Ntc summer Offer
Khabar Dabali ३२ असार २०८१ सोमबार | 15th July, 2024 Mon
NIMB

नेप्सेमा सामान्य अङ्कको वृद्धि, कारोबार भने पाँच अर्ब माथी

खबरडबली संवाददाता

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिँदा कारोबार रकम भने उच्च देखिएको छ । नेप्से परिसूचक छ दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय २१ दशमलव ६२ को विन्दुमा कायम भएको छ ।

आज तीन सय १२ कम्पनीको एक करोड २९ लाख ५० हजार चार सय सात कित्ता शेयर ७४ हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार दुई सय ४५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव १८, जलविद्युत् समूह शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ४८ र व्यापार समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ । बैङ्किङ शून्य दशमलव ८३, विकास बैङ्क शून्य दशमलव ११, लगानी शून्य दशमलव १२, जीवन बीमा शून्य दशमलव १७ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६० प्रतिशतले बढेको छ । 

लघुवित्त शून्य दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ३३ र अन्य समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ४८ प्रतिशतले घटेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २७ करोड ६३ लाख ६० हजार चार सय ९१ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको नौ लाख ५१ हजार दुई सय सात कित्ता शेयर किनबेच भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्...

प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंह र पौडेललाई राष्ट्रपति रामचन्द प...

प्रधानमन्त्री ओलीलाई मोदीले दिए शुभकामना

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत मोदीले...

कांग्रेस-एमालेसहितको नयाँ सरकार: ओलीले गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियता...

ओलीले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति...

प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले शपथ लिदै (सुचीसहित)

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन्...

जसपाबाट फेरी प्रदीप र नवलकिशोर मन्त्री बन्दै

काठमाडौं । अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको छ । दुवै जना यसअघि प्रचण...

हेटौँडा उपमहानगरपालिका घोषित भयो पूर्ण खोप सुनिश्चित क्षेत्र

हेटौंडा । हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित क्षेत्र घोषित भएको छ । हेटौंडा उमहानगरपालिकाद्वारा आइतबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाका १६ ...

आरजु राणा परराष्ट्रमन्त्री बन्दै

काठमाडौँ । नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगिएको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जादै छ । उनलाई उपप्रधान सहित सहरी विकास मन्त...

अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औं पटक कोपा अमेरिका उपाधि

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy