सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकालाई आगामी २०८३ सालभित्र सफा र स्वच्छ पालिका घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको छ । विहिबार गाउँपालिकामा आयोजित पालिका स्तरिय पूर्ण सरसफाई कार्ययोजना निर्माण सम्बन्धी कार्यशालामा सरसफाई र स्वच्छताका क्रियाकलापहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सम्बन्धी छलफल भएको हो ।
सबैको लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना (सुस्वा परियोजना) अन्तर्गत आयोजित कार्यशालामा पूर्ण सरसफाई कार्ययोजनाको मस्यौदा माथि छलफल भएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले पालिकाको सरसफाइ तथा स्वच्छताको अवस्था पहिचान, योजना तयार, स्रोत साधनको परिचालन, प्रभावकारी कार्यान्वयन गरी छिटो भन्दा छिटो सफलता हासिल गर्नका लागि कार्ययोजनाले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे ।
हरेक व्यक्तिले शौचालय प्रयोग, साबुनपानीले हात धुने बानी, सरसफाइयुक्त खाना, स्वच्छ पिउने पानी, घरआँगनको सरसफाइ र वातावरणीय सरसफाइजस्ता सरसफाइका सूचकलाई अनुसरण गर्न जरुरी रहेको भन्दै उनले यस अभियानमा जनप्रतिनिधी, कर्मचारी लगाएत सबैले आआफ्नो क्षेत्रबाट भुमिका निर्वाह गर्नुपर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी सहित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रमुख लगाएतको उपस्थितिमा भएको कार्यशालामा सुस्वा परियोजनाका जिल्ला वास सल्लाहकार राजकुमार डिसीले पूर्ण सरसफाई कार्ययोजनाको मस्यौदाबारे अवगत गराएका थिए ।
मस्यौदामा सरसफाईका सूचकहरुमा ८० भन्दा माथी अंक ल्याउने घरमा हरियो स्टिकर, ५० देखि ७९ अंक ल्याउने घरमा पहेँलो स्टिकर टाँस्ने र ४९ भन्दा कम अंक ल्याउने घरलाई सचेतना कार्य दिने उल्लेख छ ।
कार्यशालामा सुस्वा परियोजना अन्तर्गत छत्रेश्वरी गाउँपालिकामा आगामी नयाँ आर्थिक वर्षमा सञ्चालन हुने प्रस्तावित योजना, कार्यक्रम र बजेटबारे पनि जानकारी गराइएको थियो । छत्रेश्वरी गाउँपालिकामा आगामी वर्ष उपभोक्ताहरुको लागत सहभागिता समेत हुनेगरी करिव साढे ४ करोडका योजना तथा कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
छत्रेश्वरी गाउँपालिका संगै नेपाल सरकार, फिनल्याण्ड सरकार र युरोपेली संघको साझेदारीमा सुस्वा परियोजना सञ्चालनमा छ । यस परियोजना अन्तर्गत यस वर्ष छत्रेश्वरी गाउँपालिकामा ८ वटा महत्वपूर्ण खानेपानी र सरसफाईका योजना सम्पन्न हुने तयारीमा छन् भने यस परियोजना अन्तर्गत विभिन्न स्वच्छता र सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन् ।
सरसफाई तथा स्वच्छता अभियानका लागि छत्रेश्वरीका ७ वटै वडाहरुमा वडा स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन भइसकेका छन् । यी समितिहरुलाई सक्रिय बनाउने विषयमा कार्यक्रममा छलफल भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: