Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

जनप्रतिनिधिले नै ठेक्का लिएकाे पुल १० वर्षसम्म अधुरै

खबरडबली संवाददाता

बारा । बारामा ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने पुल १० वर्षपछि बल्ल अन्तिम चरणमा पुगेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १९ का वडाध्यक्ष मुकेश चौरसिया ठेकेदार रहेकोे पुल निर्माणको काम सम्पन्न गर्न १० वर्ष लागेको हो ।

बाराको प्रसौनी गाउँपालिका वडा नं ७ मा रहेको बंग्रेरी खोलामा पुल निर्माणको ठेक्का मोना जेभी इलाइट कन्सट्रक्सनले लिएको छ । २०७१ सालमा सम्झौता गरेर २०७३ असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने योजनामा १० वर्षपछि बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ । त्यो पनि सङ्घीय सांसद, सडक विभाग, स्थानीय प्रशासनको चौतर्फी दबाबपछि बल्ल काम अगाडि बढेको हो ।

प्रसौनी गाउँपालिका वडा नं ७ का पूर्व वडाध्यक्ष राममणि गुप्ताले २०७३ असार मसान्तसम्म सक्नेगरी २०७१ सालमा ठेक्का सम्झौता भएकोमा बिचमा धेरै वर्ष ठेकेदार सम्र्पकविहीन रहेकाले समयमै काम हुन नसकेको बताए ।

‘ठेकेदारले कहिले काम गर्ने, कहिले नगर्ने, कता कता हराउने भएपछि हामीले जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, सडक विभागमै पुगेरै लिखित रुपमा ठेकेदारलाई कारबाहीको माग गर्दा पनि सुनवाइ भएन,’ पूर्व वडाध्यक्ष गुप्ताले भने, ‘२०७९ को चुनावमा किसान श्रेष्ठले १ वर्षभित्र यो पुल बनाउँछु भनेर बाचा गरेका कारण उहाँले जितेपछि दबाब दिएर पुलको काम अहिले ९५ प्रतिशत भएको छ । अब ५ प्रतिशत बाँकी छ ।’

ठेकेदार कम्पनीले ८ वर्षसम्म पुलमा पिल्लरमात्रै उठाएर अलपत्र छोडेको थियो । पछिल्लो समय सडक डिभिजन कार्यालय हेटौंडाले सो निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रकिया सुरु गरेपछि सम्पर्कमा आएर काम सुरु गरेको हो ।

यो पुलले जीतपुरसिमरा, प्रसौनी र कलैया उपमहानगरभित्रका अधिकांश गाउँलाई जोड्छ । पुल नहुँदा गाउँमा स्थानीयले काठको पुल बनाएर बर्खामा ओहोरदोहोर गर्ने गर्दथे ।

प्रसौनी–७ का स्थानीय अजय यादवले पुल शिलान्याश भएको १२÷१३ वर्ष भइसकेको जनाए । ठेकेदारका मान्छे २÷४ दिन काम गर्ने, फेरि हराउने क्रम निरन्तर हुँदै आएका कारण समयमै पुल निर्माण हुन नसकेको उनको भनाइ छ ।

सडक डिभिजन कार्यालय बाराका सुपरभाइजर लक्ष्मण हजराले बन्जरिया पुलको मुख्य काम सकिएको बताए । उनले असार मसान्तभित्र बाँकी काम सम्पन्न हुने दाबी गरे ।

३ वटा धार भएको २५ मिटर लामो पुलमा अब रिभर रेडिङ्गको काम बाँकी रहेको जनाइएको छ । हेटौंडा सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख राजेश कुमार यादवले गत वर्षसम्म पुलको प्रगति ४० देखि ४५ प्रतिशतमात्रै रहेकोमा अहिले ९० प्रतिशतसम्म काम सम्पन्न भइसकेको बताए ।

‘हामीले ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेपछि निर्माण व्यवसायी आएर काम गर्नुभएको हो । अहिले ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । अब एप्रोच मार्ग र रिभर टेडिङ्गको काममात्रै बाँकी छ,’ डिभिजन प्रमुख यादवले भने, ‘यो पनि असारभित्र सम्पन्न गरेर पुल सञ्चालन हुन्छ ।’

शुक्रबार बारा–४ का सङ्घीय सांसद किसान श्रेष्ठ, हेटौंडा सडक डिभिजन प्रमुख राजेश कुमार यादव, बारा जिल्ला सडक डिभिजन कार्यालयका सुपरभाइजर लक्ष्मण हजारा सहितको टोलीले पुलको भौतिक प्रगतिबारे स्थलगत अनुगमनसमेत गरेको थियो । अनुगमनको क्रममा स्थानीयहरूले बाँकी काम समयमै सम्पन्न गर्न ठेकेदारले चासो नदेखाएको गुनासो गरेका छन् ।

सङ्घीय सांसद किसान श्रेष्ठले असार मसान्तभित्र काम सक्नेगरी ठेकेदार कम्पनीलाई दबाब दिने बताए । ‘यो मेरो इज्जतको कुरा पनि भयो । म असारभित्र पुलमाथिबाट गाडी गुड्नेगरी काम गर्नलाई दबाब दिन्छु,’ सङ्घीय सांसद श्रेष्ठले भने ।

यता ठेकेदार कम्पनीका प्रमुख तथा वीरगञ्ज महानगर–१९ का वडाध्यक्ष मुकेश चौरसियाले बिचमा म्याद थप नभएका कारण पुल निर्माणको काम सम्पन्न गर्न लामो समय लागेको बताए । ‘अब पुलको २ पट्टीको बाटोमा माटो भर्ने काम बाँकी रहेकाे र  असार मसान्तभित्र सक्ने प्रयासमा रहेकेा बताए  । 

उनले सम्पन्न भएको कामको करिब १ करोड भुक्तानी लिन बाँकी भएकाले पनि समयमै काम सक्न गाह्रो भएको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको ‘आवारा’ टिप्पणीले एमालेभित्र तरंग, नेतृत्वमाथिको असन्तुष्टि झन् सतहमा

काठमाडौँ  । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...

‘आवारा’पछि ओलीको अर्को कटाक्ष : आफ्नै नेता–कार्यकर्तालाई दिए ‘किर्ना’को संज्ञा

झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...

कोशी सरकारमा नेकपा प्रवेश गर्दै, चार मन्त्रीलाई आजै शपथ

मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...

नेपाली श्रमिकका लागि प्रमुख गन्तव्यमा ‘सेल्टर हाउस’ बनाउन सरकारसँग एनआरएनएको माग

गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...

सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौँ   । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...

किन गरिन्छ नागको पूजा ? नागपञ्चमीसँग जोडिएका धार्मिक विश्वास र किंवदन्ती

काठमाडौँ  । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, साना दलको समर्थन निर्णायक

काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...

नागपोखरीमा नागदेवताको पूजा, दर्शन गर्न सर्वसाधारणको भीड

काठमाडौँ  । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...

कोशीटप्पुको निगुरो कालीमाटीमा, स्थानीयलाई मासिक लाखौँ आम्दानी

सुनसरी  । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...

देशभर मनसुनी वायुको प्रभाव, पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौँ  । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending