विराटनगर । कोशी प्रदेशका १३७ वटै पालिकाको बेरुजू २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रदेशहरुको छैटौं प्रतिवेदनमा यस्तो विवरण सार्वजनिक भएको हो ।
प्राप्त प्रतिवेदन अनुसार कोशी प्रदेशमा एकमात्रै महानगरपालिका रहेको विराटनगरको बेरुजू आर्थिक वर्ष २०७९–८० मा ७ करोड १२ लाख रुपैयाँ रहेको छ । यस्तै इटहरी र धरान उपमहानगरपालिकाको बेरुजू २५ करोड ७ लाख पुगेको छ । सबैभन्दा बढी बेरुजू प्रतिशत दुईवटा उपमहानगर पालिका धरान र इटहरीमा देखिएको हो ।
यस्तै ४५ वटा नगरपालिकाको बेरुजू २ अर्ब १६ करोड ३१ लाख र ८८ वटा गाउँपालिकाको बेरुजू २ अर्ब ५९ करोड ४८ लाख देखिएको छ । जुन बेरुजूमध्ये असुल गर्नुपर्ने रकम ६२ करोड ३१ हजार, नियमित गर्नुपर्ने ४ अर्ब २० करोड ८ लाख ३५ हजार र पेश्की २५ करोड ८९ लाख ७२ हजार रहेको छ ।
महालेखा परीक्षणका क्रममा विराटनर महानगरपालिकाको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकमको लेखापरीक्षण भएको थियो भने २ वटा उपमहानगरपािलकाको ८ अर्ब ८९ करोड ४४ लाख ७० हजार, ४५ नगरपालिकाको ८६ अर्ब ६० करोड ९२ लाख २६ हजार र ८८ वटा पालिकाको ९७ अर्ब ६८ करोड ४५ लाख ६३ हजार रुपैयाँको लेखापरीक्षण गरिएको जनाइएको छ ।
योसँगै १३६ वटै पालिकाको स्थानीय तहको गत वर्षसम्मको कूल बेरुजू रकम २३ अर्ब ७९ करोड ६२ लाख ४८ हजार रहेकोमा समायोजन तथा सम्परीक्षणबाट २ अर्ब २३ करोड ८७ लाख ८९ हजार फस्र्योट भई २१ अर्ब ५५ करोड ७४ लाख ५९ हजार बाँकी थियो । आर्थिक वर्ष २०७९–८० को बेरुजू ५ अर्ब ७ करोड ९८ लाख ३८ हजार समेत गरी पुनः कूल बेरुजू रकम २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको महालेखाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १ गते, २०८३ - ०९:४९
काठमाडौँ । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...
भाद्र १ गते, २०८३ - ०९:४६
झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...
भाद्र १ गते, २०८३ - ०९:४४
मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...
भाद्र १ गते, २०८३ - ०९:२३
गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...
भाद्र १ गते, २०८३ - ०९:१४
काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...
भाद्र १ गते, २०८३ - ०९:०४
काठमाडौँ । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...
भाद्र १ गते, २०८३ - ०९:००
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...
भाद्र १ गते, २०८३ - ०८:५६
काठमाडौँ । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...
भाद्र १ गते, २०८३ - ०८:५३
सुनसरी । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...
भाद्र १ गते, २०८३ - ०८:४९
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...



प्रतिकृया लेख्नुहोस्: