Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

नक्सालमा सडकमुनि छोपिएको भैरव खुला गराइयो

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नक्सालमा सडकमुनि छोपिएको भैरवलाई गएको मंगलबार खुला गराइएको छ । नक्साल भगवतीको मन्दिरबाट नागपोखरीतर्फ जाँदा मध्य भाग (कमलपोखरीबाट प्रहरी प्रधान कार्यालय जाने सडक (सम मार्ग) को पनि मध्य भागमा नै पर्छ) मा चार ढुङ्गे (त्यङ्ग ठां) मा सवारी साधन गुड्ने कालोपत्रे सडक मुनि कमलको आसनमा भैरवको स्वरुप शिवलिङ्ग खुला गरिएको हो । त्यहाँ भेटिएका सिक्का तथा चुरा अध्ययनका लागि वडाले सुरक्षामा लिएको छ । 

करिब ४७ बर्ष छोपिएको भैरव खुला पाउँदा स्थानीयहरुले हर्ष प्रकट गरेका छन् । उनीहरुमध्ये पाको उमेरका मानिसहरु भन्दै थिए, ‘बाल्यकालमा खेल्दा खेल्दै देखेका देवता यत्तिका बर्षपछि फेरि देख्न पाइयो । खुशी छौँ ।’ स्थान खुला गराउँदा उनीहरुले भैरवको जय, भन्दै सुखानुभूति प्रकट गरेका थिए ।  

यसको स्थापनाका विषयमा स्थानीयहरु शंकराचार्य र अमर वाणाको तान्त्रिक युद्धको जनश्रुतिमा आधारित कथा सुनाउँछन् । यसको स्थापना, धार्मिक, सामाजिक सम्बन्धका विषयमा लेख, अभिलेख, शिलालेख वा तस्विर जस्ता प्रमाण प्राप्त हुन सकेको छैन । भैरव राखिएको खाडल, खाडलका प्रयोग भएको इटाको गारो, गारोका बिच बिचमा भएका खोपाहरुले भने प्राचीन कालमा यसको स्थापना भएको मान्न सकिन्छ । 

वडाध्यक्ष भरतलाल श्रेष्ठ भन्छन्, ‘लिखित प्रमाण छैन । पाका मानिसहरुले यो ठाउँका बारेमा जानकारी दिँदै, शंकराचार्य र अमर वाणाका बिचमा तान्त्रिक शक्तिका विषयमा भएको विवादले सिर्जना गरेको युद्धको कथा सुनाउँछन् ।’ 

लेखिएको कुरा भेटिएको छैन तर, यस ठाउँसँग अन्य ठाउँका देवी देवताको सम्बन्ध रहेको चलन अझै पनि छन् । वडा सदस्य रसला तण्डुकार भन्छिन्, ‘गएको जेठ ३ र ४ गते यहाँ पचली भैरवको नाच नचाइएको थियो । टेकुको पचली भैरवको जात्रा अहिले पनि धुमधाम चल्छ । पचलीको नाच नक्सालमा नचाउनुको धार्मिक, सांस्कृतिक र सामाजिक कारण खोज्ने हो भने अरु पनि लुकेका कारण खुल्न सक्छन् ।’

स्थानीय विक्रमदास मानन्धरका अनुसार यो करिव २०२४ सालतिर छोपिएको हो । त्यसअघिसम्म खाडलका चारतिर ढुङ्गाका थाम थिए । सहरीकरण बढ्दै गएर सडक साँघुरो महसुस भएपछि खाडलमाथि स्ल्याप राखेर पुरिएको हो । यसरी पुरिएको ठाउँमा एउटा सानो प्वाल राखिएको थियो । मानिसहरु त्यही प्वालबाट सिक्का चढाएर श्रद्धा अर्पण गर्ने गर्थे । 

पूर्ववडाध्यक्ष किरण श्रेष्ठ भन्छन्, ‘शंकराचार्य र वाणाको तान्त्रिक युद्धमा वाणाले शंकराचार्यका ४ सय गण मारेका थिए । यहाँ गाडिएका ४ ढुङ्गे खम्बाहरु हरेक खम्बा १ सय जना शंकराचार्यका गणका प्रतीक मानिन्छन् । उनी यहीँ मारिकाले व्रह्महत्याको दोष लागेको यस ठाउँमा जनै गाडिएको मान्यता पनि छ ।’ 

वाणा र शंकराचार्यको युद्धमा भैरव कसरी आए तरु सिलसिलावद्ध कथा कसैले सुनाउन सक्नु भएन । 

सम्बन्ध नजिकको कथा सुनाउँदै विक्रमदासले भने, ‘४ सय शंकराचार्य गण मारिएपछि यो सन्देश शिवलाई पुग्यो । यसपछि शंकराचार्यको भेष धारणा गरेर शिव युद्ध स्थलमा आउनुभयो । उहाँले युद्ध गर्दा वाणामा शक्ति धेर भएको महसुस भएपछि अन्तरदृष्टिले हेर्दा कमण्डलुमा राखिएकी सरस्वतीको सहयोग प्राप्त भएको थाहा भयो । यसपछि शिवले कमण्डलुको पानी घोप्ट्याएर वाणालाई सरस्वतीको सहयोग टुटाउनु भएको र युद्ध जितेपछि शिवले भैरव रुप धारण गरेर यहाँ रहनुभएको हो ।’  

पूर्ववडाध्यक्ष श्रेष्ठले कथा मिल्दो तर ठाउँ फरक भएको प्रसङ् सुनाउँदै भने, ‘शंकरकीर्ति विहारको माथिल्लो तलामा पर्दाले छोपेर वाणाले सरस्वतीसँग सहयोग लिनुभएको थियो । यो थाहा पाएर शंकराचार्यको रुप धारण गरेका शिवले पर्दा खालेर सरस्वतीको सहयोगबाट वाणालाई मुक्त गराए । त्यसपछि वाणाको पराजय भयो । सरस्वतीलाई लाजिम्पाटमा लगेर स्थान दिए । अहिले यो ठाउँ नील सरस्वतीका नामले परिचित छ ।’

‘शंकरकीर्ति विहार’ नामको अर्थ खोज्ने हो भने पनि शंकरसँग केही सम्बन्ध केलाउन सकिन्छ । यो नाम शंकरकीर्तिले हिन्दूमार्गी र विहारले बौद्धमार्गी भाव जनाउँछ । यसरी हेर्दा चारढुङ्गेसँग विहारको सम्बन्ध जोडेर प्राचीनता खोजी गर्न सक्ने देखिन्छ ।  

चार ढुङ्गे मात्र होइन । यहाँबाट प्रहरी प्रधान कार्यालयतर्फ लाग्दा पुगिने प्रहरीको कम्पाउण्डसँगै जोडिएको चोक २ सिंह रहेको ठाउँ हो । वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘उत्तरबाट दक्षिणतर्फ कुनै कालो छायाँ ९धार्मिक मान्यताअनुसार नकारात्मक तत्व० प्रवेश नगरुन् भनेर एक जोडा सिंह उत्तर फर्काएर राखिएको थियो । सहर विस्तारसँगै ती सिंहहरु पनि हराएका छन् । अब ती सिंहको विषय पनि उठान गर्छौँ ।’ 

पाका उमेरका मानिसहरु यस ठाउँलाई अहिले पनि सिंह दोबाटो भन्ने गर्दछन् । यसलाई पुनरुत्थान गरेर नक्साललाई सम्पदा मार्ग बनाउने योजना कार्यान्वयनमा लैजाने वडाको योजना रहेको वडा सदस्य रोशन श्रेष्ठ बताउछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सैनिक कल्याणकारी भवनको भाडा विवाद, अदालतको आदेश उल्लङ्घन

काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्...

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१५ गिरावट, वार्षिक आधारमा वृद्धि

टोकियो। जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले...

प्रचण्डले एकताको नाममा झुट बोले—विप्लव

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोले...

भ्रष्टाचार विरोधी अभियानका कारण सरकारबाट बाहिरिनुपरेको थियो, रुकुम पूर्वबाट जनताको बीचमा फर्कन्छु: प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान...

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौँ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्य...

निर्वाचन विशेष तयारी: गृह मन्त्रालयले ल्यायो वडा तहसम्मको सुरक्षा अवधारणा

काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रिय...

धनकुटामा बस दुर्घटना, ६ जना घाइते

धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...

ललितपुरमा श्रीमतीको हत्या गरि श्रीमानद्धारा प्रहरीमा आत्मसमर्पण

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...

उद्योग वाणिज्य संघद्वारा उपमहानगरलाई २५ वटा आगो निभाउने फायर स्ट्रिगुसर हस्तान्तरण

नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending