Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

हराउन थाल्यो राडीपाखी बुन्ने चलन

खबरडबली संवाददाता

कालीकोट । कालीकोटमा भेडाबाख्राको ऊनबाट राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा पुगेको छ । भेडाबाख्रापालनमा कमीआएसँगै राडीपाखी बुन्ने चलन पनि यहाँका बासिन्दाले बिस्तारै छाड्दै गएका हुन् ।

तिलागुफा नगरपालिका–५ फोइमहादेवका राजु कार्कीले समय बढी लाग्ने तर आम्दानी कम हुने भएपछि राडीपाखी बुन्ने चलन हराउन थालेको बताए । “ भेडाबाख्रा पाल्ने चलन हराउँदै जाँदा राडीपाखी बुन्ने चलन पनि हराउन थालेको हो । भेडाबाख्राको ऊन उत्पादनमा धेरै समय लाग्छ । आम्दानी कम हुँदा राडीपाखी बुन्न चलन हराउन थालेको हो ।”

एउटा राडीपाखी बुन्न दुई सातासम्म समय लाग्ने गरेको समय खर्चका हिसाबले खर्चिलो भएका कारणले राडीपाखी बुन्ने चलन हराउन थालेको नरहरिनाथ गाउँपालिका–५ रुप्साका दयाराम सहकारीले बताए । “राडीपाखी, लिउ वा फेरुवा जे बेचे पनि एउटा बेचेवापत झण्डै एक हजारभन्दा बढी फाइदा हुँदैन”, उनले भने, “एउटा राडीपाखी, लिउ फेरुवा तीन हजार पाँच सयदेखि चार हजार पाँच सयसम्म बिक्री हुन्छ ।”

अहिलेको रङ्गीन गलैँचा एक हजार पाँच सयमा बजार पाउने गरेको र गाउँमा बनेका राडीपाखीको चार हजार पाँच सयमा राडीपाखी बिक्री नहुँदा अहिले बजारको समस्या भएको पचालझरना गाउँपालिका–७ नानीकोटका रामबहादुर शाहीले बताए । “पहिलापहिला धेरै भेडाबाख्रापालन गरेर त्यसैबाट राम्रो आम्दानी लिने चलन थियो”, उनले भने, “अहिले विगतका जस्तो भेडाबाख्रा पाल्ने चलन हराउँदै जाँदा राडीपाखी बुन्ने चलन पनि हराउँदै गयो ।”

भेडाबाख्रापालन व्यवसायमा कमी आएको पचालझरना गाउँपालिकाले अध्यक्ष देवजङ्ग शाहीले जानकारी दिए । “भेडाबाख्रा बहुउपयोगी पशुपालन हो । यसबाट कपडा र मासु पाइन्छ”, उनले भने, “भेडाबाख्रापालन व्यवसाय गर्ने किसानलाई प्राहोत्सनका लागि भत्ता व्यवस्था नगर्दा कमी आएको छ ।” 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending