गोरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल (समाजवादी पार्टी) का अध्यक्ष डा।बाबुराम भट्टराईले बूढी गण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय आयोजनाकै रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आयोजनाको विद्यमान अवस्था जारी रहेमा आयोजनाको काम अलपत्र पर्न सक्ने खतरा रहेको बताए ।
उनले भने, “नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीबाट आयोजना बनाउन खोजिए बूढी गण्डकी बहुउद्देश्यीय आयोजनाका रूपमा बन्नै सक्दैन । प्राधिकरणको सहायक कम्पनीबाट बनाउने भनेको त हामीले कल्पना जुन बहुउद्देश्यीय आयोजनाको परिकल्पना गरेका छौँ, त्यो सम्भव छैन । यो विषयमा गोर्खाली जनताले पनि आवाज उठाउनुपर्छ ।”
बूढी गण्डकीलाई बहुउद्देश्यीय आयोजनाका रूपमा अगाडि बढाउन बूढी गण्डकी विकास प्राधिकरण गठन गरेको निर्माण गर्नुपर्नेमा उनले जोड दिए । “बूढी गण्डकी विकास प्राधिकरण गठन गरेर आयोजना निर्माण अगाडि बढाउन सकियो मात्र यो आयोजना राष्ट्रिय गौरवको आयोजनाका रुपमा बन्छ”, पूर्व प्रधानमन्त्री भट्टराईले भने, “नत्र हामीले परिकल्पना गरिएअनुसार आयोजना बन्नै सक्दैन ।”
उनले वर्तमान सरकारले पनि बूढी गण्डकी आयोजना निर्माणको काम अगाडि बढाउन नचाहेको समेत बताए । “मुख्य परियोजना बूढी गण्डकी परियोजना नै अलपत्र बन्दैछ”, पूर्वप्रधानमन्त्री भट्टराईले भने “प्रधानमन्त्री पुष्पकमल दाहाल नै कुनै न कुनै रुपमा नौ वर्षदेखि सत्तामा हुनुहुन्छ, चाहे आफ्नो नेतृत्वमा होस् वा अरूको नेतृत्वमा तर आयोजना पटक्कै अगाडि बढाएको देखिएन ।”
गोरखालाई विकास र समृद्धिको मोडलका रुपमा अगाडि बढाउनुपर्ने आफ्नो चाहाना रहेको भए पनि आगामी आर्थिक वर्ष २०८१र८२ का लागि केन्द्र सरकारले विनियोजन गरेको बजेटबाट उक्त सम्भावना नरहेको बताए । झट्ट हेर्दा गोरखामा बढी बजेट हालेको प्रचार भए पनि टुक्रे योजना मात्र परेको उनले बताए ।
“गोरखाको पश्चिम क्षेत्रलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने र सँगसँगै यहाँको ऐतिहासिक, सांस्कृतिक क्षेत्रलाई जोडेर धार्मिक पर्यटन तथा उत्तरी गोरखालाई साहसिक पर्यटनको जुन बढी सम्भावना छ”, उनले भने( “यसलाई मिलाएर एकीकृत पर्यटनको योजना बनाउने प्रस्ताव गरेको भए पनि कुनै पनि सरकारले काम गरेन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...
आषाढ़ २५ गते, २०८३ - १५:१४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले नेपालको स्थापित परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएका विषयमा सरक...
आषाढ़ २५ गते, २०८३ - १४:५६
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले ...
आषाढ़ २५ गते, २०८३ - १४:२९
काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन केही दिन बाँकी रहँदा सरकारले भुक्तानीको गति तीव्र बनाएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार बुध...
आषाढ़ २५ गते, २०८३ - १४:२४
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा निर्माण व...
आषाढ़ २५ गते, २०८३ - १४:१५
काठमाडौं । प्रतिपक्षी दलहरूको विरोध गर्ने शैलीबारे सभामुखले दिएको सुझावप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रश्न उठाएको छ। प्रधानमन्त्री बाल...
आषाढ़ २५ गते, २०८३ - १३:४२
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभा संसदीय दलका चार जना पदाधिकारीले प्रतिनिधि सभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बा...
आषाढ़ २५ गते, २०८३ - १३:३२
काठमाडौं । प्रतिनिधिसभाको १७ जेठमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकाल्दै सभामुखलाई प्राप्त विशेषाधिकार ...



प्रतिकृया लेख्नुहोस्: