सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकालाई आगामी २०८३ सालभित्र सफा र स्वच्छ पालिका घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको छ । विहिबार गाउँपालिकामा आयोजित पालिका स्तरिय पूर्ण सरसफाई कार्ययोजना निर्माण सम्बन्धी कार्यशालामा सरसफाई र स्वच्छताका क्रियाकलापहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सम्बन्धी छलफल भएको हो ।
सबैको लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना (सुस्वा परियोजना) अन्तर्गत आयोजित कार्यशालामा पूर्ण सरसफाई कार्ययोजनाको मस्यौदा माथि छलफल भएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले पालिकाको सरसफाइ तथा स्वच्छताको अवस्था पहिचान, योजना तयार, स्रोत साधनको परिचालन, प्रभावकारी कार्यान्वयन गरी छिटो भन्दा छिटो सफलता हासिल गर्नका लागि कार्ययोजनाले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे ।
हरेक व्यक्तिले शौचालय प्रयोग, साबुनपानीले हात धुने बानी, सरसफाइयुक्त खाना, स्वच्छ पिउने पानी, घरआँगनको सरसफाइ र वातावरणीय सरसफाइजस्ता सरसफाइका सूचकलाई अनुसरण गर्न जरुरी रहेको भन्दै उनले यस अभियानमा जनप्रतिनिधी, कर्मचारी लगाएत सबैले आआफ्नो क्षेत्रबाट भुमिका निर्वाह गर्नुपर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी सहित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रमुख लगाएतको उपस्थितिमा भएको कार्यशालामा सुस्वा परियोजनाका जिल्ला वास सल्लाहकार राजकुमार डिसीले पूर्ण सरसफाई कार्ययोजनाको मस्यौदाबारे अवगत गराएका थिए ।
मस्यौदामा सरसफाईका सूचकहरुमा ८० भन्दा माथी अंक ल्याउने घरमा हरियो स्टिकर, ५० देखि ७९ अंक ल्याउने घरमा पहेँलो स्टिकर टाँस्ने र ४९ भन्दा कम अंक ल्याउने घरलाई सचेतना कार्य दिने उल्लेख छ ।
कार्यशालामा सुस्वा परियोजना अन्तर्गत छत्रेश्वरी गाउँपालिकामा आगामी नयाँ आर्थिक वर्षमा सञ्चालन हुने प्रस्तावित योजना, कार्यक्रम र बजेटबारे पनि जानकारी गराइएको थियो । छत्रेश्वरी गाउँपालिकामा आगामी वर्ष उपभोक्ताहरुको लागत सहभागिता समेत हुनेगरी करिव साढे ४ करोडका योजना तथा कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
छत्रेश्वरी गाउँपालिका संगै नेपाल सरकार, फिनल्याण्ड सरकार र युरोपेली संघको साझेदारीमा सुस्वा परियोजना सञ्चालनमा छ । यस परियोजना अन्तर्गत यस वर्ष छत्रेश्वरी गाउँपालिकामा ८ वटा महत्वपूर्ण खानेपानी र सरसफाईका योजना सम्पन्न हुने तयारीमा छन् भने यस परियोजना अन्तर्गत विभिन्न स्वच्छता र सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन् ।
सरसफाई तथा स्वच्छता अभियानका लागि छत्रेश्वरीका ७ वटै वडाहरुमा वडा स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन भइसकेका छन् । यी समितिहरुलाई सक्रिय बनाउने विषयमा कार्यक्रममा छलफल भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: