Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

पर्वतको जलजला मल्लाजमा सडक कालोपत्र

खबरडबली संवाददाता

पर्वत । पर्वतको जलजला गाउँपालिकाका तीनवटा वडा समेटिएको मल्लाज क्षेत्रलाई एकीकृत बस्तीको रूपमा विकास गर्ने योजनाअनुरुप सडक कालोपत्र गर्न सुरु भएको छ । तीनवटा वडामा सडकको सहज पहुँच विस्तार गरी एकीकृत बस्ती विकास गर्ने उद्देश्यले पहिलो चरणमा सडक कालोपत्र गर्न लागिएको हो । 

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले एकीकृत बस्ती विकास कार्यक्रम कार्यन्वयनका लागि ठेक्कामार्फत जलजलाको वडा नं २, ३ र ४ का बस्तीलाई समेटेर चार किलोमिटर आठ सय मिटर लामो सडक स्तरोन्नतिसहित कालोपत्र योजना दुई वर्षअघिदेखि सञ्चालन गरेको थियो  । 

कार्यालयले २०७९ असार १९ गते दुई वर्षभित्रमा योजना सम्पन्न गर्न निर्माण कम्पनी गणेशकुण्ड आइएम निर्माण सेवा जेभीसँग रु ११ करोड १२ लाख ३१ हजार सात सय ४६ मा ठेक्का सम्झौता गरेको थियो । योजना पर्याप्त बजेट नभएका कारण निर्धारित मितिभन्दा तीन महिना पर धकेलिएको हो । 

ठेक्का सम्झौतालगत्तै कार्यस्थलमा परिचालन भएको निर्माण व्यवसायीले वडा नं २ को खाल्टीबाट ४ नं वडाको देवीस्थानसम्म सडक चक्ल्याउने, नाली, कल्भर्ट निर्माणलगायत सडक पूर्वाधारका काम सम्पन्न गरी कालोपत्र गर्न सुरु गरेको जिल्ला सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर शङ्करराज कोइरालाले जानकारी दिए ।  

हालसम्म यो योजनाको भौतिक ८० प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत हाराहारीमा रहेको उनले बताए । निर्माण व्यवसायीले धमाधम काम गरेपनि भुक्तानीका लागि बजेट अभाव हुँदा समस्या रहेको इन्जिनियर कोइरालले बताए । 

कार्यालयका तर्फबाट निर्माण व्यवसायीलाई रु दुई करोड भुक्तानी गर्न वाँकी रहेको उनको भनाइ छ । कोइरालाका अनुसार काम गरेअनुसारको भु्क्तानी गर्न सकेको भए ठेक्का सम्झौता अवधिभित्रै योजना सम्पन्न हुने थियोे । आगामी असोज मसान्तसम्म म्याद थपेर योजना सम्पन्न गर्ने लक्ष्य छ । 

घना बस्ती रहेको मल्लाजको माझफाँटका तीनवटा वडालाई कालोपत्र सडकले जोडिएसँगै स्थानीय लाभान्वित हुने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । एकीकृत बस्ती विकासका लागि आवश्यक पर्ने सडक पूर्वाधार सम्पन्न भएपछि अन्य आवश्यक पूर्वाधार क्रमशः निर्माण गरिने उनले बताए  । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending