Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड

खबरडबली संवाददाता

चितवन । चितवनकाे भरतपुर महानगरपालिकाको सोमबारदेखि सुरु भएको नगरसभा तथा १५ औं अधिवेशनमा नगरप्रमुख रेनु दाहालले १९० बुँदे नीति तथा कार्यक्रम पेस गरेकी छन् ।

त्यसैगरी उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष ०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेका छन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा थोरै बढी हो । 

गत वर्षको नगर सभामा आर्थिक वर्ष ०८०/८१ का लागि ६ अर्ब ४८ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट पेस भएको थियो । आउँदो आर्थिक वर्षका लागि आन्तरिक आय १ अर्ब ८० करोड रुपैयाँ हुने अनुमान बजेटमा छ । आन्तरिक आयमा घरजग्गा रजिस्ट्रेसन र खानी तथा खनिजजन्य पदार्थबाट प्राप्त हुने आयसमेत समावेश गरेको उपप्रमुख चित्रसेन अधिकारीले बजेट भाषणमा सुनाए ।

चालु आर्थिक वर्षमा १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान गत वर्षको बजेट भाषणमा गरिएको थियो । तर असार पहिलो हप्तासम्ममा एक अर्ब १९ करोड २७ लाख अर्थात अनुमानको ६८ प्रतिशत मात्रै आन्तरिक आय भएको उपप्रमुख अधिकारीले बताए । असार मसान्तसम्म १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक आम्दानी हुन सक्ने सम्भावना रहेको उनले बताए ।

महानगरले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एव बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न सवैभन्दा धेरै एक अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि तीन अर्ब ७६ करोड ६५ लाख रुपैयाँ विनियोजन भएकोमा असार पहिलो हप्तासम्म १ अर्ब ३४ करोड ८५ लाख अर्थात ३६ प्रतिशतको हाराहारीमा मात्रै खर्च भएको छ ।

महानगरपालिकाले ठूला तथा रणनैतिक महत्त्व तथा गौरवपूर्ण पूर्वाधारका लागि १२ करोड रुपैयाँ, मेयर विपन्न आवास, सार्वजनिक शौचालय, हरियाली नमुना सडक, खुला व्यायामशाला जस्ता कार्यक्रमका लागि १४ करोड रुपैयाँ विनियोजन गरेको छ । कृषिका लागि ६ करोड रुपैयाँ र पशु विकासका लागि ७ करोड रुपैयाँ छुट्याएको छ । महानगरले दूधमा प्रतिलिटर ३ रुपैयाँ र माछा पालनमा विद्युत् महसुलमा ५० फ्रतिशत अनुदान दिन्छ ।

महानगरले शिक्षाका लागि ११ करोड रुपैयाँ विनियोजन गरेको छ । कला र संस्कृतिको संवर्धनका लागि कला गृह ९आर्ट ग्यालरी० निर्माण गर्न सम्भाव्यता अध्ययनका लागि चार लाख रुपैयाँ विनियोजन गरेको छ । गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि संघ, प्रदेश र भरतपुरले साझोदारी गर्ने मेयर रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरले यसका लागि चार करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर रेनु दाहालले ‘व्यवस्थित पूर्वाधार, समृद्धिको आधार’ भन्ने अवधारणाबमोजिम भरतपुर महानगरपालिकालाई ‘समृद्ध, स्वचछ, सफा र हरियालीयुक्त र सुरक्षित महानगर’का रूपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तर्जुमा गरी दिगो र आत्मनिर्भर पूर्वाधार बनाउने बताइन् । सडक कालोपत्रसँगै सतह ढल निर्माणको नीति लिने उनले बताइन् ।

हरित ऊर्जा खपत, पेट्रोलियम पदार्थको बचत भन्ने नीतिअनुरूप विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहित गर्ने, भरतपुरको केन्द्रीय बसपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा आएको तथा रामनगरमा देशकै ठूलो चार्जिङ स्टेसन बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । संघीय सरकारको सहयोगमा पुल्चोकमा नारायणी नदीमा नयाँ पुल बन्न लागेको र भरतपुर–२६ कावासोती जोड्न घोसरघाटमा नारायणी नदीमै अर्को पुल बनाउने कार्यक्रम छ ।

माडी जोड्न ध्रुवघाटमा राप्ती नदीमा थप पुल बनाउने र प्रदेश सरकारको लगानीमा भरतपुर–१६ र नवलपुर गैंडाकोट–१३ जोड्न नारायणी नदीमा अर्को पुल बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नारायणी लिफ्ट सिंचाइको नहरलाई बाह्रै महिना सञ्चालन गर्ने, राजस्व संकलन बढाउन विभिन्न नीति लिने, सम्पत्ति करको दरलाई नभएर दायरा बढाउने, पटिहानी, देवघाट, मेघौली, गोलाघाट क्षेत्रलाई चलचित्र छायांकन केन्द्रको रूपमा विकास गर्ने कार्यक्रम मेयर रेनु दाहालले प्रस्तुत गरेकी छन् । नगर सभा बुधबारसम्म चल्ने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...

देवानगञ्जमा गृहमन्त्रीको पर्खाइ : ‘पीए’ पुग्दा स्थानीयले भने– मन्त्री नै आउनुपर्छ

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...

भारतीय नागरिकलाई कुटपिट, जबर्जस्ती बिल तिराएको आरोपमा दुई पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...

देशभर सडक संकट, रातिको यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...

कपिलवस्तुमा अर्को सडक दुर्घटना, टिपरले पैदलयात्रीलाई किच्यो

काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...

आजको तरकारी बजार : गोलभेँडा ५० रुपैयाँ, प्याज ५७, काउली १२० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...

स्वास्थ्य मन्त्रालयको ‘शून्य सहनशीलता’ नीति : स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न कानुन कडा बनाइँदै

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...

बागमती सरकारको साँचो राप्रपासँग, सातै प्रदेशमा सत्ता साझेदारी नभए समर्थन नदिने संकेत

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending