Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

भोजपुरको पौवादुङमाले २ सय उन्नत गाई वितरण गर्ने

खबरडबली संवाददाता

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले दूधमा आत्मानिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न दुई सय उन्नत जातका गाईका बाछी वितरण गर्ने भएको छ । गाउँपालिकाले १५ औँ गाउँसभामा आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो कार्यक्रम अघि सारेको हो ।

आगमी आर्थिक वर्षमा गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँग सहकार्यमा उन्नत जातको गाईको बाछी वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए ।

यो कार्यक्रम सञ्चलानको लागि गाउँपालिकाले ६० लाख बजेट विनियोजन गरेको उनको भनाइ छ । पशुपालनबाट किसानलाई आयआर्जनमा जोड्न पशु शाखाबाट घाँस खेती कार्यक्रम ल्याइएकोसमेत उनको भनाइ छ ।

‘दूग्ध मिसन कार्यक्रम अन्तर्गत हामीले उन्नत जातको गाई वितरण कार्यक्रमलाई जोड दिएका छौँ’प्रशासकीय अधिकृत भट्टराईले भने,‘यो कार्यक्रम अन्तर्गत किसानहरुसँगको लागत साझेदारीमा दुई सय वटा उन्नत जातका गाईका बाछी वितरण गर्ने लक्ष्य रहेको छ ।’

यो कार्यक्रम वडा नं १ श्यामशिला, वडा नं २ तिवारीभञ्याङ र वडा नं ३ च्याङ्गेमा सञ्चालन गरिने उनको भनाइ छ । त्यस्तै वडा नं ४ मा अकबरे खुर्सानी र वडा नं ५ र ६ मा व्यवसायिक बाख्रापालनलाई जोड दिइएको उनले बताए ।

गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाएर किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाईको बाछी वितरणका कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

‘गाउँपालिकाले दूग्ध जन्य उत्पादनमा जोड दिएको छ’ अध्यक्ष राईले भने,‘यस अघि हामीले किसानलाई उन्नत जातको भैंसी दिएका थियौँ । यो कार्यक्रम सफल भएको छ । यस पटक हामीले उन्नत जातको गाई वितरणको कार्यक्रम अघि सारेका छौँ । किसानलाई आयआर्जनमा जोड्दै गाउँपालिकालाई दूधमा आत्मभिर्नर बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’

उत्पादित दूधको बजारीकरणमासमेत गाउँपालिकाले भूमिका खेल्ने उनको भनाइ छ । गाउँपालिकाले सामुहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अध्यक्ष राईले बताए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास भईरहेको अध्यक्ष राईको भनाइ छ ।

‘हाम्रो गाउँपालिकामा धेरै कृषियोग्य तथा पशुपालनको लागि उपयुक्त भूगोल छन्’अध्यक्ष राईले भने,‘खास गरेर बाँझो जमिन सदुपयोग गर्ने र सामुहिक खेतीमा लाग्नेहरुलाई प्रोत्साहनको नीति लिएका छौँ ।’

गाउँपालिकाले कृषीमा बहुवर्षिय बालीहरुमा ९एभोकाडो, किवी, चिउरी० खेती प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ छ । त्यस्तै व्यवसायिक तरकारी तथा अकबरे खुर्सानी खेतीमा लागेका किसानलाई गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष राईले बताए ।

गाउँपालिकाले कृषकहरुसँगको लागत साझेदारीमा फलफूल बगैंचा विकास तथा एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उपाध्यक्ष ज्योत्सना राईले बताइन् । महिला बिकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमबाट महिलाहरुलाई लक्षित गरेर कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

गाउँपालिकाले यस अघिका वर्षमा किसानहरुलाई १३ वटा उन्नत जातको भैंसी र रागो वितरण गरेको थियो । यो गाउँपालिका कार्यसम्पादन मुल्याङकनमा जिल्लामा पहिलो स्थानीय तह पनि हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि कुल रु। ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट ल्याएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...

देवानगञ्जमा गृहमन्त्रीको पर्खाइ : ‘पीए’ पुग्दा स्थानीयले भने– मन्त्री नै आउनुपर्छ

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...

भारतीय नागरिकलाई कुटपिट, जबर्जस्ती बिल तिराएको आरोपमा दुई पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...

देशभर सडक संकट, रातिको यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...

कपिलवस्तुमा अर्को सडक दुर्घटना, टिपरले पैदलयात्रीलाई किच्यो

काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...

आजको तरकारी बजार : गोलभेँडा ५० रुपैयाँ, प्याज ५७, काउली १२० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...

स्वास्थ्य मन्त्रालयको ‘शून्य सहनशीलता’ नीति : स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न कानुन कडा बनाइँदै

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...

बागमती सरकारको साँचो राप्रपासँग, सातै प्रदेशमा सत्ता साझेदारी नभए समर्थन नदिने संकेत

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending