Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक असार २० सम्म बन्द

खबरडबली संवाददाता

मकवानपुर । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक (गणेशमान सिंह मार्ग) निर्माण एवं मर्मतसम्भारका क्रममा शुक्रबारबाट बन्द हुने भएको छ । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतका सडक मर्मतसम्भारको काम गर्न शुक्रबारबाट आगामी असार २० गतेसम्मका लागि दिउँसोको समयमा बन्द गरिने भएको हो । 

गत पुस २८ गते चित्लाङ–चन्द्रागिरि–थानकोट सडकको सेतो पहरा खण्डमा एकै परिवारका पाँच जनाको ज्यान जाने गरी कार दुर्घटना भएपछि सरकारको तीव्र आलोचनासँगै चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण एवं मर्मतसम्भारलाई सरकारले प्राथमिकतामा राखेको छ । सडक डिभिजन कार्यालय, काठमाडौँका इन्जिनियर रामकुमार श्रेष्ठले थानकोट–चन्द्रागिरि सडक खण्डको सुधारका व्रmममा सुरक्षालाई दृष्टिगत गरी सडक बन्द गरेर काम गर्न लागेको जानकारी दिए । 

उनले सडक मर्मतसम्भारका क्रममा आवागमन गर्न सुरक्षाको जोखिम रहेको भन्दै शुक्रबारबाट आगामी असार २० गतेसम्म बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म पूर्ण रूपमा सडक बन्द गरी निर्माण एवं मर्मतसुधार कार्य गर्नुपर्ने भएकाले सो समयमा सडक बन्द गर्न लागेको बताए ।

थानकोट चित्लाङ सडक खण्डको दुई भागमा सडक निर्माण सुधार कार्यका लागि गत वैशाखमा निर्माण कम्पनी बिएसपीरजयश्री महालक्ष्मी जेभीसँग ठेक्का सम्झौता भई काम भइरहेको छ । २०८१ वैशाख ३१ गते कम्पनीसँग भएको सम्झौतामा २०८२ वैशाख ३० गतेसम्ममा निर्माण एवं मर्मतसम्भारको काम मूल्य अभिवृद्धि करसहित तीन करोड ९३ लाख ५२ हजार ८४९ रुपियाँको लागतमा सम्पन्न गर्नुपर्ने उल्लेख छ । 

थानकोट–चन्द्रागिरि सडक खण्डको निर्माण एवं मर्मतसम्भार अन्तर्गत पानीघाटबाट केही माथिबाट करिब आठ सय मिटर कालोपत्रे गर्ने, मोड सुधार, सडक चौडा गर्ने, उकालो कम गर्नेलगायतका कार्य गरिने भएको छ । उनले गत पुसमा कार दुर्घटना भएको सेतो पहरा क्षेत्रमा बागमती प्रदेश सरकारको लगानीमा उच्च ग्रेड रहेको स्थानमा उकालो कम गर्नेलगायतका काम भएको जानकारी दिँदै तीनरचार स्थानमा मोड काट्नुपर्ने र सडक चौडा कम भएको खण्डमा ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्ने क्रममा सुरक्षाका उपाय अपनाएर काम गर्नुपर्ने अवस्था रहेको बताए ।

ब्रेकर प्रयोग गरी ब्याक कटिङ गर्ने क्रममा सडकको भौगोलिक अवस्थाका कारण तीनरचार वटा घुम्ती सडकसम्म ढुङ्गा तल झर्न सक्ने सम्भावना रहेको बताउँदै उनले भने, “सवारीसाधन तथा मानवीय क्षतिको जोखिम रहेकाले उक्त सडकखण्ड बन्द गरी निर्माण एवं मर्मतसुधारको कार्य गर्न लागिएको हो ।”

उनले निर्माण एवं मर्मत अवधिभर वैकल्पिक बाटोको प्रयोग गर्नसमेत आग्रह गरे । थानकोट चेकपोस्टदेखि चन्द्रागिरिसम्म साढे आठ किमी लम्बाइ रहेको थानकोट–चित्लाङ सडकखण्डको काठमाडौँतर्फ लामो समयदेखि निर्माण भइरहे पनि अझै जोखिमपूर्ण छ । 

यस्तै गत पुसमा दुर्घटनापछि सेतो पहरा क्षेत्रमा दुर्घटना जोखिमका सडकको ग्रेडिङ कम गर्नेलगायतका सडक सुधारका उपाय अपनाइएको छ । प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय, ललितपुरको १५ लाख रुपियाँ बजेटबाट भिरालो कम गर्नेलगायतका सडक सुधारको काम भएको हो ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिको दबाबमा दुर्घटनापछि चित्लाङ–चन्द्रागिरि–थानकोट सडक गणेशमान राजमार्गको कालोपत्रेसहित स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजितसहित नेपाल सरकारले सात करोड ९९ लाख रुपैयाँ बराबर स्रोतका लागि सहमति प्रदान गरेको छ । चालु आवका लागि उक्त सडकको स्तरोन्नति गर्न दुई करोड रुपैयाँ विनियोजन गरी काम भएको छ । 

सडक डिभिजन कार्यालयले सडक बन्द गरी निर्माण एवं मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले सहजीकरण गरिदिन स्थानीय तहलाई आग्रह गरेको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending