्वार्ता दिएरै प्रतिवेदनको आलोचना गरे। उनले ढकालले सञ्चारमाध्यममा अभिव्यक्ति दिँदै हिँडेको विषयमा खुलेर आलोचना गरेका हुन्। सरकारकै विषयमा महामन्त्री ढकालले आन्तरिक रूपमा समीक्षा भन्नुपर्ने सहममन्त्री बुर्लाकोटीले बताएका छन्। 

‘उहाँकै प्रस्तावअनुसार सरकारमा गएको हो। अनि प्रस्ताव गरेर सरकारमा गएको कुरामा उहाँले समीक्षा गरेर आन्तरिक भन्नुपथ्र्यो,’ उनले भनेका छन्, ‘केपी–प्रचण्डलाई मिडियामार्फत चिढ्याउन पर्दैनथ्यो। चिढ्याएर फाइदा छैन भन्ने कुरा सबैलाई थाहा छ। पार्टीको आन्तरिक छलफल गरेर अब उपयुक्त समयमा सरकारबाट एक्जिट हौं भनेर पो भन्नुपथ्र्यो।’

प्रतिवेदन सार्वजनिक गर्ने विषयमा पनि सहमहामन्त्री बुर्लाकोटीको तिखो जबाफ छ। उनले सभापति लामिछानेलाई छलफल गर्नुपर्ने महसुस भए बैठकमा ल्याउने र नभए आवश्यक छैन भन्ने जवाफ दिए पुग्ने बताएका छन् । यस्तो अवस्थामा पनि महामन्त्री ढकालले आधा मिडियामा बोलिसकेको र आधा केही दिनमा सार्वजनिक गरिहाल्ने बताएका छन्।

महामन्त्री ढकालको प्रतिवेदनको विपक्षमा सभापति लामिछानेनिकट रहेका उपसभापति डोरप्रसाद अर्याल, सहमहामन्त्री बुर्लाकोटीलगायत नेताहरू छन् भने अर्का उपसभापति डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, मन्त्रीहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सांसदहरू सोबिता गौतम, मनीष झालगायत प्रतिवेदनमाथि छलफल हुनुपर्ने पक्षमा रहेको स्रोत बताउँछ।

सांसद शिशिर खनालले महामन्त्री ढकाललाई पार्टीले नै खटाएकाले प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्ने बताएका छन्। बिहीबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘उहाँ स्वेच्छाले भन्दा पनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि, केही समस्या छ कि भनेर पत्ता लगाउन खटाइनुभएको हो। उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भन्नुभएपछि स्वाभाविक रूपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौं।’ 

यही विषयमा महामन्त्री ढकाललाई पदबाट हटाउनेसम्मका चर्चासमेत भइरहेका छन् । केन्द्रीय सदस्य गणेश कार्कीले जिम्मेवारीबाट हटाउनेसम्मको काम हुन्छ भन्ने आफूलाई नलागेको बताउँछन्। 

‘पार्टी विधिसम्मत चलेन भनेर त मैले भन्दै आएकै छु। आज महामन्त्री पनि थपिनुभयो। यत्तिले जिम्मेवारीबाट हटाइन्छ भन्ने लाग्दैन,’ उनले भने, ‘तर उनले जे प्रश्न पार्टीका अन्य नेतासमक्ष उठाउनुभयो, त्यसको धेरैजसो दोष उहाँलाई पनि जान्छ । हिजो उहाँ पनि सभापतिले भनेअनुसार नै आफ्नै किसिमले पार्टीलाई चलाउन खोज्ने व्यक्ति नै हो । उहाँहरूकै कारण अहिले पार्टी यो अवस्थामा पुगेको हो।’ यो समाचार आजको नागरिक दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending