Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

नेपाली नर्सको नयाँ गन्तव्य खाडी

खबरडबली संवाददाता

काठमाडौं । नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर पलायन हुने गरेका छन् । स्वदेशमा न्यून सुविधामा काम गर्नुपर्ने बाध्यता भएपछि उनीहरू विदेशतिर आकर्षित भएका हुन् । 

नेपालबाट नर्सिङ उत्तीर्ण भएपछि उनीहरूको पहिलो आकर्षण अमेरिका, क्यानडा, अस्ट्रेलिया बेलायतसहितका विकसित मुलुक हुने गरेको छ तर पछिल्लो समय साउदी अरेबिया, दुबई, कतार, कुबेतलगायतका देशप्रति उनीहरूको आकर्षण बढ्न थालेको छ । 

नेपाल नर्सिङ सङ्घका कोषाध्यक्ष कल्पना श्रेष्ठले पछिल्लो समय ‘करियर बनाउनकै लागि’ साउदी, दुबई, कतार, कुबेत, बहराइनसहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाएको बताउनुभयो । उहाँले थोरै खर्चमा खाडी मुलुक गएर राम्रो आम्दानी हुने भएकाले नर्सहरू खाडीका देशमा जाने गरेको बताए । 

नर्सिङ क्षेत्रबाट जनशक्ति बाहिरिने क्रम नरोकिए नेपालमा नर्स खोज्नुपर्ने अवस्था आउन सक्ने बताउँदै उहाँले नेपालमा रोजगारी नपाएर वा कम मूल्यमा श्रम गर्नुपर्ने भएकाले नर्स बिदेसिने गरेको प्रस्ट पारे । 

राम्रो आम्दानी 

विराटनगरबाट तीन महिनाअघि साउदी गएकी नर्स विज्ञता शर्मा (नाम परिवर्तन) ले साउदीमा महिनामा एक लाख २५ हजार रुपियाँ कमाइरहेको बताइन्। उनका अनुसार बस्न र खानका लागि अस्पतालले व्यवस्थापन गरिदिएको छ, कमाएको पैसा सबै बचत हुन्छ । 

उनी नेपालमा विद्यालय नर्स हुनुहुन्थ्यो । विद्यालय नर्स पाँचौँ तहको पद हो । उनलृ भनिन्, “नेपालमा हुँदा खर्च धान्नै मुस्किल हुन्थ्यो । अहिलेको तलबबाट एक लाख रुपियाँ बचाएर घरमा पठाउने गरेकी छु ।” 

भेरिफिकेसन लेटर लिने ४० हजार

नेपाल नर्सिङ काउन्सिलमा ‘भेरिफिकेसनपत्र’ लिएर विदेश जाने नर्स ४० हजार ५३९ जना रहेका छन् । यो तथ्याङ्क २०८० चैतसम्मको हो । 

नर्सिङ काउन्सिलका अध्यक्ष प्रा. सरला केसीले २०८१ मा विदेश जाने नर्स धेरै रहेको र त्यसको तथ्याङ्क आउन बाँकी रहेको बताए । काउन्सिलमा ८२ हजार ४७१ जना नर्स दर्ता छन् । तीमध्ये ४० हजारभन्दा बढीले विदेश जानका लागि ‘भेरिफिकेसन लेटर’ लिएका छन् ।

अध्यक्ष केसीका अनुसार २०६९ सालमा ११५ जनाले विदेश जान ‘भेरिफिकेसन’ लिएका थिए । यो सङ्ख्या २०७९ मा छ हजार आठ जना र २०८० मा आठ हजार १६३ जना पुगेको छ । 

काउन्सिलका अनुसार अमेरिकाका लागि सबैभन्दा बढी २३ हजार ३७० नर्सले भेरिफिकेसनपत्र लिएका छन् । यस्तै अस्ट्रेलियाका लागि ११ हजार २८९, दुबईका लागि दुई हजार ८०४, डेनमार्कका लागि ६४७, बेलायतका लागि ६८५, क्यानडा ४६१, न्युजिल्यान्ड १७७, आयरल्यान्ड ८६, कतार ३८६, कुबेत २६८, संयुक्त राष्ट्रसङ्घीय मिसन २१७, जर्मन ३६, भारत ३५, फिनल्यान्ड आठ, माल्दिभ्स ३०, हङकङका लागि ५३ जना नर्सले ‘भेरिफिकेसन लेटर’ लिएका छन् । 

प्रमाणीकरण नगरी जाने उत्तिकै

काउन्सिलकी अध्यक्ष केसीले काउन्सिलमा भेरिफिकेसन नगरी विदेश जाने नर्सको सङ्ख्या प्रशस्त रहेको बताए । साउदीमा आठ सय नर्समा कसैले पनि भेरिफिकेसन नलिएको जानकारी दिए । नेपाली नर्स बर्सेनि आठ हजारभन्दा बढी बिदेसिनु नेपालका लागि राम्रो नभएको भन्दै उहाँले नेपालमा राज्यले सेवा सुविधा दिन नसक्दा नर्सहरू विदेश जाने गरेको बताए । 

साउदी सबैभन्दा आकर्षक

खाडीमा नेपाली नर्सको सबैभन्दा बढी आकर्षण साउदीमा छ । त्यहाँ अस्पतालमा काम गर्न पाउने, निःशुल्क जान पाउने, अनुभव नचाहिने, खान र बस्ने सुविधाले साउदी जान नेपाली नर्स आकर्षित भएका हुन् । साउदी जाने नर्स व्यक्तिगत रूपमै जान्छन् । 

उनीहरूलाई नर्सिङ काउन्सिलको भेरिफिकेसनको आवश्यकता पर्दैन । अस्पताललाई शङ्का लागेको अवस्थामा मात्र भेरिफिकेसनका लागि पठाउने गरेको छ । साउदीमा स्नातक गरेर गएका नर्सलाई अनुभव चाहिँदैन ।

खाडीमा जाने नर्सहरू म्यानपावर कम्पनीमार्फत जाने गरेका छन् । विगत तीन वर्षमा आठ सयभन्दा बढी नर्सलाई खाडी मुलुक पठाएको दाबी गर्ने एक म्यानपावर कम्पनीका अनुसार सुरुमै दुई लाख २० हजार रुपियाँ तलब हुन्छ । 

यस्तै पिसिएल गरेर गएका नर्सलाई भने एक वर्षको अनुभव हुनुपर्ने तलब एक लाख २० हजारदेखि एक लाख ६० हजार रुपियाँसम्म हुने गर्दछ । खान र बस्न अस्पतालले दिने हुँदा त्यहाँ काम गर्ने नर्सलाई सहज छ । 

साउदीको डाक्टर सुलेमान अल हबी अस्पतालमा मात्र तीन सय नेपाली नर्स कार्यरत छन् । त्योबाहेक अलमवासात अस्पतालमा ५० जना, ओजन मेडिकल गु्रपमा ९० जना नेपाली छन् । अन्य अस्पतालमा नेपाली नर्स कार्यरत छन् । 

खाडी देशमध्ये आठ सय नर्स साउदीमा मात्र कार्यरत छन् । कतार तथा दुबईमा तीन सयदेखि चार सय नर्स कार्यरत छन् । दुबईमा होम केएरमा बढी नेपाली नर्स कार्यरत छन् ।  यो समाचार गोरखापत्र दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending