काठमाडौँ । प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकलाई निष्कर्षमा पु¥याउन अब ढिलाइ गर्न नहुने सुझाव दिइएको छ । सो विधेयक मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि राज्यबाट जनतालाई प्रदान गरिने सबैखाले सेवाको मानकारुपमा रहेको बताइएको छ ।
नेपाल एफएमद्वारा आज यहाँ आयोजित संसद् र सांसद रेडियो कार्यक्रममा सहभागी वक्ताहरुले लामो समयपछि अघि बढेको विधेकलाई समृद्ध तुल्याएर अव यथाशीघ्र विधेयकलाई पारित गर्नुपर्नेमा जोड दिए।
त्यस अवसरमा पूर्वसचिव एवं विज्ञ गोपीनाथ मैनालीले प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकमा थुप्रै संशोधन गर्नुपर्ने अवस्था देखिए पनि लामो समयपछि बल्ल अघि बढेकाले अहिलेको अवस्थामा छिटो पारित गर्ने विषय महत्वपूर्ण भएको बताए।
उनले सरसर्ती हेर्दा निजामती सेवा विधेयक भए पनि मुलुकको समग्र सार्वजनिक प्रवाहका क्षेत्रको मानक रहेकाले कर्मचारीको मनोविज्ञानलाई समेत सम्बोधन गर्ने प्रयासबाट अघि बढाउनुपर्ने धारणा राखे।
उक्त विधेयकमाथि करिब एक हजार पाँच सयभन्दा बढी संशोधन परेको त्यस अवसरमा जानकारी दिइयो । पूर्वसचिव मैनालीले विधेकले सङ्घीयताको मर्म र भावना सम्बोधन गर्नुपर्नेमा त्यो नभएको तथा निजामतीको मूल्य मान्यता, भर्ना प्रक्रिया, मूल्याङ्कन, सरुवा, बढुवा र कार्य सम्पादनमा निकै सुधारको खाँचो देखिएको बताए । निवृत्तिभरण, तालिम र सरुवालाई व्यवस्थित तुल्याउन तथा समावेशी सिद्धान्तको मर्मलाई व्यवस्थित तुल्याउन विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिँदै विषय विज्ञकारुपमा सहभागी वक्ताले निजामती सेवालाई थप आकर्षण तुल्याउन र सचिव सरुवाका लागि कम्तीमा एक वर्षको प्रावधान राख्न सुझाव दिए।
कार्यक्रममा कर्मचारीसँग सम्बन्धित विभिन्न ट्रेड युनियन, विधायक र पूर्वकर्मचारी सहभागी थिए। कर्मचारी व्यवस्थापन र नागरिकको सेवासँग जोडिएको विधेयकमा नागरिकलाई सेवा प्रदान गर्ने विषयलाई उच्च महत्व दिन आवश्यक रहेको बताउँदै उहाँहरुले सेवा प्रवाहलाई पवित्रता, उत्साहित, कर्तव्यनिष्ठ तुल्याउनुपर्नेमा जोड दिनुभयो ।
निजामति सेवामा अग्रसरता, अनुवम र उत्साहबीच समन्वयको खाँचो औल्याउँदै उनीहरुले नेपाल सरकारको सचिवबाट सवैधानिक निकायको पदाधिकारी नियुक्ति गर्ने प्रावधान खारेजीका लागि सुझाव दिए।
निजामती सेवामा राजनीतिक दलको भातृ सङ्गठनकारुपमा हाल देखिएको टे«ड युनियनसम्बन्धी प्रावधान खारेज गरिनुपर्ने तथा राजनीतिले प्रशासन र प्रशासनले राजनीतिलाई दोषारोपण गर्ने प्रवृत्तिलाई रोक्न कम्तीमा पनि वार्षिकरुपमा छलफल कार्यक्रम गर्नुपर्ने उनीहरुको भनाई रह्यो ।
सो अवसरमा ट्रेड युनियनकर्मीले सकेसम्म विधेयकलाई समृद्ध गरेर ल्याउन आग्रह गर्दै त्यो अवस्था नभए कम्तीमा पनि छिटो विधेयक पारित गर्ने व्यवस्था मिलाउन राज्य व्यवस्था समितिका सभापतिसहितका सांसदलाई सुझाव दिए । निजामती सेवालाई आकर्षक तुल्याउन समयसापेक्ष सेवा सुविधा र वृत्तिविकासमा जोड दिँदै उहाँहरुले अवकास उमेर घटनाउने र बढाउनतर्फ आफूहरुको कुनै गुनासो नरहेको बताए।
कार्यक्रममा प्रतिनिधिसभा, राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा तथा सांसदहरु दिलेन्द्रप्रसाद बडू, लेखनाथ दाहाल, गरिमा शाह, रञ्जुकुमारी झा र रामनाथ अधिकारीलगायतले प्रस्तावित निजामती विधेयकलाई समृद्ध तुल्याउँदै यथाशीघ्र निष्कर्षमा पु¥याउने प्रतिबद्धता जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १७:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...
चैत्र १४ गते, २०८२ - १७:२०
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...
चैत्र १४ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...
चैत्र १४ गते, २०८२ - १६:५०
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...
चैत्र १४ गते, २०८२ - १६:४१
काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...
चैत्र १४ गते, २०८२ - १६:२८
काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...
चैत्र १४ गते, २०८२ - १६:१५
काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...
चैत्र १४ गते, २०८२ - १६:०१
काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...
चैत्र १४ गते, २०८२ - १५:३८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...
चैत्र १४ गते, २०८२ - १५:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...



प्रतिकृया लेख्नुहोस्: