काठमाडौं । ‘सोचे झैं जिन्दगी रैनछ’ बोलको गीतबाट परिचित भएकी गायिका मधु क्षेत्रीको निजी जीवन पनि यही गीतसँग मेल खान गएको छ। पहिलो श्रीमानसँग डिभोर्सपछि दोस्रो विवाह गरेकी मधुको यो बिहे पनि नटिक्ने अवस्थामा पुगेको छ।
प्रेमी सुरेश खड्कासँग दुई वर्षअगाडि कोर्ट म्यारिज गरेर मधुले अष्ट्रेलिया गइन्। सुरेश पनि डिभोर्सी थिए । विवाहपछि पहिलो श्रीमानपट्टिकी आफ्नी हुर्केकी छोरी समेतलाई लिएर अष्ट्रेलिया गइन् ।
अष्ट्रेलियामा मधुका श्रीमान सुरेश आफ्नो बुवाआमासँग बस्दै आएका छन् । मधुकी छोरीलाई पनि स्वीकारेर आफूसँगै राख्न उनी तयार भएका थिए । सुरेशको पनि पहिलो श्रीमतीबाट सन्तान छन्, तर उनीहरू बुवासँग बस्दैनन् ।
अष्ट्रेलिया पुगेपछि मधु र छोरी दुवैले जागीर गरिरहेका थिए । तर, केही समयपछि श्रीमानश्रीमतीको सम्बन्धमा तनाव सुरु भयो । मधुका अनुसार उनी र उनकी छोरीलाई ससुराले पटक-पटक दुर्व्यवहार गरेका थिए ।
अहिले मधु गर्भवती छिन्। उनले बच्चा जन्माउन नचाहेको भए पनि श्रीमानको चाहनाका कारण एबोर्सन नगराएकी हुन् । तर, श्रीमानले कुटपिटसमेत गरेको आरोप मधुले लगाएकी छन् ।
उनले टिकटक र फेसबुकबाटै आफ्नो धरापमा परेको वैवाहिक सम्वन्धबारे खुलासा गरिन् ।
एक स्टाटस लेख्दै आफू निकै पीडादायी अवस्थाबाट गुज्रिरहेको बताएकी छन् । अहिले आफु गलेको र कसैसँग कुरा गर्ने अवस्थामा नरहेको उनको भनाइ छ ।
उनले लेखेकी छिन्, ‘कृपया, यो बेला म गलेको छु । मेरो शरीर र मानसिक गलाइलाई लिएर, पेटमा भएको बच्चालाई सास दिएर, कसरी बाँचेकी छु, यो मलाई मात्र थाहा छ । थाहा छैन, कत्ति बेला के हुने हो मेरो जीवनमा ? र कहाँसम्म सास लिन सक्छु । म कसैसँग बोल्न सक्ने अवस्थामा छैन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - ०९:१०
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...
चैत्र १७ गते, २०८२ - ०९:०८
काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...
चैत्र १७ गते, २०८२ - ०८:२८
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...
चैत्र १७ गते, २०८२ - ०८:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...
चैत्र १७ गते, २०८२ - ०८:१९
काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् । ...
चैत्र १७ गते, २०८२ - ०८:०५
काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...
चैत्र १७ गते, २०८२ - ०७:५६
इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था
चैत्र १७ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...
चैत्र १७ गते, २०८२ - ०७:२८
भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...
चैत्र १७ गते, २०८२ - ०७:२६
चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...


प्रतिकृया लेख्नुहोस्: