Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड

खबरडबली संवाददाता

चितवन । चितवनकाे भरतपुर महानगरपालिकाको सोमबारदेखि सुरु भएको नगरसभा तथा १५ औं अधिवेशनमा नगरप्रमुख रेनु दाहालले १९० बुँदे नीति तथा कार्यक्रम पेस गरेकी छन् ।

त्यसैगरी उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष ०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेका छन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा थोरै बढी हो । 

गत वर्षको नगर सभामा आर्थिक वर्ष ०८०/८१ का लागि ६ अर्ब ४८ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट पेस भएको थियो । आउँदो आर्थिक वर्षका लागि आन्तरिक आय १ अर्ब ८० करोड रुपैयाँ हुने अनुमान बजेटमा छ । आन्तरिक आयमा घरजग्गा रजिस्ट्रेसन र खानी तथा खनिजजन्य पदार्थबाट प्राप्त हुने आयसमेत समावेश गरेको उपप्रमुख चित्रसेन अधिकारीले बजेट भाषणमा सुनाए ।

चालु आर्थिक वर्षमा १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान गत वर्षको बजेट भाषणमा गरिएको थियो । तर असार पहिलो हप्तासम्ममा एक अर्ब १९ करोड २७ लाख अर्थात अनुमानको ६८ प्रतिशत मात्रै आन्तरिक आय भएको उपप्रमुख अधिकारीले बताए । असार मसान्तसम्म १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक आम्दानी हुन सक्ने सम्भावना रहेको उनले बताए ।

महानगरले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एव बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न सवैभन्दा धेरै एक अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि तीन अर्ब ७६ करोड ६५ लाख रुपैयाँ विनियोजन भएकोमा असार पहिलो हप्तासम्म १ अर्ब ३४ करोड ८५ लाख अर्थात ३६ प्रतिशतको हाराहारीमा मात्रै खर्च भएको छ ।

महानगरपालिकाले ठूला तथा रणनैतिक महत्त्व तथा गौरवपूर्ण पूर्वाधारका लागि १२ करोड रुपैयाँ, मेयर विपन्न आवास, सार्वजनिक शौचालय, हरियाली नमुना सडक, खुला व्यायामशाला जस्ता कार्यक्रमका लागि १४ करोड रुपैयाँ विनियोजन गरेको छ । कृषिका लागि ६ करोड रुपैयाँ र पशु विकासका लागि ७ करोड रुपैयाँ छुट्याएको छ । महानगरले दूधमा प्रतिलिटर ३ रुपैयाँ र माछा पालनमा विद्युत् महसुलमा ५० फ्रतिशत अनुदान दिन्छ ।

महानगरले शिक्षाका लागि ११ करोड रुपैयाँ विनियोजन गरेको छ । कला र संस्कृतिको संवर्धनका लागि कला गृह ९आर्ट ग्यालरी० निर्माण गर्न सम्भाव्यता अध्ययनका लागि चार लाख रुपैयाँ विनियोजन गरेको छ । गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि संघ, प्रदेश र भरतपुरले साझोदारी गर्ने मेयर रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरले यसका लागि चार करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर रेनु दाहालले ‘व्यवस्थित पूर्वाधार, समृद्धिको आधार’ भन्ने अवधारणाबमोजिम भरतपुर महानगरपालिकालाई ‘समृद्ध, स्वचछ, सफा र हरियालीयुक्त र सुरक्षित महानगर’का रूपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तर्जुमा गरी दिगो र आत्मनिर्भर पूर्वाधार बनाउने बताइन् । सडक कालोपत्रसँगै सतह ढल निर्माणको नीति लिने उनले बताइन् ।

हरित ऊर्जा खपत, पेट्रोलियम पदार्थको बचत भन्ने नीतिअनुरूप विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहित गर्ने, भरतपुरको केन्द्रीय बसपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा आएको तथा रामनगरमा देशकै ठूलो चार्जिङ स्टेसन बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । संघीय सरकारको सहयोगमा पुल्चोकमा नारायणी नदीमा नयाँ पुल बन्न लागेको र भरतपुर–२६ कावासोती जोड्न घोसरघाटमा नारायणी नदीमै अर्को पुल बनाउने कार्यक्रम छ ।

माडी जोड्न ध्रुवघाटमा राप्ती नदीमा थप पुल बनाउने र प्रदेश सरकारको लगानीमा भरतपुर–१६ र नवलपुर गैंडाकोट–१३ जोड्न नारायणी नदीमा अर्को पुल बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नारायणी लिफ्ट सिंचाइको नहरलाई बाह्रै महिना सञ्चालन गर्ने, राजस्व संकलन बढाउन विभिन्न नीति लिने, सम्पत्ति करको दरलाई नभएर दायरा बढाउने, पटिहानी, देवघाट, मेघौली, गोलाघाट क्षेत्रलाई चलचित्र छायांकन केन्द्रको रूपमा विकास गर्ने कार्यक्रम मेयर रेनु दाहालले प्रस्तुत गरेकी छन् । नगर सभा बुधबारसम्म चल्ने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending