Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

६० केजी सुन तस्करी गर्ने समहुले नै गरेको थियो ३३ सय केजी सुन तस्करी

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० केजी सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

सिआइबीले यसअघि पहिलो चरणमा पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध तीन अर्ब ३० करोड ३० लाख रुपियाँ बिगो तथा जरिबानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । 

दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको सिआईबीका प्रवक्ता होविन्द्र बोगटीले  जानकारी दिए ।  २०८० साउन २ गते हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्रिएको स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । 

तस्करीको सुन गलाउने र विभिन्न आकारमा बनाई ओसारपसार गर्ने मुख्य योजनाकार भारत गुजरातका बैजनाथ महादत्त गोयललाई गत वैशाख २१ गते पक्राउ गरी सिआइबीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो ।

सिआइबीले हालसम्म गरेको अनुसन्धानमा बरामद भएको सुनबाहेक यही समूह र कम्पनीमार्फत आयात गरी सुन निकालेको अवस्थामा बरामद गरेको ‘ब्रेक सु’ का खाली डिब्बा, विद्युतीय सिगरेट (भेप)को ब्याट्रीभित्र लुकाएर ल्याएको तस्करीको सुनलगायत पानी तान्ने पम्प, स्मार्ट घडी, बिजुलीबाट चल्ने दारी काट्ने मेसिनलगायत सामानभित्र लुकाएर विमानस्थलबाटै झन्डै तीन हजार तीन सय केजी सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको छ । 

दोस्रो चरणको अनुसन्धानमा भारतीय नागरिकहरू बैजनाथ महादत्त गोयल, प्रशान्त गणेश वजवलकर, सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेशवैट, पर्सा वीरगन्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रूपक भण्डारी, काठमाडौँ–७ का प्रज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङ पक्राउ परेका हुन् । 

पक्राउ परेका थप २० जनाविरुद्ध तयार अनुसन्धान प्रतिवेदन यसै साता जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापन गर्न योजनाबद्ध रूपमा काम गरेका रहेका छन् । 

तस्करीमा कसको भूमिका के ?

सिआइबीका वैशाख २१ गते पक्राउ गरेको बैजनाथ महादत्त गोयलले ब्रेक सु, भेपलगायत विभिन्न माध्यमबाट तस्करीका रूपमा नेपाल भित्रिएको सुनलाई गलाउने र विभिन्न आकारमा तयार गर्ने गरेको खुलेको छ । सुरेन्द्रमान श्रेष्ठले तस्करीको सुन नेपाल–भारत सीमा कटाउने, प्रशान्त गणेश वजवलकरले तस्करीको सुन विभिन्न पसलमा पु¥याएर बिक्री गर्ने गरेको खुलेको छ । अशोक गायववाड र धीरज दिनेश वैटेले तस्करीको सुनको भुक्तानी लेनदेन गरेको पाइएको छ । पक्राउ परेका कान्छा लामाले सुनको भरियाका रूपमा एक तस्करबाट अर्कोसम्म पु¥याउने गरेको अनुसन्धानबाट खुलेको छ । 

तस्करी र हुन्डीको सारथि ‘पेवेल’

६० केजी सुन तस्करी प्रकरणमा सिआइबीले गरेको दोस्रो चरणको अनुसन्धानमा तस्करीको रकम बैङ्किङ भुक्तानी ‘पेवेल’ ‘सजिलो पे’ मार्फत हुने गरेको खुलेको छ । पक्राउ परेका पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिनासहित, सिइओ प्रज्वल आचार्य र सुरजशमशेर जबरा तथा सजिलो पे पेमेन्टका सञ्चालक सुशील जाकिबन्जा र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र प्रमुख कार्यकारी कश्यप मानन्धरमार्फत एक खर्ब आठ अर्ब रुपियाँ बराबरको आर्थिक कारोबारमध्ये ९० प्रतिशतभन्दा बढी रकम सुन तस्करीमा प्रयोग भएको खुलेको छ । 

पेवेल र सजिलो पेमार्फत अस्ट्रेलिया, युरोप र अमेरिकाबाट पठाएको विदेशी मुद्रा नेपाल आउनुपर्नेमा सो रकम हुन्डीका रूपमा प्रयोग गरी जम्मा भएको रकम तस्करीका लागि सुन खरिद गर्न ‘युएसडिटी’ मार्फत सिधै हङ्कङमा भुक्तानी गर्ने र सुन तस्करीबापत नेपालमा जम्मा हुने रकम सजिलो पे तथा पेवेलका प्राप्तकर्तासम्म पु¥याउने गरेको खुलेको छ ।

प्रतिवादीलाई अवैध सुन चोरी पैठारी, सङ्गठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका साथै एकसाथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय मागदाबी गर्ने तयारी भइरहेको सिआइबीले जनाएको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending