Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

एमसिसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट

खबरडबली संवाददाता

काठमाडौं ।  नेपालको भ्रमणमा रहनुभएका मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् ।

उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसिसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयबाट सम्पादन हुनुपर्ने काममा सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । “एमसिसी कम्प्याक्टका आयोजना समयमा नै पूरा गर्न सरकार प्रतिबद्ध छ ,” अर्थमन्त्री पुनले भने । एमसिसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको बताए ।

उपाध्यक्ष ब्रुक्सले एमसिसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिएका थिए । उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए । एमसिसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र तीन सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ ।    

आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन पनि निर्माण गर्नेछ । तीन सय १५ किलोमिटर लामो ‘डबल सर्किट’ चार सय ‘किलोभोल्ट’ प्रसारण लाइन निर्माण हुनेछ । आयोजनाअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे, तनहुँको दमौली र नवलपरासी पश्चिमको भूमहीमा सब–स्टेसन निर्माणको काम प्रारम्भ भएको छ ।     

यसैगरी रातमाटेबाट काठमाडौँको लप्सीफेदीमा नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन चार सय केभी सब–स्टेसन र मकवानपुरको हेटौँडामा रहेको प्राधिकरणको चार सय केभी सब–स्टेसन दुवैमा रातमाटेबाट विद्युत् प्रवाह गरिनेछ । चार सय किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गर्न सक्ने यो सब–स्टेसन देशको हालसम्मकै ठूलो प्रसारण लाइन हो । आयोजनाअन्तर्गत आठ सय ५६ वटा टावर बन्नेछन् । काठमाडौँ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र पश्चिम नवपरासी जिल्लालाई प्रसारण लाइनले छुन्छ ।     

परियोजनाअन्तर्गत तीन सय पाँच किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मतसम्भार र गुणस्तर सुधारकोे काम हुनेछ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङबाट पश्चिमतर्फ धानखोला–लमही सडक खण्डको ४० किलोमिटर सडक नयाँ प्रविधिमार्फत विस्तार तथा सोही राजमार्गको दाङ र अर्घाखाँचीमा पर्ने लमही–शिवखोला खण्डको ३७ किमी सडक मर्मतको काम अघि बढेको छ । 

सन् २०१७ मा नेपाल र अमेरिका सरकारको एमसिसीबीच आयोजनासम्बन्धी हस्ताक्षर भएको थियो । उच्च राजनीतिक नेतृत्वमा लामो समयको छलफल र बहसपछि अन्ततः परियोजना कार्यान्वयन भएको हो । दुई वर्षअघि संसद्ले सम्झौता अनुमोदन गरेसँगै आयोजना कार्यान्वयनमा आएको हो ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

६५ फिट अग्लो बुद्धको प्रतिमासहितको पार्क सञ्चालनमा

इलाम । इलामको सूर्योदय नगरपालिका–३ स्थित बौद्धधाममा निर्माण गरिएको ६५ फिट अग्लो बुद्धको प्रतिमासहितको बुद्धपार्क सञ्चालनमा आएको छ। कोशी प्रदेश सरका...

लुम्बिनी प्रदेश सभाले निकाल्यो सांसद रेखा कुमारी शर्मा पक्राउको सूचना

रूपन्देही । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेको सम्बन्धमा औपचारिक सूचना जारी गरेको छ। प्रदेश सभा सचिवालयले...

मनमोहन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार, नयाँलाई अभिमुखीकरणसहित स्वागत

विराटनगर  । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएलएमका पुराना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरणस...

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले ...

उच्च अदालतमा मुद्दा विचाराधीन भएकै कारण बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालतको अस्वीकार

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिन अस्वीकार गरेको छ। सो विषयसँग सम्बन्धित जाह...

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

नेपालगञ्ज । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध...

संविधान संशोधनका लागि सरकारले कार्यदल गठन गर्ने

काठमाडौं । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सदनमा प्रतिनिधित्व ...

बाँदर आतंक नियन्त्रण गर्न जनप्रतिनिधिका बाचा

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठकका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending