Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

जावलाखेल दम्पती मृत्यु प्रकरणः हत्यापछि आत्महत्याको आशंका

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरको जावलाखेलस्थित डेरामा अर्धचेत अवस्थामा फेला परेका र उपचारको क्रममा ज्यान गुमाएका दम्पतीको घटनामा ट्विस्ट आएको छ । २५ वर्षीय उमेश सेन्चुरीले पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

३२ जेठमा साँझ सिन्धुपाल्चोक घर भएर कपनमा बस्दै आएका उमेश पत्नीको डेरामा गएका हुन् । २५ वर्षीया रेणु सेन्चुरी अल्का अस्पताल पछाडि डेरा गरेर बस्थिन् । उनीहरू १० वर्षीय छोरा रेणुसँग बस्दै आएका थिए । तर, सो साँझ डेरामा छोरा थिएनन् ।

रेणु डेरामा थिइनन् । पत्नी नआउन्जेल उमेश डेरा आसपासमा डुलिरहेको छिमेकीहरूले प्रहरीलाई बताएका छन् । साँझ पत्नी आएपछि डेरामा प्रवेश गरेका उनीहरू भित्रबाट चुकुल लगाएको अवस्थामा अर्धचेत देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका हुन् ।

घटनास्थलमा विषको बट्टा भेटिएको ललितपुरका एसएसपी शेखर खनालले बताए । उमेशले सुरुमा पत्नीको हत्या गरेर आफूले विष खाएको अनुसन्धान अधिकृतहरूको आशंका छ । दुवै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

चिकित्सकहरूले अधिकृतहरुलाई रेणुको घाँटीमा ‘दबाब’ को कारण मृत्यु भएको बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘रेणुको मृत्यु कर्तव्यबाट भएको आशंका गरिएको छ ।’

पत्नीको हत्यापछि उमेशले विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ । उनीहरूको पोस्टमार्टम रिपोर्ट आएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण यकिन हुने प्रहरी अधिकृतहरू बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार उदयपुरमा बिजुली नहुने

उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...

आठ पदाधिकारी पराजित: कांग्रेसभित्र नेतृत्व बहस तीव्र

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...

कम्युनिस्टहरूले किन धक्का खाए ?

विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा

एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं  । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...

ऐतिहासिक न्यूनतामा कांग्रेस: हारपछि नेतृत्वमाथि प्रश्न, अब के रणनीति ?

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...

ओलीको बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने– पिता पात्र एक, भूमिका अनेक

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: