कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०र८१ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ३७ दशमलव ९३ प्रतिशत खर्च गरेको छ ।
कर्णाली प्रदेशसभाको शनिबारको चौथो अधिवेशनको दशौँ बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले चालुतर्फ ४९ दशमलव ३८ र पुँजीगततर्फ २९ दशमलव ८७ प्रतिशत गरी समग्रमा ३७ दशमलव ९३ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । चालु आवका लागि प्रदेश सरकारले रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बराबरको बजेट विनियोजन गरेको थियो ।
चालुतर्फ रु नौ अर्ब २० लाख २४ हजार ९२६ दशमलव ९७ प्रतिशत० र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार ९५८ दशमलव ६५ प्रतिशत० बजेट विनियोजन गरिएको थियो । त्यस्तै, चालु आवको जेठ मसान्तसम्म रु ६१ करोड ९७ लाख अर्थात् लक्ष्यको तुलनामा ७४ दशमलव १० प्रतिशत आन्तरिक राजस्व स¬ङ्कलन भएको बजेटमा उल्लेख छ ।
प्रदेश स्थापनादेखि आव २०७९र८० सम्मको आन्तरिक राजस्व रु दुई अर्ब २४ करोड १३ लाख ६३ हजार छ जुन कुल राजस्व लक्ष्यको ९४ दशमलव आठ प्रतिशत हो । चालु आवमा जेठ मसान्तसम्म ३७ दशमलव ९३ प्रतिशत भए पनि असार मसान्तसम्म विनियोजित बजेटमा रु २४ अर्ब ४१ करोड ८५ लाख अर्थात् ७३ दशमलव १५ प्रतिशत खर्च हुने अनुमान प्रदेश सरकारले गरेको छ ।
आर्थिकमन्त्री केसीका अनुसार कर्णाली प्रदेशको विगत छ वर्षको कुल बजेट रु एक खर्च ६६ अर्ब ५६ करोडमा चालुतर्फ ३७ दशमलव ४६ र पुँजीगततर्फ ६२ दशमलव ५४ प्रतिशत विनियोजन भएको पाइन्छ । विनियोजित बजेटमा चालुतर्फ ६२ दशमलव ७१ र पुँजीगततर्फ ५५ दशमलव ०१ प्रतिशत गरी समग्रमा ५७ दशमलव ९० प्रतिशत बजेट खर्च भएकोछ । उहाँले भन्नुभयो, “यसरी बजेट कम खर्च हुनुमा कर्णालीको भूगोल, जनशक्ति अभाव त छँदैछ । पछिल्लो समयमा ठूला परियोजना विकास गर्ने तर ढाँचा र आवश्यक तयारी नगर्नुले पनि बजेट कम खर्च हुने गरेको छ ।”
सङ्घीय सरकारबाट आव २०७५र७६ देखि २०७९र८० सम्म सुरु बजेटमा सशर्त, समपूरक र विशेष अनुदानमा कुल रु २७ अर्ब ५२ करोड प्राप्त भएकामा सम्बन्धित आर्थिक वर्षभित्र खर्च हुन नसकी जम्मा रु सात अर्ब ७८ करोड ९२७ दशमलव ३२ प्रतिशत० सङ्घीय सरकारकै कोषमा फिर्ता भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - २१:१६
कुन दलले के भन्यो ?
चैत्र २५ गते, २०८२ - २१:०९
म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...
चैत्र २५ गते, २०८२ - १९:४२
काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएको छन् । बुधबार स...
चैत्र २५ गते, २०८२ - १९:३५
काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहला...
चैत्र २५ गते, २०८२ - १८:५९
काठमाडौं । सुधन गुरुङले स्वीस बैंकमा नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार वा अन्य गैरकानुनी गतिविधिबाट आर्जन गरेको रकम भए त्यसलाई फिर्ता ल्याउन प...
चैत्र २५ गते, २०८२ - १८:५६
विदेशी राजदूतहरूलाई बालेनको यस्तो सन्देश
चैत्र २५ गते, २०८२ - १८:४२
सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी खेत...
चैत्र २५ गते, २०८२ - १८:३७
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्...
चैत्र २५ गते, २०८२ - १८:३४
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत २७ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आह्वान गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस...
चैत्र २५ गते, २०८२ - १८:२४
बागलुङ। बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फूटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजङ्ग गण घोडाबाँधेले लज्जास्पद हार व्यह...


प्रतिकृया लेख्नुहोस्: