धनगढी । सरकारले बाजुरा जिल्लावासीका लागि अनुदानमा उपलब्ध गराउने आयोडिनयुक्त नुन कैलाली र कञ्चनपुरमा तस्करी हुने गरेको छ । बाजुरावासीका लागि छुट्याइएको कोटाको १० प्रतिशत नुन तस्करी हुने गरेको बताइन्छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराका प्रमुख टेकबहादुर बोहराले नुन तस्करी हुने कुरा घुमाउरो तरिकाले स्वीकार गरे । “विगतमा तराईका जिल्लामा बाजुराको नुन जाने गरेको साँचो हो तर अहिले जिल्लाबाहिर नदिनका लागि अनुगमन गर्ने गरेका छौँ,” उनले भने।
साल्ट ट्रेडिङको बिक्री केन्द्रबाट घरका लागि भनेर लाने, त्यसपछि तराईका जिल्लामा पठाउने गरेको थाहा पाएपछि अहिले कडाइ गरेको जानकारी पनि उनले बताए । साल्ट ट्रेडिङका प्रदेश कार्यालय, धनगढीका सहायक प्रबन्धक तेजबहादुर कुँवरले भने नुन तस्करीको कुरा आफूले नसुनेको बताए ।
उनले भने,“बाजुराबाट धनगढी फर्किंदा कुनै सर्वसाधारण वा कर्मचारीले त्यसरी नुन ल्याएको हुन सक्छ तर तस्करी नै हुन्छ भन्ने कुरा होइन । नेपाल–भारत सरकारको सहयोगमा साल्ट ट्रेडिङमार्फत ढुवानी अनुदानमा बाजुरामा आयोडिनयुक्त भानु नुन प्रतिकिलो नौ रुपियाँमा बिक्री हुने गरेको छ ।
कैलाली र कञ्चनपुरमा सोही गुणस्तरको आयो नुन २० रुपियाँ पर्ने भएकाले भानु नुन तराईका जिल्लामा ल्याउने गरेको बताइन्छ । दोहोरो बसाइ भएकाले बाजुराबाट तराईका कैलाली, कञ्चनपुर जिल्लामा भानु नुन लैजाने गरिएको जिल्लावासी बताउँछन् ।
बाजुरामा अहिले आयोडिनयुक्त भानु नुनको चरम अभाव देखिन थालेको छ । डिपोबाट नुन किनेर पसलबाट बिक्री वितरण गर्ने गरेको पाइएको छ । नुनको अभाव भएपछि अहिले साताको एक पटक मात्रै नुन बिक्री वितरण गर्ने गरिएको छ । एक जनालाई पाँच केजीका दरले साताको एक पटक बिक्री गर्ने गरेको हुँदा नुन किन्नेको भिड लाग्ने गरेको नुन डिपो कार्यालयले जनाएको छ । प्रहरीको सुरक्षासहित नुन बिक्री वितरण गर्ने गरेको साल्ट ट्रेडिङका जिल्ला प्रमुख बोहराले बताए । यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - ०९:३२
काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...
चैत्र ३ गते, २०८२ - ०९:२८
चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...
चैत्र ३ गते, २०८२ - ०७:५२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...
चैत्र ३ गते, २०८२ - ०७:४३
काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...
चैत्र ३ गते, २०८२ - ०७:३९
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...
चैत्र ३ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...
चैत्र ३ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...
चैत्र ३ गते, २०८२ - ०७:२२
म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...
चैत्र ३ गते, २०८२ - ०७:२१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...
चैत्र ३ गते, २०८२ - ०७:१६
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...


प्रतिकृया लेख्नुहोस्: