धनगढी । सरकारले बाजुरा जिल्लावासीका लागि अनुदानमा उपलब्ध गराउने आयोडिनयुक्त नुन कैलाली र कञ्चनपुरमा तस्करी हुने गरेको छ । बाजुरावासीका लागि छुट्याइएको कोटाको १० प्रतिशत नुन तस्करी हुने गरेको बताइन्छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराका प्रमुख टेकबहादुर बोहराले नुन तस्करी हुने कुरा घुमाउरो तरिकाले स्वीकार गरे । “विगतमा तराईका जिल्लामा बाजुराको नुन जाने गरेको साँचो हो तर अहिले जिल्लाबाहिर नदिनका लागि अनुगमन गर्ने गरेका छौँ,” उनले भने।
साल्ट ट्रेडिङको बिक्री केन्द्रबाट घरका लागि भनेर लाने, त्यसपछि तराईका जिल्लामा पठाउने गरेको थाहा पाएपछि अहिले कडाइ गरेको जानकारी पनि उनले बताए । साल्ट ट्रेडिङका प्रदेश कार्यालय, धनगढीका सहायक प्रबन्धक तेजबहादुर कुँवरले भने नुन तस्करीको कुरा आफूले नसुनेको बताए ।
उनले भने,“बाजुराबाट धनगढी फर्किंदा कुनै सर्वसाधारण वा कर्मचारीले त्यसरी नुन ल्याएको हुन सक्छ तर तस्करी नै हुन्छ भन्ने कुरा होइन । नेपाल–भारत सरकारको सहयोगमा साल्ट ट्रेडिङमार्फत ढुवानी अनुदानमा बाजुरामा आयोडिनयुक्त भानु नुन प्रतिकिलो नौ रुपियाँमा बिक्री हुने गरेको छ ।
कैलाली र कञ्चनपुरमा सोही गुणस्तरको आयो नुन २० रुपियाँ पर्ने भएकाले भानु नुन तराईका जिल्लामा ल्याउने गरेको बताइन्छ । दोहोरो बसाइ भएकाले बाजुराबाट तराईका कैलाली, कञ्चनपुर जिल्लामा भानु नुन लैजाने गरिएको जिल्लावासी बताउँछन् ।
बाजुरामा अहिले आयोडिनयुक्त भानु नुनको चरम अभाव देखिन थालेको छ । डिपोबाट नुन किनेर पसलबाट बिक्री वितरण गर्ने गरेको पाइएको छ । नुनको अभाव भएपछि अहिले साताको एक पटक मात्रै नुन बिक्री वितरण गर्ने गरिएको छ । एक जनालाई पाँच केजीका दरले साताको एक पटक बिक्री गर्ने गरेको हुँदा नुन किन्नेको भिड लाग्ने गरेको नुन डिपो कार्यालयले जनाएको छ । प्रहरीको सुरक्षासहित नुन बिक्री वितरण गर्ने गरेको साल्ट ट्रेडिङका जिल्ला प्रमुख बोहराले बताए । यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: