सुर्खेत । विद्युत् भार कटौतीका कारण सुर्खेतमा सञ्चालित ६ पानी उद्योग बन्द हुने अवस्थामा पुगेका बताएका छन् ।
विगत दुई महिनादेखि ‘लो भोल्टेज’ को समस्या भोग्नुपरेको र समाधानको प्रयास नभए उद्योग बन्द हुने अवस्था आउने स्थानीय उद्योगीको गुनासो छ ।
दैनिक १२ हजार लिटर पानी उत्पादन गर्दै आएको बाङ्गेसिमलस्तित एक्वान्स पानी उद्योगले लो भोल्टेजकै कारण प्रशोधन बन्द गरेको छ । पानी उत्पादन बन्द हुँदा अहिले बाँकेको नेपालगञ्जबाट किनेर ग्राहकलाई वितरण गरिरहेको उद्योगकका व्यवस्थापक श्रीनारायण मेहेताले जानकारी दिए ।
यसले दैनिक ५० हजारभन्दा धेरै घाटा भइरहेको भन्दै उनले समस्या समाधानका लागि आग्रह गरे । “विद्युत््ले नधानेपनि अहिले पानी प्रशोधन हुनै छोड्यो । दैनिक ५० हजारभन्दा धेरै घाटा बेहोर्नु गरिरहेको छ”, उनले भने ।
तिला कर्णाली पानी प्रशोधन उद्योगका सञ्चालक जगत् शाहीले पनि विद्युत् भोल्टेजका दुई महिनादेखि सानो बोत्तलको पानी उत्पादन बन्द गरिएको बताए ।
“दुई महिनादेखि हाम्रो पानी उद्योगबाट प्रशोधन हुने पानी बन्द गरिएको छ, नेपालमै केही गर्छु भनेर उद्योग सञ्चालन गरियो तर अहिले घाटा भइरहेको छ, राज्यले हामी उद्योगीको पीडा कहिले बुझ्ने रु”, उनको प्रश्न छ । उहाँको उद्योगबाट दैनिक १५ हजार लिटरभन्दा धेरै पानी उत्पादन हुँदै आएको थियो ।
यस्तै औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेको मध्यपश्चिम पानी प्रशोधन उद्योगले जेनेरेटरको सहायतामा पानी प्रशोधन गरेर बजारमा पठाइरहेको सञ्चालक कृष्ण आचार्यले बताए । उद्योगलाई जोगाइराख्न घाटामा पानी प्रशोधन गरिरहेको बताउने आचार्यले भोल्टेजको समस्या समाधान नभए अब केही दिनमा उद्योग बन्द गर्न बाध्य हुने बताए ।
“स्वदेशमै केही गर्छु भनेर उद्योगमा लगानी गरेको थिए । अहिले ४३ जनाले रोजगारी पाइरहेका छन् । विद्युत्का कारण उद्योग बन्द भए ती सबैको रोजिरोटी गुम्ने छ”, उनले दुःखेसो पोखे।
विद्युत् समस्याका कारण पानी उत्पादनमा समस्या भएपछि यहाँ पानीको मूल्यसमेत बढेको छ । यसअघि रु एक सय ४० पर्ने कार्टुनको अहिले रु एक सय ६० पर्न थालेपछि उपभोक्ता मारमा परेका छन् ।
नेपाल विद्युत् प्राधिकरण सुर्खेतले भने ३३ केभी विद्युत्ले सबै ठाउँमा धान्न नसकेको भन्दै अर्को विकल्प नहुञ्जेसम्म समस्या समाधान हुन नसक्ने जवाफ दिने गरेको छ । कार्यालय प्रमुख अशोक लोहनीले कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन आएपछि मात्रै कर्णालीमा विद्युत्को समस्या समाधान हुने बताए।
“अहिले ३३ केभीबाट विद्युत् वितरणको काम भइरहेको छ, यसले कर्णालीका सबै जिल्लालाई धान्न सक्दैन”, प्रमुख लोहनीले भने”, “उद्योग सञ्चालनमा समस्या भइरहेका बारे गुनासा सुनेका छौँ तर सुर्खेत-कोहलपुर एक सय ३२ केभी प्रसारण लाइन नआएसम्म समस्या समाधान गर्न गाह्रो छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: