Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

जनप्रतिनिधिले नै ठेक्का लिएकाे पुल १० वर्षसम्म अधुरै

खबरडबली संवाददाता

बारा । बारामा ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने पुल १० वर्षपछि बल्ल अन्तिम चरणमा पुगेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १९ का वडाध्यक्ष मुकेश चौरसिया ठेकेदार रहेकोे पुल निर्माणको काम सम्पन्न गर्न १० वर्ष लागेको हो ।

बाराको प्रसौनी गाउँपालिका वडा नं ७ मा रहेको बंग्रेरी खोलामा पुल निर्माणको ठेक्का मोना जेभी इलाइट कन्सट्रक्सनले लिएको छ । २०७१ सालमा सम्झौता गरेर २०७३ असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने योजनामा १० वर्षपछि बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ । त्यो पनि सङ्घीय सांसद, सडक विभाग, स्थानीय प्रशासनको चौतर्फी दबाबपछि बल्ल काम अगाडि बढेको हो ।

प्रसौनी गाउँपालिका वडा नं ७ का पूर्व वडाध्यक्ष राममणि गुप्ताले २०७३ असार मसान्तसम्म सक्नेगरी २०७१ सालमा ठेक्का सम्झौता भएकोमा बिचमा धेरै वर्ष ठेकेदार सम्र्पकविहीन रहेकाले समयमै काम हुन नसकेको बताए ।

‘ठेकेदारले कहिले काम गर्ने, कहिले नगर्ने, कता कता हराउने भएपछि हामीले जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, सडक विभागमै पुगेरै लिखित रुपमा ठेकेदारलाई कारबाहीको माग गर्दा पनि सुनवाइ भएन,’ पूर्व वडाध्यक्ष गुप्ताले भने, ‘२०७९ को चुनावमा किसान श्रेष्ठले १ वर्षभित्र यो पुल बनाउँछु भनेर बाचा गरेका कारण उहाँले जितेपछि दबाब दिएर पुलको काम अहिले ९५ प्रतिशत भएको छ । अब ५ प्रतिशत बाँकी छ ।’

ठेकेदार कम्पनीले ८ वर्षसम्म पुलमा पिल्लरमात्रै उठाएर अलपत्र छोडेको थियो । पछिल्लो समय सडक डिभिजन कार्यालय हेटौंडाले सो निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रकिया सुरु गरेपछि सम्पर्कमा आएर काम सुरु गरेको हो ।

यो पुलले जीतपुरसिमरा, प्रसौनी र कलैया उपमहानगरभित्रका अधिकांश गाउँलाई जोड्छ । पुल नहुँदा गाउँमा स्थानीयले काठको पुल बनाएर बर्खामा ओहोरदोहोर गर्ने गर्दथे ।

प्रसौनी–७ का स्थानीय अजय यादवले पुल शिलान्याश भएको १२÷१३ वर्ष भइसकेको जनाए । ठेकेदारका मान्छे २÷४ दिन काम गर्ने, फेरि हराउने क्रम निरन्तर हुँदै आएका कारण समयमै पुल निर्माण हुन नसकेको उनको भनाइ छ ।

सडक डिभिजन कार्यालय बाराका सुपरभाइजर लक्ष्मण हजराले बन्जरिया पुलको मुख्य काम सकिएको बताए । उनले असार मसान्तभित्र बाँकी काम सम्पन्न हुने दाबी गरे ।

३ वटा धार भएको २५ मिटर लामो पुलमा अब रिभर रेडिङ्गको काम बाँकी रहेको जनाइएको छ । हेटौंडा सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख राजेश कुमार यादवले गत वर्षसम्म पुलको प्रगति ४० देखि ४५ प्रतिशतमात्रै रहेकोमा अहिले ९० प्रतिशतसम्म काम सम्पन्न भइसकेको बताए ।

‘हामीले ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेपछि निर्माण व्यवसायी आएर काम गर्नुभएको हो । अहिले ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । अब एप्रोच मार्ग र रिभर टेडिङ्गको काममात्रै बाँकी छ,’ डिभिजन प्रमुख यादवले भने, ‘यो पनि असारभित्र सम्पन्न गरेर पुल सञ्चालन हुन्छ ।’

शुक्रबार बारा–४ का सङ्घीय सांसद किसान श्रेष्ठ, हेटौंडा सडक डिभिजन प्रमुख राजेश कुमार यादव, बारा जिल्ला सडक डिभिजन कार्यालयका सुपरभाइजर लक्ष्मण हजारा सहितको टोलीले पुलको भौतिक प्रगतिबारे स्थलगत अनुगमनसमेत गरेको थियो । अनुगमनको क्रममा स्थानीयहरूले बाँकी काम समयमै सम्पन्न गर्न ठेकेदारले चासो नदेखाएको गुनासो गरेका छन् ।

सङ्घीय सांसद किसान श्रेष्ठले असार मसान्तभित्र काम सक्नेगरी ठेकेदार कम्पनीलाई दबाब दिने बताए । ‘यो मेरो इज्जतको कुरा पनि भयो । म असारभित्र पुलमाथिबाट गाडी गुड्नेगरी काम गर्नलाई दबाब दिन्छु,’ सङ्घीय सांसद श्रेष्ठले भने ।

यता ठेकेदार कम्पनीका प्रमुख तथा वीरगञ्ज महानगर–१९ का वडाध्यक्ष मुकेश चौरसियाले बिचमा म्याद थप नभएका कारण पुल निर्माणको काम सम्पन्न गर्न लामो समय लागेको बताए । ‘अब पुलको २ पट्टीको बाटोमा माटो भर्ने काम बाँकी रहेकाे र  असार मसान्तभित्र सक्ने प्रयासमा रहेकेा बताए  । 

उनले सम्पन्न भएको कामको करिब १ करोड भुक्तानी लिन बाँकी भएकाले पनि समयमै काम सक्न गाह्रो भएको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending