Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

नक्सालमा सडकमुनि छोपिएको भैरव खुला गराइयो

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नक्सालमा सडकमुनि छोपिएको भैरवलाई गएको मंगलबार खुला गराइएको छ । नक्साल भगवतीको मन्दिरबाट नागपोखरीतर्फ जाँदा मध्य भाग (कमलपोखरीबाट प्रहरी प्रधान कार्यालय जाने सडक (सम मार्ग) को पनि मध्य भागमा नै पर्छ) मा चार ढुङ्गे (त्यङ्ग ठां) मा सवारी साधन गुड्ने कालोपत्रे सडक मुनि कमलको आसनमा भैरवको स्वरुप शिवलिङ्ग खुला गरिएको हो । त्यहाँ भेटिएका सिक्का तथा चुरा अध्ययनका लागि वडाले सुरक्षामा लिएको छ । 

करिब ४७ बर्ष छोपिएको भैरव खुला पाउँदा स्थानीयहरुले हर्ष प्रकट गरेका छन् । उनीहरुमध्ये पाको उमेरका मानिसहरु भन्दै थिए, ‘बाल्यकालमा खेल्दा खेल्दै देखेका देवता यत्तिका बर्षपछि फेरि देख्न पाइयो । खुशी छौँ ।’ स्थान खुला गराउँदा उनीहरुले भैरवको जय, भन्दै सुखानुभूति प्रकट गरेका थिए ।  

यसको स्थापनाका विषयमा स्थानीयहरु शंकराचार्य र अमर वाणाको तान्त्रिक युद्धको जनश्रुतिमा आधारित कथा सुनाउँछन् । यसको स्थापना, धार्मिक, सामाजिक सम्बन्धका विषयमा लेख, अभिलेख, शिलालेख वा तस्विर जस्ता प्रमाण प्राप्त हुन सकेको छैन । भैरव राखिएको खाडल, खाडलका प्रयोग भएको इटाको गारो, गारोका बिच बिचमा भएका खोपाहरुले भने प्राचीन कालमा यसको स्थापना भएको मान्न सकिन्छ । 

वडाध्यक्ष भरतलाल श्रेष्ठ भन्छन्, ‘लिखित प्रमाण छैन । पाका मानिसहरुले यो ठाउँका बारेमा जानकारी दिँदै, शंकराचार्य र अमर वाणाका बिचमा तान्त्रिक शक्तिका विषयमा भएको विवादले सिर्जना गरेको युद्धको कथा सुनाउँछन् ।’ 

लेखिएको कुरा भेटिएको छैन तर, यस ठाउँसँग अन्य ठाउँका देवी देवताको सम्बन्ध रहेको चलन अझै पनि छन् । वडा सदस्य रसला तण्डुकार भन्छिन्, ‘गएको जेठ ३ र ४ गते यहाँ पचली भैरवको नाच नचाइएको थियो । टेकुको पचली भैरवको जात्रा अहिले पनि धुमधाम चल्छ । पचलीको नाच नक्सालमा नचाउनुको धार्मिक, सांस्कृतिक र सामाजिक कारण खोज्ने हो भने अरु पनि लुकेका कारण खुल्न सक्छन् ।’

स्थानीय विक्रमदास मानन्धरका अनुसार यो करिव २०२४ सालतिर छोपिएको हो । त्यसअघिसम्म खाडलका चारतिर ढुङ्गाका थाम थिए । सहरीकरण बढ्दै गएर सडक साँघुरो महसुस भएपछि खाडलमाथि स्ल्याप राखेर पुरिएको हो । यसरी पुरिएको ठाउँमा एउटा सानो प्वाल राखिएको थियो । मानिसहरु त्यही प्वालबाट सिक्का चढाएर श्रद्धा अर्पण गर्ने गर्थे । 

पूर्ववडाध्यक्ष किरण श्रेष्ठ भन्छन्, ‘शंकराचार्य र वाणाको तान्त्रिक युद्धमा वाणाले शंकराचार्यका ४ सय गण मारेका थिए । यहाँ गाडिएका ४ ढुङ्गे खम्बाहरु हरेक खम्बा १ सय जना शंकराचार्यका गणका प्रतीक मानिन्छन् । उनी यहीँ मारिकाले व्रह्महत्याको दोष लागेको यस ठाउँमा जनै गाडिएको मान्यता पनि छ ।’ 

वाणा र शंकराचार्यको युद्धमा भैरव कसरी आए तरु सिलसिलावद्ध कथा कसैले सुनाउन सक्नु भएन । 

सम्बन्ध नजिकको कथा सुनाउँदै विक्रमदासले भने, ‘४ सय शंकराचार्य गण मारिएपछि यो सन्देश शिवलाई पुग्यो । यसपछि शंकराचार्यको भेष धारणा गरेर शिव युद्ध स्थलमा आउनुभयो । उहाँले युद्ध गर्दा वाणामा शक्ति धेर भएको महसुस भएपछि अन्तरदृष्टिले हेर्दा कमण्डलुमा राखिएकी सरस्वतीको सहयोग प्राप्त भएको थाहा भयो । यसपछि शिवले कमण्डलुको पानी घोप्ट्याएर वाणालाई सरस्वतीको सहयोग टुटाउनु भएको र युद्ध जितेपछि शिवले भैरव रुप धारण गरेर यहाँ रहनुभएको हो ।’  

पूर्ववडाध्यक्ष श्रेष्ठले कथा मिल्दो तर ठाउँ फरक भएको प्रसङ् सुनाउँदै भने, ‘शंकरकीर्ति विहारको माथिल्लो तलामा पर्दाले छोपेर वाणाले सरस्वतीसँग सहयोग लिनुभएको थियो । यो थाहा पाएर शंकराचार्यको रुप धारण गरेका शिवले पर्दा खालेर सरस्वतीको सहयोगबाट वाणालाई मुक्त गराए । त्यसपछि वाणाको पराजय भयो । सरस्वतीलाई लाजिम्पाटमा लगेर स्थान दिए । अहिले यो ठाउँ नील सरस्वतीका नामले परिचित छ ।’

‘शंकरकीर्ति विहार’ नामको अर्थ खोज्ने हो भने पनि शंकरसँग केही सम्बन्ध केलाउन सकिन्छ । यो नाम शंकरकीर्तिले हिन्दूमार्गी र विहारले बौद्धमार्गी भाव जनाउँछ । यसरी हेर्दा चारढुङ्गेसँग विहारको सम्बन्ध जोडेर प्राचीनता खोजी गर्न सक्ने देखिन्छ ।  

चार ढुङ्गे मात्र होइन । यहाँबाट प्रहरी प्रधान कार्यालयतर्फ लाग्दा पुगिने प्रहरीको कम्पाउण्डसँगै जोडिएको चोक २ सिंह रहेको ठाउँ हो । वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘उत्तरबाट दक्षिणतर्फ कुनै कालो छायाँ ९धार्मिक मान्यताअनुसार नकारात्मक तत्व० प्रवेश नगरुन् भनेर एक जोडा सिंह उत्तर फर्काएर राखिएको थियो । सहर विस्तारसँगै ती सिंहहरु पनि हराएका छन् । अब ती सिंहको विषय पनि उठान गर्छौँ ।’ 

पाका उमेरका मानिसहरु यस ठाउँलाई अहिले पनि सिंह दोबाटो भन्ने गर्दछन् । यसलाई पुनरुत्थान गरेर नक्साललाई सम्पदा मार्ग बनाउने योजना कार्यान्वयनमा लैजाने वडाको योजना रहेको वडा सदस्य रोशन श्रेष्ठ बताउछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली पक्राउको विरोधमा प्रदर्शन, सिंहदरबारको दक्षिण गेटबाट ७ जना पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...

देशभर २४ घण्टामा ३८ विपद्का घटना: तीन जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...

सरकारको दिनगन्ती सुरु भयो, भोलीबाट आन्दोलन थप सशक्त बनाउने महेश बस्नेतको चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...

सिंहदरबार आसपास क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...

ओली-लेखक पक्राउप्रति पूर्वराष्ट्रपति भण्डारीको आपत्ति, फिर्ता लिन आग्रह

काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...

प्रहरीको लाठीचार्जबाट एमाले कार्यकर्ता घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...

बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप, क्षेत्र तनावग्रस्त

काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...

मुटुको चाल बढेको र पेट दुखेको ओलीको गुनासो

काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...

बलात्कार आरोपमा पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...

एमालेको प्रदर्शनले माइतीघरको अवस्था तनावग्रस्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending