Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

६० केजी सुन तस्करी गर्ने समहुले नै गरेको थियो ३३ सय केजी सुन तस्करी

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० केजी सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

सिआइबीले यसअघि पहिलो चरणमा पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध तीन अर्ब ३० करोड ३० लाख रुपियाँ बिगो तथा जरिबानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । 

दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको सिआईबीका प्रवक्ता होविन्द्र बोगटीले  जानकारी दिए ।  २०८० साउन २ गते हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्रिएको स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । 

तस्करीको सुन गलाउने र विभिन्न आकारमा बनाई ओसारपसार गर्ने मुख्य योजनाकार भारत गुजरातका बैजनाथ महादत्त गोयललाई गत वैशाख २१ गते पक्राउ गरी सिआइबीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो ।

सिआइबीले हालसम्म गरेको अनुसन्धानमा बरामद भएको सुनबाहेक यही समूह र कम्पनीमार्फत आयात गरी सुन निकालेको अवस्थामा बरामद गरेको ‘ब्रेक सु’ का खाली डिब्बा, विद्युतीय सिगरेट (भेप)को ब्याट्रीभित्र लुकाएर ल्याएको तस्करीको सुनलगायत पानी तान्ने पम्प, स्मार्ट घडी, बिजुलीबाट चल्ने दारी काट्ने मेसिनलगायत सामानभित्र लुकाएर विमानस्थलबाटै झन्डै तीन हजार तीन सय केजी सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको छ । 

दोस्रो चरणको अनुसन्धानमा भारतीय नागरिकहरू बैजनाथ महादत्त गोयल, प्रशान्त गणेश वजवलकर, सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेशवैट, पर्सा वीरगन्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रूपक भण्डारी, काठमाडौँ–७ का प्रज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङ पक्राउ परेका हुन् । 

पक्राउ परेका थप २० जनाविरुद्ध तयार अनुसन्धान प्रतिवेदन यसै साता जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापन गर्न योजनाबद्ध रूपमा काम गरेका रहेका छन् । 

तस्करीमा कसको भूमिका के ?

सिआइबीका वैशाख २१ गते पक्राउ गरेको बैजनाथ महादत्त गोयलले ब्रेक सु, भेपलगायत विभिन्न माध्यमबाट तस्करीका रूपमा नेपाल भित्रिएको सुनलाई गलाउने र विभिन्न आकारमा तयार गर्ने गरेको खुलेको छ । सुरेन्द्रमान श्रेष्ठले तस्करीको सुन नेपाल–भारत सीमा कटाउने, प्रशान्त गणेश वजवलकरले तस्करीको सुन विभिन्न पसलमा पु¥याएर बिक्री गर्ने गरेको खुलेको छ । अशोक गायववाड र धीरज दिनेश वैटेले तस्करीको सुनको भुक्तानी लेनदेन गरेको पाइएको छ । पक्राउ परेका कान्छा लामाले सुनको भरियाका रूपमा एक तस्करबाट अर्कोसम्म पु¥याउने गरेको अनुसन्धानबाट खुलेको छ । 

तस्करी र हुन्डीको सारथि ‘पेवेल’

६० केजी सुन तस्करी प्रकरणमा सिआइबीले गरेको दोस्रो चरणको अनुसन्धानमा तस्करीको रकम बैङ्किङ भुक्तानी ‘पेवेल’ ‘सजिलो पे’ मार्फत हुने गरेको खुलेको छ । पक्राउ परेका पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिनासहित, सिइओ प्रज्वल आचार्य र सुरजशमशेर जबरा तथा सजिलो पे पेमेन्टका सञ्चालक सुशील जाकिबन्जा र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र प्रमुख कार्यकारी कश्यप मानन्धरमार्फत एक खर्ब आठ अर्ब रुपियाँ बराबरको आर्थिक कारोबारमध्ये ९० प्रतिशतभन्दा बढी रकम सुन तस्करीमा प्रयोग भएको खुलेको छ । 

पेवेल र सजिलो पेमार्फत अस्ट्रेलिया, युरोप र अमेरिकाबाट पठाएको विदेशी मुद्रा नेपाल आउनुपर्नेमा सो रकम हुन्डीका रूपमा प्रयोग गरी जम्मा भएको रकम तस्करीका लागि सुन खरिद गर्न ‘युएसडिटी’ मार्फत सिधै हङ्कङमा भुक्तानी गर्ने र सुन तस्करीबापत नेपालमा जम्मा हुने रकम सजिलो पे तथा पेवेलका प्राप्तकर्तासम्म पु¥याउने गरेको खुलेको छ ।

प्रतिवादीलाई अवैध सुन चोरी पैठारी, सङ्गठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका साथै एकसाथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय मागदाबी गर्ने तयारी भइरहेको सिआइबीले जनाएको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending