काठमाडौं । नेकपा एमाले सांसद महेश बर्तौलाले दूध किसानको बक्यौता रकम तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर सांसद बर्तौलाले किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले आजदेखि आन्दोलन सुरू गरेका किसानलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण समेत गराए । उनले भने -दूधको बक्यौताको माग गर्दै आजदेखि किसानहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलित ४५ बढि किसानलाई प्रहरीले हिरासतमा राखेको छ। उहाँहरूमाथि चरम धरकपड भयाे । उनीहरूले न्यायोचित माग उठाएका छन् । दूध बेचेको रकम भुक्तानीका लागि आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसानहरू पुगेका हुन्, उनले भने -यसकारण सभामुखमार्फत सरकारको, कृषि मन्त्रालय र अर्थमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु। राज्यको तर्फबाट र राज्यले वातावरण बनाइ दिएर किसानहरूले पाउनेपर्ने दूधको बक्यौता अविलम्बन प्राप्त होस। भुक्तानी गरियोस्।
एमाले प्रमुख सचेतक समेत रहेका बर्तौलाले डीडीसीबाट झन्डैं २ अर्ब र निजी डेरीबाट ३ अर्ब गरी झन्डैं ६ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए। किसानहरूले दूधको रकम नपाउँदा गाईवस्तुलाई दानापानीको व्यवस्था मात्रै नभइ आफूहरू पनि भोकै बस्नुपर्ने अवस्थामा पुगेको बताए।
उनले आन्दोलनरत किसानका न्यायोचित माग पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए। उनले भने, किसानहरूले न्यायोचित माग गरेका छन्। सरकारले तत्काल वार्ताको माध्यमबाट भुक्तानी गर्ने वातावरण सुनिश्चितता गरोस्। यसका लागि फेरि पनि आग्रह गर्न चाहन्छु।
दूधको भुक्तानी नपाएको भन्दै किसानहरूले आजदेखि फेरि आन्दोलन सुरू गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: