Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बेइजिङ्गमा देवकोटा साहित्य प्रर्दशनी हुने

\"Devkota\"काठमाडौं । चीनको राजधानी बेइजिङ्गमा्मा भाद्र २२ र २३ का दिन नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र लेखनबारे दुई दिने बृहत् प्रदर्शनीको आयोजना हुने भएको छ । प्रदर्शनीमा देवकोटाको जीवन र लेखनलाई उजागर गर्ने करिब ४० वटा फ्लेक्स ब्यानर, देवकोटाद्वारा रचित ३ दर्जन पुस्तक, देवकोटामाथि लेखिएका समालोचना ग्रन्थ र पत्रपत्रिकाका विशेषाङ्क करिब ५० थान, देवकोटाको जीवनका विविध आयाम झल्कने २३ वटा चित्र कलाकृति तथा देवकोटाको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन गरिने छ । प्रदर्शनीका लागि, बेइजिङ्स्थित बेइजिङ् लुसुन सङ्ग्राहालयको निमन्त्रणमा नेपाली संस्था देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानको प्रतिनिधिमण्डल २० भाद्रका दिन बेइजिङ्तर्फ प्रस्थान गर्दैछ । प्रतिष्ठानका अध्यक्ष समालोचक निनु चापागाइँले नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा साहित्यकारहरू रामबाबु सुवेदी, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाई, मातृका पोखरे र महेश पौड्याल र गायक जीवन शर्मा रहनेछन् । प्रदर्शनीमा नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापनाको साठी वर्ष पुरा भएको उपलक्ष्यमा दुई देशका आपसी सम्बन्धबारे पनि छलफल कार्यक्रम राखिएको छ । प्रदर्शनीको दोस्रो दिन देवकोटा तथा प्रसिद्ध चिनिया लेखक लुसुनबारे अन्तर्राष्ट्रिय विचार गोष्ठी पनि हुने भएको छ, जसमा चिनिया विद्वानहरूका साथै नेपालको तर्फबाट समालोचक निनु चापागाइँ र कवि रामबाबु सुवेदीले कार्यपत्र प्रस्तुत गर्नेछन् । भाद्र २४ का दिन बेइजिङकै रेन्मिन विश्वविद्यालयमा हुने एक कार्यक्रममा समालोचकहरू निनु चापागाइँ र महेश पौड्यालले विश्वविद्यालयका विद्यार्थीहरूलाई सम्बोधन गर्दै नेपाली साहित्यका विविध पक्षहरू बारे धारणा राख्ने कार्यक्रम छ । प्रतिनिधिमण्डल भाद्र २७ का दिन काठमाडौँ फर्कने देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending