Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

काठमाडौँ महानगर कार्य क्षेत्र भइ सम्पर्कमा नआउने सहकारी खारेजी गर्न सुझाव

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिका कार्य क्षेत्र भइ सम्पर्कमा नआएका करिब नौ सय सहकारीको दर्ता खारेजी गर्न विज्ञले सुझाव दिएको छन् । 

“पहिले परिपत्र गर्नु, त्यसको जवाफ प्राप्त भएन भने ठेगाना उल्लेख गरेर सञ्चालक, सदस्य, बचतकर्ताहरुका नाममा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्नु, यति गर्दा पनि कोही सम्पर्कमा आएनन् भने खारेजीको प्रक्रियामा लैजानु”, सहकारीविज्ञ काशिराज दाहालले भने, “यो सहकारी समस्या समाधानका लागि थाल्नुपर्ने प्रक्रिया हो ।” 

उक्त प्रक्रिया अवलम्बन गर्न थालेपछि सरोकारवाला सम्पर्कमा आउने र  सञ्चालक नआए बचतकर्ता सम्पर्कमा आउने उहाँले बताउनुभयो । बचतकर्ताको सम्पर्कबाट सञ्चालक भेटिने ठाउँमा पुग्न सहयोग पुग्ने शनिबार कामपा सहकारी विभागले आयोजना गरेको ‘सहकारी उत्थानका लागि अध्ययन, अनुसन्धान’ विषयक कार्यक्रममा दाहालले बताएको हो ।    

कामपा कार्य क्षेत्र भएका एक हजार नौ सय २३ सहकारी संस्थामध्ये गत आर्थिक वर्षमा नौ सय ६८ सहकारीले विवरण पेस गरेका छन् ।  नियमानुसार प्रत्येक सहकारीले एक वर्षभित्र गरेको क्रियाकलापको जानकारी गराउनुपर्ने हुन्छ । विवरण पेस गर्न विभागको पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि कामपाले अनुगमन गरी कारबाहीको तयारी गरेको हो ।  

कामपा सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले, सहकारीमा देखिएका समस्याले मुख्य असर बचतकर्तालाई परेको बताउनुभयो । कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्दै आएको छ ।

सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा कामपाले सहकारी ऐन जारी गरिसकेको थियो । सोही ऐनअनुरूप सहकारी सञ्चालन भइरहेका छन् । कामपामा रहेका सहकारीमध्ये एक हजार ६ सय २८ वटा बचत तथा ऋण सहकारी, दुई सय ६४ बहुउद्देश्यीय सहकारी, तीनवटा श्रमिक सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, तीनवटा सीपमूलक सहकारी, दुईवटा शिक्षा सहकारी छन् । 

सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका जम्मा एक(एकवटा सहकारी छन् । कामपाले पछिल्लो समय यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने तयारी गरेको छ । नेपालमा करिब ३२ हजार सहकारी छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् पहिलो मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पो...

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने न...

दोलखामा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। मुस्ताङ एयरका प्रबन्ध नि...

शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय बालेन सरकारको निर्णय

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको पहिलो मन्त्रिपरिषद...

शिक्षामन्त्री सस्मित पोखरेल सरकारका प्रवक्तामा नियुक्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। आज गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्...

महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्। उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्। प्रधा...

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको जनाइएको छ।...

दोलखाको लाप्चामा सम्पर्कविहीन हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा अपडेट

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। लाप्च...

सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँ: कानुनमन्त्री गौतम

काठमाडौँ। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताएको छिन् । राष्ट्रपतिसक्षम श...

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार (आज) मध...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending