Ntc summer Offer
Khabar Dabali ९ माघ २०८१ बुधबार | 22nd January, 2025 Wed
Investment bank

३३ सय केजी सुन तस्करी, कसको देखियो कनेक्सन ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६० केजी सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ । सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको जानकारी दिए । 

यसअघि पहिलो चरणमा पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध तीन अर्ब ३० करोड ३० लाख रुपियाँ बिगो तथा जरिबानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । २०८० साउन २ गते हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्रिएको स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । 

तस्करीको सुन गलाउने र विभिन्न आकारमा बनाई ओसारपसार गर्ने मुख्य योजनाकार भारत गुजरातका बैजनाथ महादत्त गोयललाई गत वैशाख २१ गते पक्राउ गरी सिआइबीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो ।

सिआइबीले हालसम्म गरेको अनुसन्धानमा बरामद भएको सुनबाहेक यही समूह र कम्पनीमार्फत आयात गरी सुन निकालेको अवस्थामा बरामद गरेको ‘ब्रेक सु’ का खाली डिब्बा, विद्युतीय सिगरेट (भेप) को ब्याट्रीभित्र लुकाएर ल्याएको तस्करीको सुनलगायत पानी तान्ने पम्प, स्मार्ट घडी, बिजुलीबाट चल्ने दारी काट्ने मेसिनलगायत सामानभित्र लुकाएर विमानस्थलबाटै झन्डै तीन हजार तीन सय केजी सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको छ । 

दोस्रो चरणको अनुसन्धानमा भारतीय नागरिकहरू बैजनाथ महादत्त गोयल, प्रशान्त गणेश वजवलकर, सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेशवैट, पर्सा वीरगन्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रूपक भण्डारी, काठमाडौँ–७ का प्रज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङ पक्राउ परेका हुन् । 

पक्राउ परेका थप २० जनाविरुद्ध तयार अनुसन्धान प्रतिवेदन यसै साता जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापन गर्न योजनाबद्ध रूपमा काम गरेका रहेका छन् । 

कसको भूमिका के ?

सिआइबीका वैशाख २१ गते पक्राउ गरेको बैजनाथ महादत्त गोयलले ब्रेक सु, भेपलगायत विभिन्न माध्यमबाट तस्करीका रूपमा नेपाल भित्रिएको सुनलाई गलाउने र विभिन्न आकारमा तयार गर्ने गरेको खुलेको छ । सुरेन्द्रमान श्रेष्ठले तस्करीको सुन नेपाल–भारत सीमा कटाउने, प्रशान्त गणेश वजवलकरले तस्करीको सुन विभिन्न पसलमा पु¥याएर बिक्री गर्ने गरेको खुलेको छ । 

अशोक गायववाड र धीरज दिनेश वैटेले तस्करीको सुनको भुक्तानी लेनदेन गरेको पाइएको छ । पक्राउ परेका कान्छा लामाले सुनको भरियाका रूपमा एक तस्करबाट अर्कोसम्म पु¥याउने गरेको अनुसन्धानबाट खुलेको छ । 

तस्करी र हुन्डीको सारथि ‘पेवेल’

६० केजी सुन तस्करी प्रकरणमा सिआइबीले गरेको दोस्रो चरणको अनुसन्धानमा तस्करीको रकम बैङ्किङ भुक्तानी ‘पेवेल’ ‘सजिलो पे’ मार्फत हुने गरेको खुलेको छ । पक्राउ परेका पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिनासहित, सिइओ प्रज्वल आचार्य र सुरजशमशेर जबरा तथा सजिलो पे पेमेन्टका सञ्चालक सुशील जाकिबन्जा र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र प्रमुख कार्यकारी कश्यप मानन्धरमार्फत एक खर्ब आठ अर्ब रुपियाँ बराबरको आर्थिक कारोबारमध्ये ९० प्रतिशतभन्दा बढी रकम सुन तस्करीमा प्रयोग भएको खुलेको छ । 

पेवेल र सजिलो पेमार्फत अस्ट्रेलिया, युरोप र अमेरिकाबाट पठाएको विदेशी मुद्रा नेपाल आउनुपर्नेमा सो रकम हुन्डीका रूपमा प्रयोग गरी जम्मा भएको रकम तस्करीका लागि सुन खरिद गर्न ‘युएसडिटी’ मार्फत सिधै हङ्कङमा भुक्तानी गर्ने र सुन तस्करीबापत नेपालमा जम्मा हुने रकम सजिलो पे तथा पेवेलका प्राप्तकर्तासम्म पु¥याउने गरेको खुलेको छ ।  

प्रतिवादीलाई अवैध सुन चोरी पैठारी, सङ्गठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका साथै एकसाथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय मागदाबी गर्ने तयारी भइरहेको सिआइबीले जनाएको छ ।  यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सशस्त्र प्रहरीद्वारा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

पर्सा । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ। सशस्त्र प्रहरीले सक्र...

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् ।  राष्ट्रपति पौडेलले आ...

ट्रम्पको कारोबारी विदेश नीतिले नेपाललाई पनि प्रभाव पार्नसक्छ ?

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि शपथग्रहण गर्न लाग्दा 'कारोबारी प्रकृतिको' उनको विदेश नीतिका विभ...

कमाउन साउदी गएका देवराज ह्वीलचियरमा फर्किए

दुःख सुनाउँदै भन्छन्- विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ

कालीमाटीमा काउलीको मूल्य किलोको १२ मात्रै, अरुको कति ? (सूचीसहित)

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आज (मङ्गलबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलक...

जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही माघ १९ र २० गते पार्टी केन्द्रीय कार्यालय बालकु...

आजको मौसम- दुई प्रदेशमा हिमपातको सम्भावना, अन्यमा कस्तो रहन्छ ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्का हिमपात हुन सक्ने जनाएको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव...

६ महिनामा दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–प...

एमालेको सचिवालय बैठक बस्दै, वामदेव गौतमलाई दिने जिम्मेवारीबारे निर्णय लिनसक्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बेलुका चार बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।  पुस तेस्रो साता बसेक...

एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री

त्रिवेणी । रूकुम-पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy