Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

गाउँघरमै पाइने नाइट्रोजन नचिन्दा विदेशिन्छ करोडौँ रुपैयाँ

खबरडबली संवाददाता

काठमाडौं । सही रूपमा प्रयोग गर्न नजान्दा नेपाली किसानले करोडौँ मूल्य बराबरको नाइट्रोजन र युरिया मल गुमाइरहेका छन्। यससँगै रासायनिक मल खरिदका लागि बर्सेनी ठूलो परिमाणमा पैसा विदेशिने गरेको छ। 

गोठेमलको स्रोतमा गोबर प्रयोग हुन्छ। तर गोठेमलबारे अनुसन्धान गरिरहेका कृषि प्रचार अधिकृत कृष्ण धितालले पशुको गोबरमा भन्दा मूत्रमा नाइट्रोजन र पोटासको मात्रा अधिक रहने बताए।

गाईभैँसीलाई खुवाएको दाना र घाँसमा रहेको नाइट्रोजनमध्ये २० प्रतिशत मात्रै उसको शरीरमा प्रयोग हुने र बाँकी पिसाब र गोबरबाट आउने गर्छ, त्यसमध्ये ५२ प्रतिशत भने पिसाबबाट बाहिर आउँछ। 

गाईभैँसीले दैनिक कम्तीमा छ लिटर पिसाब फेर्छ । एउटा किसानको घरमा दुई वटा ठुला पशु छन् भने वार्षिक चार हजार ३८० लिटर पिसाब फेर्छन्। एक वर्षमा सो मूत्र प्रयोग गर्दा १३६ किलो युरिया र ८० किलो नाइट्रोजन पाउन सकिन्छ। यो अहिलेको बजार भाउमा छ हजार रुपियाँभन्दा धेरै हुने उनले बताए। 

वरिष्ठ बाली विकास अधिकृत कुलप्रसाद दवाडीले परापूर्वकालदेखि नै गोठेमललाई  महत्त्व नदिएकै कारण यसलाई जथाभावी राख्ने, त्यसमा भएका खाद्यतत्वको संरक्षण एवं सदुपयोगको ज्ञान, सिप अभावले नेपाली किसान वार्षिक ठूलो घाटा बेहोर्न बाध्य भएको बताए। 

गोठेमलको उचित व्यवस्थापन र भण्डारण गर्न नजान्दा नेपालले बर्सेनी करोडौँ मूल्य बराबरको नाइट्रोजन र युरिया गुमाइरहेको बताए। त्यसको सट्टामा अर्बौँ मूल्य बराबरको रासायनिक युरिया मल खरिद भइरहेको उनले बताए । एकै पटक धेरै आम्दानी बढाउन रासायनिक विषादी तथा मलको जथाभावी प्रयोगले माटोको गुणस्तरमा ह्रास ल्याएको उनले दाबी गरे।

गाईवस्तुको मलमूत्र, घाँसपात, सोत्तरलाई गोठको नजिकै बनाइएको खाल्टो वा अन्य जग्गामा नै जम्मा गरी कुहाएर तयार पारिएको मल नै गोठेमल भए पनि त्यसको प्रयोग राम्रोसँग हुन भने सकेको छैन । नेपालमा जैविक मलको मुख्य स्रोतका रूपमा सोही मलको प्रयोग गरिन्छ।

गोबर, मूत्र, सोत्तर तथा झारपातको प्रयोग हुने हुँदा बाहिरी सामग्री किन्नका लागि थप खर्च लाग्दैन। यसरी रासायनिक मलमाथिको निर्भरता हटाउन सकिने भए पनि यसको प्रभावकारी रूपमा प्रयोग भने हुन विज्ञ बताउँछन्। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending