Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

रुबी खानलगायतको अनशन र सहमतिबारे विवरण पठाउन आयोगको गृहलाई निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेकी निर्मला कुर्मीको घटनाका पीडितको न्याय प्राप्तिको विषयलाई लिएर बाँकेकै रुबी खान लगायतका महिलाहरुको समूहले काठमाडौँमा गरेको अनशन तथा प्रदर्शनको विषयमा गम्भीर ध्यानाकर्षण भएको भएको जनाएको छ ।

शुक्रबार आयोगका प्रवक्ता सहसचिव डा।टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै खानको अनसन र उनीसँग भएको सहमतिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । निर्मला कुर्मीको अपहरण तथा सम्पत्ति कब्जा भएको विषयमा न्याय प्राप्तिको मागसहित बाँकेकै रुबी खान लगायतको महिला समूहले २०७८ सालदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले निरन्तर अनुगमन गरिरहेको र सोही विषयमा आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जमा पर्न आएको उजुरी अनुसन्धानको क्रममा रहेको जानकारी पनि अयोगले गराएको छ ।

‘अनुगमनका क्रममा उक्त घटनाका सम्बन्धमा मिति २०७८-७-२ मा गृह मन्त्रालय अन्तर्गत छानवीन समिति गठन भएको र उक्त समितिको प्रतिवेदनमा दोषीलाई प्रकाउ गरी अनुसन्धान अघि बढाउन सिफारिश भएको जानकारी प्राप्त हुन आएको छ । यस अतिरिक्त सरकरी प्रतिनिधि र प्रदर्शनकारीबीच पूर्व सम्झौताहरु भएतापनि कार्यान्वयन हुन नसकेको देखिन आएको छ । पूर्व सिफारिश कार्यान्वयन समेतका माग राखी मिति २०८१-०२-२५ देखि रुबी खान काठमाडौँमा अनसनरत रहेको सन्दर्भमा वीर अस्पतालमा पुगी आयोगको टोलीले मिति २०८१-३-५ मा समेत अनुगमन गरी जानकारी लिएको छ’ गृह मन्त्रालयलाई आयोगले लेखेको पत्रमा भनिएको छ ‘उक्त घटनाको सम्बन्धमा प्रदर्शनकारी र गृह मन्त्रालयबीच भएका सम्झौताहरु एवं उल्लेखित प्रतिवेदनको कार्यान्वयनमा भएका प्रगतिबारे ७ दिन भित्र जानकारी उपलब्ध गराईदिन हुन नेपालको संविधानको धारा २४९ र राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ को दफा २१उपदफा १ बमोजिम अनुरोध छ’ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रमेश लेखक अदालतमा उपस्थित, ओलीलाई पनि आजै पेश गरिने

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ...

ओली र लेखकको रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता हुने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्द...

एमाले प्रदर्शनमा पक्राउ परेका एक जना फरार प्रतिवादी, अन्य ६ जना रिहा

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध भएको प्रदर्शनका क्रममा पक्राउ परेका एक जना फरार प्रतिवादी र...

ओली पक्राउको विरोधमा प्रदर्शन, सिंहदरबारको दक्षिण गेटबाट ७ जना पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...

देशभर २४ घण्टामा ३८ विपद्का घटना: तीन जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...

सरकारको दिनगन्ती सुरु भयो, भोलीबाट आन्दोलन थप सशक्त बनाउने महेश बस्नेतको चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...

सिंहदरबार आसपास क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...

ओली-लेखक पक्राउप्रति पूर्वराष्ट्रपति भण्डारीको आपत्ति, फिर्ता लिन आग्रह

काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...

प्रहरीको लाठीचार्जबाट एमाले कार्यकर्ता घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...

बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप, क्षेत्र तनावग्रस्त

काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending