Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

ललितपुर महानगरलाई नीतिगत सहयोग गर्ने सांसदहरुको प्रतिबद्धता

खबरडबली संवाददाता

ललितपुर । ललितपुरबाट निर्वाचित सङ्घीय प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूले नागरिकमैत्री सेवाप्रवाहका लागि ललितपुर महानगरपालिकालाई नीतिगत सहयोग गर्ने प्रतिबद्धता जनाएको छन् । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा महानगरद्वारा आज आयोजित ललितपुरका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसँगको अन्तरक्रियामा उहाँहरुले पुँजीगत खर्च वृद्धि गर्न स्थानीय सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

पूर्वअर्थ राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले अर्थतन्त्र चलायमान बनाउने नीति ल्याउनुपर्ने बताए । “नागरिकलाई सेवा दिन, समस्या समाधान गर्न हरतरहले सहयोग गर्छौंँ, पुँजीगत खर्च वृद्धि होस् । उपत्यकाको फोहरमैला व्यवस्थापनलाई बढी ध्यान दिनु जरुरी छ । स्थानीय सरकारलाई सहयोग र समर्थन गर्ने हाम्रो दायित्व हो ।” उनले भने । उनले महानगरभित्रको पार्किङ व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्ने बताउँदै ‘अन्डरग्राउण्ड’ पार्किङलाई व्यवसायिक बनाइ करको दायरामा ल्याउन सुझाव दिए। 

प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले नागरिकको सन्तुष्टिको आधारमा कर सङ्कलन गर्ने र सङ्कलित करलाई प्रभावकारी रुपमा खर्च गर्न सुझाव दिइन्। “महानगरले ढल व्यवस्थापनलाई ध्यान दिनुपर्ने छ, ढलबाट फैलिएको फोहरले धापाखेल र वडा नं ४ को मल पोखरीमा समस्या देखिएको छ, सांस्कृतिक सम्पदा संरक्षणमा प्रभावकारी नीति आवश्यक छ, रुद्रायणी र रातो मच्छिन्द्रनाथको मन्दिर निर्माणमा ढिला भएको छ”, डा कार्कीले भनिन् । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले नीति तथा कार्यक्रम र बजेट भौतिक पूर्वाधारमा केन्द्रीत भएकोमा खुसी व्यक्त गरे । उनले प्रदूषण न्यूनीकरणका लागि नीति तथा कार्यक्रममा समेटेर साइकलको प्रयोगलाई प्रोत्साहन गर्न सुझाव दिए।

प्रतिनिधिसभा सदस्य रोशन कार्कीले सरकारी स्वामित्वको  रेडियो नेपालको जग्गा दूरसञ्चार प्राधिकरणलाई बिक्री गर्नबाट महानगरले रोक्नुपर्ने धारणा राखे। उनले सरकारी विद्यालयको स्तरोन्नति गर्न, महानगरभित्र जन्मने बच्चाको जन्मदर्तालाई सहज बनाउने नीति बनाइनुपर्नेमा जोड दिए। बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले दिगो विकास लक्ष्य र सम्पदा संरक्षणमा महानगरले गरेको कामको प्रशंसा गरे। उनले अमुर्त सम्पदा र संस्कृति संरक्षणमा महानगरले निरन्तरता दिनुपर्ने सुझाव दिए।

प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले नगरभित्रका खेतीयोग्य जमिनलाई उपयोग हुने गरी कृषि क्षेत्रमा एक वडा एक उत्पादनलाई ध्यान दिनुपर्ने धारणा राखे । प्रदेशसभा सदस्य रघुनाथ महर्जनले सङ्घ, प्रदेश र स्थानीय तहले जनताको आवश्यकता पुरा हुने गरी नीति तथा कार्यक्रम लागू गर्नुपर्ने बताए। उनले ढु्ङ्गेधारा संरक्षणका लागि राजकुलोलाई यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । महानगरप्रमुख चिरीबाबु महर्जनले सांसदहरुको सुझाव सुनिसकेपछि सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा बोलपत्र गर्ने नीति लिनु नहुने बताए। उनले यस विषयमा संसद्मा आवाज उठाएर कानुनी रुपमा लागू गर्न आग्रह गरे। 

“सङ्घीय सरकारको कमजोरीका कारण हामीलाई गाली गर्ने अवस्थाको अन्त्य गरिदिनुस्, सार्वजनिक खरिद ऐन २०६३ देश विकासको बाधक छ, यसले ठेकेदार मोटाउँछ, देशको विकास हुँदैन, यसलाई सुधार गरिदिनुस्, उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि सङ्घीय सरकारले गरेको सम्झौता बाधक छ”, उनले भने । प्राप्त सुझावका आधारमा सम्पदा, वातावरण संरक्षण र नगरविकासका सम्बन्धमा आगामी वर्षको नीति तथा योजना तय गरिने उनले बताए। 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यले राख्नुभएको जिज्ञासाको जवाफ दिदै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्राप्त सुझावलाई समेटेर जनताको मर्म सम्बोधन हुनेगरी सहकार्य, सहअस्तित्वको आधारमा काम गर्ने प्रतिबद्धता जनाए । उनले खानेपानी समस्यालाई विशेष ध्यान दिएर प्राथमिकताका साथ बजेट विनियोजन गरिने जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीका सल्लाहकारलाई प्रश्न: रास्वपा सङ्घीयता नै खारेज गर्ने बाटोमा लागेको हो ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...

विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...

रास्वपा महामन्त्रीमा गणेश पराजुलीको उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...

रास्वपाले सार्वजनिक गर्‍यो केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची, ३८४ जनाको नाम समावेश

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...

रास्वपामा महाधिवेशन: प्रतिनिधि विवाद कायमै, केन्द्रीय सदस्य उम्मेदवारको सूची अझै सार्वजनिक भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...

नेप्सेमा लगातार गिरावट, चार महिनाकै न्यून विन्दुमा पुग्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट

नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending