काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताभएको छन् ।
काठमाडौँ महानगरपालिकाले गत वैशाख १९ गतेदेखि सुरु गरेको सीप मेलाको ‘नीति संवाद’ कार्यक्रममा भण्डारीले मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार रहेको बताए । एउटा मन्त्रालय वा निकायले काम थाल्ने, अर्कोले रोक्ने प्रवृत्ति रहेसम्म दिगो विकासमा प्रगति हुन नसक्ने उनको भनाइ छ ।
मन्त्री भण्डारीले भने, “सीप मेलालाई नतिजामुखी र दिगो बनाउन नीति आवश्यक छ । यसले व्यावसायिक तालिम, तालिमको तह र योग्यता निर्धारण, रोजगार र स्वरोजगारका क्षेत्रमा बाटो देखाउँछ ।”
मानव स्रोतलाई उत्पादनमूलक बनाउन उसमा भएका व्यावसायिक सीपलाई वृत्ति विकास तथा योग्यता मापनको तहमा आबद्ध गराउने नीति तर्जुमा गर्नुपर्ने उद्देश्यले ‘सीप मेलाको नीति संवाद’ सम्पन्न भएको छ ।
‘सीपमूलक, व्यावसायिक र रोजगारमूलक तालिममा, युवाहरुको सहभागिता, आत्मनिर्भर, दक्ष र उद्यमी जनशक्ति उत्पादनमा, महानगरको प्राथमिकता’ भन्ने नारासहित आयोजना गरिएको ‘नीति संवाद’ कार्यक्रममा क्षेत्रगत अधिकारी र प्रशिक्षार्थीहरुबाट प्राप्त छलफलका आधारमा उक्त निष्कर्ष निकालिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...
आषाढ़ १५ गते, २०८३ - १५:३१
काठमाडौँ। राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२)बमोजिम अर्थमन्त्री डा...
आषाढ़ १५ गते, २०८३ - १५:०१
ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्न स...
आषाढ़ १५ गते, २०८३ - १४:४१
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षण प्रणालीको विकास वर्तमान समयको आवश्यकता भएक...
आषाढ़ १५ गते, २०८३ - १४:३०
काठमाडौँ। १०० शय्या क्षमता वा सोभन्दा बढी भएका मेडिकल कलेजहरूले अब पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन्। सर्वोच्च अदालतको फैसला कार्यान...
आषाढ़ १५ गते, २०८३ - १४:१९
काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिका र अधिकारबारे प्रश्न उठाउँदै संवैधानिक अङ्गका प्रमुख तथा न्यायाधीशलाई बोलाएर निर्देशन दिन...
आषाढ़ १५ गते, २०८३ - १४:०२
काठमाडौँ। पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। व्...



प्रतिकृया लेख्नुहोस्: