Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

लामो समयसम्म लुकाइयो प्रधानमन्त्री कार्यालयमा अख्तियारको पत्र !

विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएका दुईजनामाथि छानबिन

खबरडबली संवाददाता

काठमाडौं ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सांसद, निजामती कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिले विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएनलिएको विषयमा तत्काल छानबिन गर्न सरकारलाई दिएको निर्देशन लामो समयसम्म प्रधानमन्त्री कार्यालयमा अल्झाएर राखेको पाइएको छ। अख्तियारले गत वैखाख १० गते पठाएको निर्देशनात्मक पत्र सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले सोही मितिमा तोक लगाएर सहसचिव नारायण भट्टलाई पठाएका थिए।

पत्र पठाएको दुई सातापछि कार्यान्वयनको अवस्थाबारे अख्तियारका सचिव रामेश्वर दंगालले प्रधानमन्त्री कार्यालयका अर्का सचिव कृष्णहरि पुष्करसँग जानकारी माग्दा पत्र नै भेटिएन। अख्तियारले निरन्तर ताकेता गरेपछि मात्रै त्यो पत्र फेला पर्यो। अख्तियारले आफूले वैशाख १० गते प्रधानमन्त्री कार्यालयमा पठाएको पत्रबारे १५ दिनसम्म पनि कुनै जानकारी नआएपछि खोजी गरेको अख्तियार स्रोतले बतायाे । मुख्यसचिवले पत्र पाएकै दिन तोक लगाएर सहसचिव भट्टलाई पठाएको पत्र कहाँ अड्किएको थियो भन्ने उचित जवाफ प्रधानमन्त्री कार्यालयले दिन सकेको छैन।

सार्वजनिक पदमा रहेका केही व्यक्तिले विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएको भेटिएपछि अख्तियारले छानबिन गर्न निर्देशन दिएको थियो । हालका मुख्यसचिव अर्यालले सञ्चार सचिव भएका बेला विदेशको नागरिकता र आवासीय अनुमति पत्र लिएका व्यक्तिलाई सरकारी नियुक्ति दिएकै कारण उनले त्यो पत्र लुकाएको हल्ला प्रधानमन्त्री कार्यालयमा चलाइएको थियो । मुख्यसचिव अर्यालले अख्तियारबाट आएको सो पत्र एक दिन पनि आफ्नो टेबुलमा नराखेको बताए ।

‘अख्तियारबाट आएको त्यो पत्र मैले मेरो टेबुलमा राखेको हैन । पत्र आउँदाकै दिन तोक लगाएर प्रशासनमा पठाएको थिएँ । त्यहींबाट कार्यान्वयन प्रक्रिया अघि बढ्नुपर्ने थियो’, अर्यालले भने, ‘मेरो विषयमा अनर्गल प्रचार गरिएको हुन सक्छ।’ उनका अनुसार विवरण राख्ने र प्रक्रिया अघि बढाउने काम सचिव पुष्करको हो । ‘मैले तोक लगाएपछि सचिव कृष्णहरि पुष्करको टेबुलमा जान्छ, त्यहींबाट सबै प्रक्रिया अघि बढ्ने हो,’ अर्यालले भने।

खासगरी सरकारी कर्मचारीहरू, सार्वजनिक संघसंस्थामा राजनीतिक नियुक्ति पाएका अधिकारीहरूको विदेशी नागरिकता र आवासीय अनुमति पत्र भएको उजुरी अख्तियारमा परेपछि छानबिनका लागि प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरिएको हो । अख्तिार स्रोतका अनुसार कतिपय बहालवाल सचिवसँग विदेशी नागरिकता र आवासीय अनुमति पत्र भएको उजुरी परेपछि अख्तियारले सरकारका मुख्यसचिवमार्फत मन्त्री, सांसद, सरकारी र सार्वजनिक निकायका उच्च ओहोदामा रहेका अधिकारी, राजनीतिक नियुक्ति पाएका व्यक्तिका बारेमा अनुसन्धान गर्न र कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। तत्काल प्रक्रिया अघि नबढेपछि अख्तियारले सोधखोज गरेको थियो । अख्तियारको सोधखोजपछि मात्रै सचिव पुष्करले पत्र कार्यान्वयन प्रक्रिया अघि बढाएका हुन् । अख्तियारले पटकपटक ताकेता गरेपछि मात्रै पत्र कार्यान्वयनतर्फ अघि बढेको  स्रोतले बतायाे।

प्रक्रिया अघि बढेपछि आशंकित व्यक्तिहरूबाट विवरण माग गर्ने काम भइरहेको स्रोतले जनाएको छ । अख्तियारले कतिपय सार्वजनिक निकायमा विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएकाले पनि नियुक्ति पाएको भन्दै यसबारे तत्काल मापदण्ड, कार्यविधि र निर्देशिका बनाएर लागु गर्न सरकारलाई सचेत गराएको छ । नेपालको संविधानको धारा २९१ मा नियुक्तिका लागि योग्य नहुनेसम्बन्धी विशेष व्यवस्था छ । उक्त धाराको उपधारा (१) मा संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधानबमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनित वा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था गरिएको छ ।

विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएका दुईजनामाथि छानबिन

विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएको आशंकामा दुई विशिष्ट तहका व्यक्तिमाथि छानबिन सुरु भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका उजुरीका आधारमा छानबिन सुरु गरिएको हो । दुई व्यक्तिहरू छानबिनमा परेका छन्, उनीहरूले विदेशी आवासीय अनुमति पत्र लिएनलिएको बारेमा सम्बन्धित देशसँग बुझ्ने काम भैरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्रोतले  बतायाे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धको प्रभाव: भारतमा इन्धन महँगियो, नेपालमा कस्तो पर्ला असर?

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अस्थिरता बढ्दै जाँदा भारतले उड्डयन टर्बाइन इन्धन (एटिएफ) र व्यावसायिक एलपिजीक...

प्रि-मनसुनको महिना : औसतभन्दा बढी वर्षा

काठमाडौँ । प्रि-मनसुन अवधिमा हालसम्म देशभर औसतभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार यस वर्ष पनि मङ्गलबारस...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित ...

साना दलको आवाज : संसद्का संरचनामा सम्मानजनक सहभागिताकाे माग

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका साना दलहरूले संसद्का सबै संरचनामा आफ्नो उपस्थिति सुनिश्चित गर्न माग गरेका छन्। २१ फागुन...

संसदीय दल नेता चयन प्रक्रियाप्रति योगेश भट्टराई असन्तुष्ट

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई ले संसदीय दलको नेता चयन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर...

महेश बस्नेतविरुद्ध अनुसन्धान माग गरिएको रिट उच्च अदालत पाटनद्वारा खारेज

काठमाडौं ।  बलात्कार आरोपमा अनुसन्धान गरी कारबाही अघि बढाउन माग गर्दै दायर गरिएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। सोमकान्त मैनाली र केशव प्रसाद अ...

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएपछि उत्पादन रोकिएकोमा सो उपकरणको मर्मत गरी आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको ...

अब ३३ सय भन्दा कममा जहाज चढ्न नपाइने

काठमाडौं । हवाई इन्धनको भाडा बढेसँगै हवाई जहाजको भाडा समेत बढेको छ । नेपाल वायुसेपा सञ्चालक संघले बुधबार बढेको इन्धनको मूल्य (सरचार्ज) समायोजन गरेर नय...

डलरको लोभ देखाएर ठग्ने ‘पुरानो चोर’ पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सस्तो दरमा अमेरिकी डलर साटिदिने बहानामा सर्वसाधारणलाई ठगी गर्ने दुई जनाको गिरोहलाई नियन्त्रणमा ...

हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम

कैलाली । टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending