Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

वन्यजन्तु र मानवबिचको द्वन्द्वले मानवीय क्षति

खबरडबली संवाददाता

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी सीमाक्षेत्रमा भइरहेका मानव र वन्यजन्तुबीचको द्वन्द्वले मानवीय क्षति हुन थालेको छ ।  यो क्षेत्रमा केही वर्षयता हात्ती र बाघको आक्रमणका छुट्टाछुट्टै घटनाबाट चार जनाको मृत्यु भएको सबडिभिजन वन कार्यालय कुण्डा, (कञ्चनपुर) का अधिकृत दिनेशकुमार यादवले जानकारी दिए ।

वन्यजन्तुको आक्रमणबाट केही व्यक्ति घाइते भएका छन् । गत वर्षमात्रै बेलौरी नजिकको पचुइँमा बाघको आक्रमणमा परी स्थानीय एक महिलाको मृत्यु भएको थियो । वन कार्यालयको पहलमा उक्त बाघ काठमाडौँ चिडियाघरमा पुर्याइएको थियो ।

यसअघि आफ्नै गाउँ नजिकैको भारतीय वनमा घाँस काट्न गएकी कञ्चनपुर, पुनर्वासकी एक महिलाको बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।  बेलौरी क्षेत्रमा दुई छुट्टाछुट्टै ठाउँमा भएका हात्ती आक्रमणबाट पनि दुई जनाको मृत्यु भइसकेको छ । पुनर्वास क्षेत्रमा हात्ती आक्रमणका घटनामा पाँच जना घाइते भएका थिए ।

हात्तीले खेतमा बाँधेको एउटा गोरुसमेत मारेको थियो । एक साताअघि राति ९ बजे पुुनर्वास नगरपालिकामा हात्तीले आक्रमण गर्दा वादी राना घाइते भएका छन् । उनको हाल सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

सबडिभिजन कार्यालयको तथ्याङ्कअनुसार केही वर्षयता नेपाल–भारत दशगजा क्षेत्र र पुनर्वासमा दुई हात्ती मरेको अवस्थामा फेला परेको छन् । अर्को एक हात्ती कालगतिले मरेको भेटिएको छ । बर्सेनि मानिसका घरखेतमै पुग्ने हात्तीले सयौँ बिघामा गरिएको किसानको खाद्यान्न तथा नगदेबाली नष्ट गर्ने गरेको छ ।

वन्यजन्तु ओहोरदोहोर गर्ने वन क्षेत्रको पुरानो मार्ग टुट्न थालेकोले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्न थालेको वन प्राविधकको भनाइ छ । यो क्षेत्रमा सीमापारी भारतको दुदुवा राष्ट्रिय निकुञ्ज र वारी नेपालतर्फ लालझाडी वनक्षेत्र छ । लालझाडी वन क्षेत्रसँग मोहना–लालझाडी जैविकमार्ग जोडिएको छ । 

“यस्तो द्वन्द्व हटाउन वन्यजन्तुको जैविक मार्गको संरक्षण गर्दै टुटेको भागलाई जोड्न जरुरी भइसकेको छ”, अधिकृत यादवले भने, “यसबाहेक जनचेतना अभिवृद्धिको पाटोलाई सशक्त बनाउन जरुरी छ ।” वर्षायाममा सीमापारिको दुदुवा राष्ट्रिय निकुञ्ज जलमग्न हुँदा त्यहाँका हात्ती, बाघ, चितुवालगायतका वन्यजन्तु केही समय बसाइँका लागि अग्लो भूभाग खोज्दै नेपालको लालझाडीलगायतका वनक्षेत्रमा आउने गरेका छन् । हात्ती एक ठाउँबाट अर्को ठाउँ जाँदा आफ्नो पुस्तौँदेखि हिँडिरहेको बाटो प्रयोग गर्ने बताइन्छ । 

सबडिभिजन कार्यालय, कुण्डाले वन्यजन्तुको सङ्ख्या एवं गतिविधिबारे अध्ययन गर्न यस क्षेत्रको केही ठाउँमा स्वचालित क्यामरा जडान गरेको थियो । क्यामराले वन क्षेत्रमा धेरै सङ्ख्यामा चितुवा देखिएकोे जनाइएको छ ।

पछिल्ला वर्षमा लालझाडी वन क्षेत्रमा चितुवा र चित्तलको सङ्ख्या बढेको वन अधिकृत यादवले जानकारी दिए । यसैबीच नेपाल–भारतको सीमावर्ती क्षेत्रका वनका पदाधिकारी एवं सरक्षणकर्मीबीचको अन्तक्र्रियामा वन्यजन्तु तथा वनपैदावारको चोरीसिकारी रोक्न संयुक्तरूपमा प्रयास गर्ने प्रतिबद्धता जनाइएको छ ।

धनगढीमा बुधबार भएको अन्तक्र्रियामा वन्यजन्तु तथा वनपैदावारको चोरी सिकारी नियन्त्रण गर्न एकआपसमा समयमै सूचना आदान प्रदान गरी प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता जनाएका हुन् । छलफलका क्रममा आवश्यकताअनुसार दुवै देशको संयुक्त टोलीले गस्तीसमेत गर्ने समझदारी भएको छ ।  

डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत भीमप्रसाद कँडेलले सीमावर्ती क्षेत्रमा वनपैदावारको अवैध चोरीसिकारी नियन्त्रण गर्न समकक्षीसँग निरन्तर सूचना आदान प्रदान गर्ने समझदारी भएको बताए । वन अधिकृत दिनेशकुमार यादवले सीमावर्ती क्षेत्रमा पछिल्लो समय मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले नियन्त्रणका लागि दुवै देशले प्रभावकारी कार्यक्रम लागू गर्नुपर्ने सुझाव दिए ।

अन्तक्रियामा पुनर्वास नगरपालिकाका उपप्रमुख भुलियाकुमारी राना, लालझाडी –मोहना वन संरक्षण क्षेत्र परिषद्का अध्यक्ष राजबहादुर ऐर, भारत, उत्तर प्रदेशस्थित दुदुवा नेशनल टाइगर रिजर्भ(दुदुवा राष्ट्रिय निकुञ्ज) का वन अधिकारी धर्मेन्द्र द्विवेदी, प्रहरी निरीक्षक अवधेशकुमार यादवलगायतले वनपैदावार तथा वन्यजन्तुको चोरीसिकारी रोकथामका विषयमा बोलेका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending