Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

वन्यजन्तु र मानवबिचको द्वन्द्वले मानवीय क्षति

खबरडबली संवाददाता

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी सीमाक्षेत्रमा भइरहेका मानव र वन्यजन्तुबीचको द्वन्द्वले मानवीय क्षति हुन थालेको छ ।  यो क्षेत्रमा केही वर्षयता हात्ती र बाघको आक्रमणका छुट्टाछुट्टै घटनाबाट चार जनाको मृत्यु भएको सबडिभिजन वन कार्यालय कुण्डा, (कञ्चनपुर) का अधिकृत दिनेशकुमार यादवले जानकारी दिए ।

वन्यजन्तुको आक्रमणबाट केही व्यक्ति घाइते भएका छन् । गत वर्षमात्रै बेलौरी नजिकको पचुइँमा बाघको आक्रमणमा परी स्थानीय एक महिलाको मृत्यु भएको थियो । वन कार्यालयको पहलमा उक्त बाघ काठमाडौँ चिडियाघरमा पुर्याइएको थियो ।

यसअघि आफ्नै गाउँ नजिकैको भारतीय वनमा घाँस काट्न गएकी कञ्चनपुर, पुनर्वासकी एक महिलाको बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।  बेलौरी क्षेत्रमा दुई छुट्टाछुट्टै ठाउँमा भएका हात्ती आक्रमणबाट पनि दुई जनाको मृत्यु भइसकेको छ । पुनर्वास क्षेत्रमा हात्ती आक्रमणका घटनामा पाँच जना घाइते भएका थिए ।

हात्तीले खेतमा बाँधेको एउटा गोरुसमेत मारेको थियो । एक साताअघि राति ९ बजे पुुनर्वास नगरपालिकामा हात्तीले आक्रमण गर्दा वादी राना घाइते भएका छन् । उनको हाल सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

सबडिभिजन कार्यालयको तथ्याङ्कअनुसार केही वर्षयता नेपाल–भारत दशगजा क्षेत्र र पुनर्वासमा दुई हात्ती मरेको अवस्थामा फेला परेको छन् । अर्को एक हात्ती कालगतिले मरेको भेटिएको छ । बर्सेनि मानिसका घरखेतमै पुग्ने हात्तीले सयौँ बिघामा गरिएको किसानको खाद्यान्न तथा नगदेबाली नष्ट गर्ने गरेको छ ।

वन्यजन्तु ओहोरदोहोर गर्ने वन क्षेत्रको पुरानो मार्ग टुट्न थालेकोले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्न थालेको वन प्राविधकको भनाइ छ । यो क्षेत्रमा सीमापारी भारतको दुदुवा राष्ट्रिय निकुञ्ज र वारी नेपालतर्फ लालझाडी वनक्षेत्र छ । लालझाडी वन क्षेत्रसँग मोहना–लालझाडी जैविकमार्ग जोडिएको छ । 

“यस्तो द्वन्द्व हटाउन वन्यजन्तुको जैविक मार्गको संरक्षण गर्दै टुटेको भागलाई जोड्न जरुरी भइसकेको छ”, अधिकृत यादवले भने, “यसबाहेक जनचेतना अभिवृद्धिको पाटोलाई सशक्त बनाउन जरुरी छ ।” वर्षायाममा सीमापारिको दुदुवा राष्ट्रिय निकुञ्ज जलमग्न हुँदा त्यहाँका हात्ती, बाघ, चितुवालगायतका वन्यजन्तु केही समय बसाइँका लागि अग्लो भूभाग खोज्दै नेपालको लालझाडीलगायतका वनक्षेत्रमा आउने गरेका छन् । हात्ती एक ठाउँबाट अर्को ठाउँ जाँदा आफ्नो पुस्तौँदेखि हिँडिरहेको बाटो प्रयोग गर्ने बताइन्छ । 

सबडिभिजन कार्यालय, कुण्डाले वन्यजन्तुको सङ्ख्या एवं गतिविधिबारे अध्ययन गर्न यस क्षेत्रको केही ठाउँमा स्वचालित क्यामरा जडान गरेको थियो । क्यामराले वन क्षेत्रमा धेरै सङ्ख्यामा चितुवा देखिएकोे जनाइएको छ ।

पछिल्ला वर्षमा लालझाडी वन क्षेत्रमा चितुवा र चित्तलको सङ्ख्या बढेको वन अधिकृत यादवले जानकारी दिए । यसैबीच नेपाल–भारतको सीमावर्ती क्षेत्रका वनका पदाधिकारी एवं सरक्षणकर्मीबीचको अन्तक्र्रियामा वन्यजन्तु तथा वनपैदावारको चोरीसिकारी रोक्न संयुक्तरूपमा प्रयास गर्ने प्रतिबद्धता जनाइएको छ ।

धनगढीमा बुधबार भएको अन्तक्र्रियामा वन्यजन्तु तथा वनपैदावारको चोरी सिकारी नियन्त्रण गर्न एकआपसमा समयमै सूचना आदान प्रदान गरी प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता जनाएका हुन् । छलफलका क्रममा आवश्यकताअनुसार दुवै देशको संयुक्त टोलीले गस्तीसमेत गर्ने समझदारी भएको छ ।  

डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत भीमप्रसाद कँडेलले सीमावर्ती क्षेत्रमा वनपैदावारको अवैध चोरीसिकारी नियन्त्रण गर्न समकक्षीसँग निरन्तर सूचना आदान प्रदान गर्ने समझदारी भएको बताए । वन अधिकृत दिनेशकुमार यादवले सीमावर्ती क्षेत्रमा पछिल्लो समय मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले नियन्त्रणका लागि दुवै देशले प्रभावकारी कार्यक्रम लागू गर्नुपर्ने सुझाव दिए ।

अन्तक्रियामा पुनर्वास नगरपालिकाका उपप्रमुख भुलियाकुमारी राना, लालझाडी –मोहना वन संरक्षण क्षेत्र परिषद्का अध्यक्ष राजबहादुर ऐर, भारत, उत्तर प्रदेशस्थित दुदुवा नेशनल टाइगर रिजर्भ(दुदुवा राष्ट्रिय निकुञ्ज) का वन अधिकारी धर्मेन्द्र द्विवेदी, प्रहरी निरीक्षक अवधेशकुमार यादवलगायतले वनपैदावार तथा वन्यजन्तुको चोरीसिकारी रोकथामका विषयमा बोलेका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending