विराटनगर । कोशी प्रदेशका १३७ वटै पालिकाको बेरुजू २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रदेशहरुको छैटौं प्रतिवेदनमा यस्तो विवरण सार्वजनिक भएको हो ।
प्राप्त प्रतिवेदन अनुसार कोशी प्रदेशमा एकमात्रै महानगरपालिका रहेको विराटनगरको बेरुजू आर्थिक वर्ष २०७९–८० मा ७ करोड १२ लाख रुपैयाँ रहेको छ । यस्तै इटहरी र धरान उपमहानगरपालिकाको बेरुजू २५ करोड ७ लाख पुगेको छ । सबैभन्दा बढी बेरुजू प्रतिशत दुईवटा उपमहानगर पालिका धरान र इटहरीमा देखिएको हो ।
यस्तै ४५ वटा नगरपालिकाको बेरुजू २ अर्ब १६ करोड ३१ लाख र ८८ वटा गाउँपालिकाको बेरुजू २ अर्ब ५९ करोड ४८ लाख देखिएको छ । जुन बेरुजूमध्ये असुल गर्नुपर्ने रकम ६२ करोड ३१ हजार, नियमित गर्नुपर्ने ४ अर्ब २० करोड ८ लाख ३५ हजार र पेश्की २५ करोड ८९ लाख ७२ हजार रहेको छ ।
महालेखा परीक्षणका क्रममा विराटनर महानगरपालिकाको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकमको लेखापरीक्षण भएको थियो भने २ वटा उपमहानगरपािलकाको ८ अर्ब ८९ करोड ४४ लाख ७० हजार, ४५ नगरपालिकाको ८६ अर्ब ६० करोड ९२ लाख २६ हजार र ८८ वटा पालिकाको ९७ अर्ब ६८ करोड ४५ लाख ६३ हजार रुपैयाँको लेखापरीक्षण गरिएको जनाइएको छ ।
योसँगै १३६ वटै पालिकाको स्थानीय तहको गत वर्षसम्मको कूल बेरुजू रकम २३ अर्ब ७९ करोड ६२ लाख ४८ हजार रहेकोमा समायोजन तथा सम्परीक्षणबाट २ अर्ब २३ करोड ८७ लाख ८९ हजार फस्र्योट भई २१ अर्ब ५५ करोड ७४ लाख ५९ हजार बाँकी थियो । आर्थिक वर्ष २०७९–८० को बेरुजू ५ अर्ब ७ करोड ९८ लाख ३८ हजार समेत गरी पुनः कूल बेरुजू रकम २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको महालेखाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: