काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ९ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव,म्चगनक पष्त मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।
ना ८ ख ३०५ नम्बरका मिनिबस चालक बाराका ३९ वर्षीय दिनेश शाह तेली, ग १ ख ७१ ४५ नम्बरका बस चालक तनहुँका ३६ वर्षीय सन्तोष घर्ती, प्रदेश ३-०१-००५ ख ९९ २१ नम्बरका बस चालक नुवाकोटका २७ वर्षीय अर्जुन तामाङ र बागमती प्रदेश ०६-००१ ज ०१ ७४ नम्बरका माइक्रो चालक नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३६ वर्षीय बिर बहादुर महतोलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, लु ३ च ३५४ नम्बरका पिक अप चालक रुपन्देहीका २८ वर्षीय मोहम्मद उमर, प्रदेश २-०३-००१ ख ६५ ९२ नम्बरका ट्रक चालक सर्लाही घर भएका २७ वर्षीय जलेन्द्र परियार, ना ८ ख ७२ १४ नम्बरका ट्रक चालक पर्साका २६ वर्षीय राकेश रावत, प्रदेश २ ०३-००१ ख ०० ७० नम्बरका ट्रक चालक कास्कीका ३८ वर्षीय आशिष शर्मा र ना ६ ख ४० ०२ नम्बरका कन्टेनर चालक धादिङका ३८ वर्षीय लिला बहादुर गन्धर्वलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरेरनगरेको चेक गर्दै आएको छ । नागढुङगामा आज २५ ओटा सवारी साधनलाई चेक गर्दा ९ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।
नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: